साम्राज्ञीको नायक जितु नेपाल

काठमाडौं । एक समय अभिनेता अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्कासँग मात्र काम गर्ने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुई वर्ष यताबाट भनेको जस्तो चलचित्र पाएकी थिईनन् । स्टार नायकहरुसँग मात्र चलचित्रमा काम गर्ने यी अभिनेत्री यतीबेला भने हास्य कलाकारको जोडी भएर काम गर्न राजी भएकी छिन् ।

मँगलबार देखि पर्वतबाट छायाँकन सुरु भएको चलचित्र ‘ह्यारीकी प्यारी’ मा साम्राज्ञी हास्य कलाकार जितु नेपालको जोडी बनेकी छिन् । यस अघिसम्म नेपाली चलचित्रमा सहायक भूमिका निर्वाह गर्दै आएका हास्य अभिनेता जीतु नेपाल यसपटक यो चलचित्रमा मुख्य नायकको रुपमा छन् ।

चलचित्रको कथा नै हास्य प्रधान भएको र आफुलाई सम्बन्धि भूमिका निकै सुहाउने देखिएकाले यो ह्यारीकी पारीमा नायकको रुपमा प्रस्तुत हुन लागेको अभिनेता जितुले बताएका छन् । यो चलचित्रमा जितुले ह्यारीको भूमिका निर्वाह गर्दैछन् । जसमा उनको प्यारीको रुपमा अभिनेत्री साम्राज्ञी प्रस्तुत हुँदैछिन् ।

चलचित्र हास्य प्रधान भएका कारण साम्राज्ञी पनि यसपटक हास्य भूमिकामा बढी प्रस्तुत हुँदैछिन् । चलचित्रको कथाबस्तु केही फरक र सामाजिक विषयबस्तुमा आधारित भएका कारण साम्राज्ञीको यसमा प्रभावशाली भूमिका रहेको छ । सोही कारण पनि हास्य अभिनेता जितुको नायिका भएर साम्राज्ञी यो चलचित्रमा प्रस्तुत भएकी हुन् ।

दीपकराज गिरीको चलचित्र छक्का पञ्जा ४ मा नअटेका हास्य अभिनेता जितु नेपाललाई सो फिल्ममा न अटेकोमा अहिलो दुखेसो छैन । उनी साम्राज्ञीको नायकको रुपमा फिल्म ह्यारीकी प्यारीमा मुख्य भूमिकामा प्रस्तुत हुन पाएका छन् । चलचित्रमा मुख्य नायक बन्ने उनको सपना पनि यही फिल्मले पहिलो पटक पुरा गर्दैछ ।

नेपाल टेलिभिजनबाट दुई वर्षदेखि प्रशारण हुँदै हाएको कमेडी कार्यक्रम जितुको कमेडी क्लब बन्द भएपछि उनी यो कार्यक्रमलाई अर्को टेलिभिजनबाट ल्याउने तयारीमा थिए । तर यतीबेला चलचित्र ह्यारीकी प्यारीको छायाँकन सुरु भएकाले यो चलचित्रमा अब आफु करिब डेढ महिना व्यस्त रहने जितुले बताएका छन् । यो चलचित्रको छायाँकन सम्पन्न भएपछि मात्र आफु जितुको कमेडी क्लबको तयारीमा जुट्ने उनले बताएका छन् । जितुका अनुसार अहिले सो कार्यक्रमको लागि काठमाडौंको पेप्सी कोलामा सेट बताउने कार्य हुँदैछ ।

यो चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरिरहेका छन् । फिल्मका निर्माता तथा गीतकार डा. भोला रिलाज हुन् । सिनेमा र चिकित्सा दुबै पढेका कपिल बेलायतका चिकित्सक हुन् । उनले यो चलचित्रबाट फिचर फिल्मको निर्देशनमा डेब्यु गर्दैछन् ।

चलचित्र ह्यारीको प्यारीमा जितु नेपाल,साम्राज्ञी राज्य लक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

निर्देशक डा. कपिल रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म यो फिल्मको छायाँकन गरिने छ । त्यसपछि युनिट काठमाडौं फर्कने छ । बाँकी छायाँकन काठमाडौमा हुने छ । कोभिडको भ्याक्सिन लिएका प्राविधिक कलाकारहरुको पुन कोभिड परिक्षण गरेर नेगेटिभ आएपछि मात्र यो फिल्मको छायाँकनमा समावेश गरेको पनि निर्देशक डा. रिजालले बताएका छन् । छायाँकन अवधिभर कोरोना नसरोस भनेर फिल्मको युनिटलाई बाहिरी टिमसँग घुलमिल र भेटघाट हुन नदिने भनिएको छ । चलचित्रलाई सुदिप बरालले छायाँकन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 499 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी गरौ फोहोरमैलाको दिगो व्यवस्थापन