निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भयो ‘फूलहरू मगमग’

काठमाडौं । एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशनमा तयार भएको फूलहरू मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायाङ्कन गरेका निर्देशक श्रेष्ठले आफ्ना सबैकामहरुबाट राम्रो प्रतिक्रिया पाए पनि फूलहरू मगमगबाट अझै धेरै आशा राखेको बताएका छन् ।

गायिका मेलिना राईको स्वर रहेको फूलहरू मगमग बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको छ । जसमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् । कन्चन थलङ लिम्बुको शब्द तथा सङ्गीत रहेको छ । निर्देशक श्रेष्ठकै छायाङ्कन र सम्पादन रहेको भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ