काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १०.८३ अंकले ओरालो लागेको छ । आइतबार ओरालो लागेर २ हजार ९२०.५१ मा ओर्लिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ५४३.८० मा सीमित भएको छ । कुल २ सय ३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय ७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६३ रूपैयाँ मूल्यमा खरिदबिक्री भए ।
गत बिहीबार ५ अर्ब ७७ करोडको कारोबार भएको थियो । परिसूचक नेप्से भने १०.८३ अंकले घटेर २ हजार ९ सय २० अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १ सय ३८ कम्पनीको घट्यो । सात कम्पनीको मूल्य स्थिर रह्यो ।
आइतबार कारोबार भएका कुल १३ उपसमूहमध्ये आठ उपसमूहको सेयर ओरालो लागेको छ भने पाँच उपसमूहको सेयर भने उकालो लागेको छ । आइतबार बैंकिङ १६.६७, व्यापार ४६.१७, होटेल तथा पर्यटन ५१.९६, विकास बैंक ७३.४२, जलविद्युत् ४२.७५, वित्त ७२.९, लघुवित्त १०.९५ र लगानी १.०९ अंकले ओरालो लागेको छ ।
यस्तै, निर्जीवन बिमा ३०.७, उत्पादन १६.२६, अन्य ३७.३४, जीवन बिमा २२९.९६ र सामूहिक लगानी कोष ०.०९ अंकले उकालो लागेको छ । नेप्सेका अनुसार, आइतबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब २७ अर्ब २३ करोड ३२ लाख २ हजार ४ सय ५८ रूपैयाँ बराबर पुगेको छ ।
कारोबारका आधारमा आइतबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड १४ लाख ५३ हजार ४ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, अपी पावर कम्पनी १९ करोड १ लाख ७८ हजार ८ सय ८१ रूपैयाँ, एनआईसी एसिया बैंक १७ करोड ५२ लाख ६३ हजार १ सय ९६, शिखर इन्स्योरेन्स १७ करोड ४७ लाख ७६ हजार ३ सय ३६ र ग्लोबल आईएमई बैंक १६ करोड ९६ लाख ९ हजार ७ सय ९३ रूपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
आइतबार धेरै कमाउनेमा बिन नेपाल लघुवित्तले १०, बुद्धभूमि नेपाल हाइड्रोपावरले ९.९८, मैलुङ खोला जलविद्युत् कम्पनीले ९.७३, ग्लोबल आईएमई बैंकले ६.७४ र ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ६.६९ प्रतिशतले कमाए ।
त्यस्तै, सामलिङ पावर कम्पनी ६.६९, गुर्खाज फाइनान्स ५.५२, वेस्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११ र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाए ।






