रियालिटी शोमा उत्रिए नेपालका ७० वटा ब्यान्ड

काठमाडौं । पछिल्लो समय नेपालमा रियलिटी शोहरु बढेका छन् । यसै क्रममा नेपालका विभिन्न सांगीतिक व्यान्डहरु पनि आपसी प्रतिस्पर्धा सहित रियालिटी शोमा उत्रिएका छन् ।

लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टले ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु गरेको छ । सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा सुरु भएको हो । देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न रियालिटी शो ब्यान्ड च्याम्पियन गरिएको आयोजक पक्षले काठमाडौंमा आयोजित पत्रकार भेटघाटका क्रममा बताएको छ ।

ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका छन् । जसमध्ये ७० वटा ब्यान्ड अडिसनका लागि चयन भएको द ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले बताएका छन् । यो प्रतिस्पर्धामा ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने शेर्पाले बताएका छन् ।

पत्रकार भेटघाट समारोहमा निर्देशक शेर्पाले भने,‘ब्यान्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो। यहाँ एक जनाको मात्रै होइन, पूरै समूहकै प्रस्तुति हेरिन्छ’, निर्देशक शेर्पाले थपे, ‘प्रतिस्पर्धामा विशेषगरी रक, पप र आधुनिक मेलोडी गीतहरू प्रस्तुत हुनेछ।’

ब्यान्ड च्याम्पियनको निर्णायकमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन् । नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन्।

ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार, दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चार÷चार लाख पुरस्कार पाउनेछन्। विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउने छन् । ब्यान्ड च्याम्पियनको डिजिटल पार्टनर माउन्ट एभरेस्ट डिजिटल रहेको छ । ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ माउन्ट एभरेस्ट डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो रियालिटी शो एपीवान टेलिभिजनमा शनिबार राती ९ बजे पछि प्रशारण हुने आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार