पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ खेलाडी छनोट भएका छन् । पहिलो चरणमा ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएकोमा नकआउटबाट ३२ छानिए ।
¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन सर्वाधिक स्कोर बनाउँदै शीर्षस्थानमा रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनी शीर्षस्थानमा रहँदै नकाउट राउन्ड प्रवेश गरेका थिए । उनले ५ हजार रूपैयाँ प्राप्त गरे । ¥याङकिङ राउन्डमा खेलाडीले १० डोर प्रहार गरेका थिए ।
प्रतियोगितामा कास्की, वागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् । शनिबार ३२ जनाबाट उत्कृष्ट चारलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता संयोजक वसन्त गौचन (साकुरा)का अनुसार प्रतियोगितामा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरू समावेश छैनन् ।
प्रतियोगितबाट छानिने १० खेलाडीमध्ये उत्कृष्ट चारलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा राखिने संघका अध्यक्ष शेरचनले जानकारी दिए ।






