-यापर लाहुरेलाई आठ दिन थुनामा राख्न अनुमति


पोखरा । लागूऔषधसम्बन्धी कसुरमा पक्राउ परेका -यापर गायक आशिष राना ‘लाउरे’लाई जिल्ला अदालत कास्कीले आठ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । शुक्रबार अदालतले आठ दिन म्याद दिई अनुसन्धान थाल्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो । बुधबार साँझ पक्राउ परे पनि भोलिपल्ट बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबार मात्र अदालतबाट म्याद थप गरिएको हो ।

लाहुरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको ‘लाहुरे’, ‘हाउडे’, ‘केस नम्बर ४०२’, ‘नेपहपको बाटो’, ‘मेरो सोल्टा’, ‘सुपर सागा’लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन् ।

लाहुरले आफू लागूऔषध सेवन नगरी स्टेज चढ्न नसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार लागूऔषध मुद्दामा ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ । उनले सो अवधिभित्र आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा अभियोगपत्र दायर गरिने बताए ।

ब्राउन सुगर सेवन गरेको आरोपमा लाहुरेसहित चार जनालाई बुधबार पोखरा न्युरोडबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । ३२ वर्षीय लाहुरे पोखरा–९, नयाँबजारका हुन् । पक्राउ पर्नेमा उनीसहित पोखरा–२१ घर भई हाल पोखरा–१७, छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, कास्कीको रूपा गाउँपालिका–७ घर भई हाल पोखरा–१, बगर बस्ने ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जाको भिरकोट नगरपालिका–६ घर भई हाल पोखरा–८, सभागृह चोक बस्ने २२ वर्षीया सुस्मिता गुरुङ छन् ।

कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बिक्कीको साथबाट लागूऔषध ब्राउन सुगर ०.५१ ग्राम फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा पोखरा सभागृह चोक बस्ने सुस्मिताको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर १२.५० ग्राम फेला परेको प्रहरीले जनाएको छ । साथै, सुस्मिताको साथबाट ३८ हजार, ५ थान मोबाइल सेट, ग२१प ३३२३ नम्बरको स्कुटरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध मुद्दामा थप अनुसन्धानका लागि फरेन्सिभ ल्याबमा पठाइने र रिपोर्ट आइसकेपछि के–कस्तो हुने पछि थाहा हुनेछ । लागूऔषध कारोबार नभई सेवन मात्रै गरेको पुष्टि भएमा लाहुरेविरुद्ध १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी