कामको खोजीमा पुरुषहरु भारत हिँडेपछि बझाङका गाउँमा मलामी समेत भेटिँदैन


बझाङ । गएको सोमबार बझाङबाट धनगढी र महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले भरिएको थियो । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए । कोही एक अर्कालाई अँगालो हालेर रुवाबासी गरिरहेका थिए । कोही ढोग भेट गरिरहेका थिए । ३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडी र ३५ जना चलानी काटेको धनगढीको गाडीभित्र बसेका ८० प्रतिशत यात्रु रोजगारीका खोजीमा भारत जानका लागि घरबाट हिडेका थिए । बाहिरको भीडमा उनीहरूलाई बिदाइ गर्न आएका आफन्तहरू थिए ।
कात्तिकदेखि नै इन्डिया जानेको लर्काे लागेको हो’ सुदूरपश्चिम यातायातको सीमखेत काउन्टरका सदस्य जीवन खड्का भने, ‘यो वर्ष इन्डिया जानेको संख्या गत वर्षभन्दा दोब्बर छ ।’ अधिकांश मानिस श्रीमती र केटाकेटीसहित जाने गरेको उनले बताए । बाढी पहिराले घर जग्गा जमिन सबै बगाएर नष्ट पारी दिएका कारण गत वर्षको तुलनामा यस वर्ष भारत जानेको संख्या धेरै छ ।

बूढा आमाबुबालाई घरको जिम्मा लगाएर भारतको बैङलोर हिडेका दुर्गाथलीका सुशील विष्टले गाउँमा काम नपाएपछि परिवार पाल्नका लागि भए पनि श्रीमती र छोरासहित भारत जान लागेको बताए । ‘खेतीपातीमा उब्जनी छैन, आमाबुबाको उपचार गर्नुछ, सबैको पेट पनि पाल्नै प¥यो,’ उनले भने ‘गाउँमा काम पाइँदैन इन्डिया नगएर के गर्नु ?’ विवाहको रिन तिर्न र लुगाफाटो जोगेर्ना गर्नका लागि परदेश हिडेको बताए । ‘वैशाखमा भैंसी ब्याउने छ त्यतिबेलासम्म फर्किहालौला,’ उनले भने । श्रीमती र परिवारसहित गएका १/२ वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका अधिकांश मानिस जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन् ।

भारत जानेको संख्या एकिन नभए पनि असोज र कात्तिक महिना परेको बेमौसमी वर्षासँगै आएको बाढीपछि विभिन्न गाउँबाट १५ हजारभन्दा बढी मानिस भारत गइसकेको अनुमान छ । बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोका कारण भए जतिको जग्गा जमिन सबै पहिरो र बाढीले बगरमा परिणत गरिदिएको छ । आफूहरू बाढी र पहिरोको चपेडामा परेपछि खाद्यान्नको समस्या टार्न भारततिर हिंडेको अधिकांशको भनाइ छ ।

जडिबुटीको कारोबार र यार्सागुम्बाको मूल्य घटेका कारण पनि भारत जानेका संख्या ह्वात्तै बढेको जानकारहरू बताउँछन् । सरकारले घर बगाएकाहरूलाई मात्रै राहत तथा खाद्यान्नको व्यवस्था गरेको छ हामीहरूको सबै जग्गा जमिन केही बाँकी राखेको छैन । घरमा बसेर बगर हेरेर चित्त बुझाउनुभन्दा छोरा छोरीलाई एक छाक खानाको जोहो गर्न भए पनि आफ्नो वडाका धेरै जस्तो स्थानीय रोजगारीको खोजीमा भारत लागेको खप्तड छान्ना गाउँपालिका–३ का वडा अध्यक्ष मंगलबहादुर सुनारले बताए । बझाङबाट गएका भारतको ब्यंलोर, केरला, तामिलनाडु, दिल्ली, उत्तराञ्चल र उत्तर प्रदेशलगायत विभिन्न ठाँउमा गएर कुल्ली, दरबान, र कृषि मजदुरको रूपमा काम गर्ने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप