विकासमा प्रचुर सम्भावना तर कुशल नेतृत्वको अभाव

प्राकृतिक स्रोतले भरिपूर्ण नेपालमा विकासका धेरै सम्भावना छन् । मुलुक हाँक्ने जिम्मेवारीमा रहेका राजनीतिक नेतृत्वमा नैतिकता इमानदारिता तथा देश र जनताप्रति अलिकति मात्रै माया हुने हो भने पनि यो देशले सजिलैसँग विकासको फड्को मार्न सक्छ । हाम्रो मुलुकलाई सिंगापुर, स्वीजरल्यान्ड बनाउन कठिन छैन । यहाँको जलस्रोत र प्राकृतिक सम्पदाको प्रचुर प्रयोग गर्न सकिएमा मात्रै पनि मुलुक धेरै माथि पुग्न सक्छ । तर, यसका लागि यहाँका राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आमूल रूपमा सच्चिनुपर्छ । आमनागरिक समाजका सदस्य पनि सिर्जनशील बन्न सक्नुपर्छ ।

अहिले मुलुकको आर्थिक परिसूचक नकारात्मक बन्दै जान थालेका छन् । यदि आर्थिक अवस्था यसरी नै नकारात्मक बन्दै जाने हो भने मुलुक असफल राष्ट्र बन्नज सक्ने भएकाले विशेषगरी प्रधानमन्त्री, अर्थमन्त्रीलगायत अर्थ मन्त्रालयको सिंगो टिम सचेत र संवेदनशील बन्न जरुरी छ ।

अहिले पनि नेपाली शासक प्रशासक रातदिन काम गरेर जनताका असीमित आवश्यकता पूरा गराउन र सिंगो मुलुकलाई छोटो समयमा नै कायापलट गराउने अभियानमा होम्मिन सकेका छैनन् । यसमा उनीहरूको व्यक्तिगत स्वार्थ र लोभले बढी काम गरिरहेको छ ।

सबै शासक र राष्ट्रसेवकहरूले लोभ लालच त्याग गर्दै देश बनाउने अठोट लिएर अगाडि बढ्ने हो भने नेपालको संविधान २०७२ ले परिकल्पना गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्यायमार्फत समाजवाद स्थापना गर्ने महान् लक्ष्यका आधारसमेत तय हुन सक्ने विश्वास गर्न सकिन्छ ।

साँच्चै नै मुलुक बनाउने हो भने अब काम र जिम्मेवारी वहन नगर्ने तर सुविधा मात्रै खोजिरहने र भ्रष्टाचार, अनियमिततामा रमाइरहन चाहने राजनीतिक नेतृत्व (मन्त्रीहरू) र कर्मचारीतन्त्रका एक÷एक सदस्यलाई पहिचान गर्दै उनीहरूमाथि अप्रेसन चलाउन सक्नुपर्छ ।

अहिले विकासका विभिन्न योजना र कार्यक्रम अवरुद्ध बनेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरूको कामसमेत प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्रालय र मातहका निकायको अनुगमन गर्न सकेको छैन । सरकारको नीति तथा योजना र बजेट कार्यान्वयनको अवस्था के छ ? भन्ने कुराको जानकारी सरोकारवाला निकायलाई नै छैन । सरकारका नीति योजना र कार्यक्रमको कार्यान्वयन गर्ने मुख्य भूमिकामा रहेको कर्मचारीतन्त्र असक्षम बन्न पुगेको छ । कर्मचारीतन्त्रलाई शसक्त रूपमा काममा लगाउने भूमिकामा रहेको राजनीतिक नेतृत्व आफ्नै स्वार्थको रोटी सेकाउन उद्धत छ । चारैतिर विकृति छ तर त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका निकाय निष्किय जस्तै छन् ।

अब कर्मचारी वर्गले सदाचारीतामा रही सेवाग्राहीको नजरमा अनुकरणीय देखिने गरि छिटो, छरितो, पारदर्शी, मितव्ययी तथा गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ ।

सम्पूर्ण क्षेत्रमा विकास, पूर्वाधार विकास, कनेक्टिभिटी, नवीन प्रविधिको प्रयोग तथा सूचना एवं सञ्चारलाई विकासको आयोजनासँग आबद्ध गर्न कर्मचारीतन्त्रले सोहीअनुसारको कार्यक्रम ल्याएर अघि बढ्न सक्नुपर्छ । त्यसो गर्न सकिएमा नेपालीहरूको विकास र समृद्धिको चाहनाले मूर्त रूप पाउन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने