एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि, पत्नी राधिका पनि संक्रमित

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो ।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 514 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने