काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको बृहत्तर विकास गर्ने उद्घोष गरेका छन । बुधबार लुम्बिनी विकास परिषद्को बैठक मन्त्री भट्टराइले यस्तो उद्घोष गरेका हुन् । उनले अहिलेसम्म सरकारले लुम्बिनीको विकासका लागि धेरै अध्ययन गरेकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको थप विकास गरिने बताए ।
उनले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले अहिलेसम्म धेरै काम गरिरहेको दावी गरे । अब हरेक आर्थिक वर्षमा परिषद्को बैठक बस्ने निष्कर्षसहित सरकार अघि बढेको जानकारी गराउँदै मन्त्री भट्टराईले भने, ‘आगामी १० वर्षमा गर्ने स्पष्ट कार्य योजनासहित हामी अघि बढिसकेका छौं ।’ अब विकासमा क्रमले तीव्रता पाउने उनको दाबी छ ।
अहिलेसम्म नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै उनले त्यहाँका स्थानीयवासीलाई समेत आर्थिक लाभ हुनेगरी लम्बिनीको बृहत्तर विकास हुने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने अपेक्षा गर्दै उनले त्यहाँका स्थानीयवासीको दैनिक जनजीवन उकासिने हिसाबले काम अघि बढ्ने जानकारी दिए । लुम्बिनी मुलुककै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य क्षेत्र भएकाले यसको विकास गरेर पर्यटकलाई आकर्षित गरिने उनको भनाइ थियो । उनले अझै यसलाई थप विस्तार गरी नमुना पर्यटकीय गन्तव्यस्थल बनाइने योजनाका साथ सरकारले काम गर्ने बताए ।
लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासले मुलुकको आर्थिक विकासमा निकै सहयोग पु-याउने बताए । सो बैठकले परिषद्को वार्षिक समीक्षा, योजना तथा आगामी वर्षका लागि विनियोजित बजेट समेत तयार पर्ने काम अघि बढाएको छ । आगामी केही दिनमा यस बैठकले गरेका सबै निणर्य’bout विस्तृत जानकारी सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।






