भीआईपीलाई धमाधम कोरोना

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ ।

पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सरकारका मन्त्री, प्रधानमन्त्री कार्यालयका दुई सचिव र काठमाडौंका सीडीयो पनि संक्रमित

दाहालमा संक्रमण पुष्टि भएपछि सोही बैठकमा सँगै रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि आइसोलेसन बसे । प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

देउवा र दाहालसँगै एउटै बैठकमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी, शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेललाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र रामप्रसाद थपलियादेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि संक्रमण पुष्टि भइसकेको छ ।

– प्रधानमन्त्रीको सुरक्षाकर्मीलाई पनि संक्रमण

– नेताका भेटघाट बन्द

स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक जना सुरक्षाकर्मी (अंगरक्षक)लाई पनि संक्रमण पुष्टि भएको छ ।

यी सबै तहका भीआईपीहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुँदै गएपछि सरकारी संयन्त्र भीडभाड नियन्त्रण गर्नेतर्फ तातेको हो ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले संक्रमण बढेको भन्दै भीडभाड नियन्त्रणतर्फ अग्रसर हुने निर्णय गरेको थियो भने मंगलबार काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सबै प्रकारका सार्वजनिक तथा राजनीतिक कार्यक्रममा बन्देज लगाउँदै २५ जना बढी व्यक्ति भेला हुनसमेत नपाउने गरी आदेश जारी गरेका छन् ।

हाल विभिन्न राजनीतिक दलका उच्च तहका नेता तथा सरकारका मन्त्री र सचिवदेखि सीडीओसम्मलाई संक्रमण पुष्टि भएपछि उनीहरूका सम्पर्कमा रहेका सयभन्दा बढी व्यक्ति आइसोलेसनमा बसेका छन् । यस्तै, प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरूका अति आवश्यकबाहेकका नियमित भेटघाटसमेत बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले प्रधानमन्त्रीले अति आवश्यकबाहेकका नियमित राजनीतिक भेटघाट बन्द गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले अति आवश्यकबाहेकका भेटघाट बन्द गर्नुभएको छ, संक्रमणको जोखिमलाई ध्यान दिएर प्रधानमन्त्रीको नियमित भेटघाटलाई बन्द गरिएको हो,’ प्रधानमन्त्रीका सहयोगी देउवाले राजधानीसँग भने ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालको सचिवालयलेसमेत सबै प्रकारका भेटघाट बन्द गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 819 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा तीन उम्मेदवार निर्विरोध निर्वाचित