‘अब मिर्गाैला फेर्छु र देशको काममा बेस्सरी खट्छु’ : केपी शर्मा ओली, प्रधानमन्त्री

प्रेस स्वतन्त्रता र मिडिया’bout


तपाईंहरूले थुप्रै महŒवपूर्ण विषयहरू उठाउनुभयो । हरेक विषयमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्विकारेर आउनुभयो र खुलस्त विचार राख्नुभयो । अलिअलि अतिशयोक्तिपूर्ण ढंगले भन्नुभएछ भन्ने जसरी खुला कुरा राख्नुभयो, एकदम ‘फ्रिली’ कुरा राख्नुभयो । यहाँ कुनै बारबन्देज, अप्ठ्यारो र असहज केही पनि छैन । हामी एउटा स्वतन्त्र समाजमा बाँचिरहेका छौं र स्वतन्त्र समाजमा बाँच्छौं भन्ने तपाईंहरूको बोलाइ र अभिव्यक्तिबाट पुष्टि भएको छ । हाम्रो समाजमा स्वतन्त्रतामा खतरा छैन भन्ने यो व्यावहारिक पुष्टि हो । पहिलो कुरा त प्रेस स्वतन्त्रताको सम्बन्धमा र मिडियाको स्वतन्त्रताको सम्बन्धमा म सरकारको तर्फबाट तपार्इंहरूलाई पूर्ण रूपमा आश्वस्त हुन आग्रह गर्दछु । प्रेस स्वतन्त्रतामा किञ्चित पनि बन्देज हुँदैन । प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा प्रेस स्वतन्त्रताका हकहरू, कुनै पनि प्रकारका प्रकाशन र मुभमेन्ट आदि स्वतन्त्रताका हकहरू कुनै पनि कुण्ठित गरिँदैन ।


म आफैं ५५ वर्ष स्वतन्त्रताको निम्ति लडेको छु, मानवअधिकारको निम्ति लडेको छु । मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ ? त्यो साथीहरूले अलि बढी देख्नुभएको छ तर थोरै भोग्नुभएको छ । मानवअधिकारको अभाव कस्तो हुन्छ ? मैले आफैं धेरै त्यो भोगेको छु । त्यसकारण म साथीहरूलाई फेरि पनि भन्न चाहन्छु, यसमा तपाईंहरूले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन र छैन । कुनै हिसाबले कुनै कुरामा छलफलको क्रममा गलत गएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन । कुनै कुरा यदि त्रुटिपूर्ण भएको छ भने पूर्ण स्वतन्त्रता हुन्छ र मिडियाको स्वतन्त्रता अनवरत हुन्छ ।


सभ्य समाज निर्माणका लागि केही ‘रेस्टिक्सन’


एउटा कुरा के भने कहीँ केही कानुन, केही केही ‘रेस्टिक्सन’का कुराहरू सभ्य समाजका निम्ति आवश्यक पर्ने या राख्नुपर्ने हुन्छ । हामी सभ्य समाज निर्माण गर्न चाहन्छौं । मैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रता हनन् हुनुभएन । मैले आफ्नो सम्मानको कुरा गर्दा अर्कोलाई अपमान गरिरहनुभएन । मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अपहेलना वा त्यसको उल्लंघन गर्नुभएन । यी कुराहरूप्रति हाम्रो सजगता आवश्यक छ ।


योेचाहिँ प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विषय होइन । प्रामाणिक र जिम्मेवार ढंगले एउटा सभ्य एवं सुसंस्कृत प्रस्तुति होस् भन्ने आकांक्षा हो । कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन र कसैको कारोबारमा अनुचित ढंगले क्षति पु¥याउने हिसाबले कुरा भयो भने के गर्ने ? मान्छेमा राम्रै मात्र मनसाय हुन्छ भन्न त सकिँदैन, नराम्रो मनसाय पनि कसैको हुन सक्ला । ’twas भने के गर्ने त ? कसैले कसैको पारिवारिक स्थितिलाई डामाडोल पार्नेगरी कुरा ग¥यो, कसैले कसैको बिजनेस डामाडोल पार्नेगरी झुटो सम्प्रेषण ग¥यो भने त्यसका निम्ति सच्याउने बाटो होला अथवा त्यसलाई त्यस्तो नगर्नु भनेर रोक्नुपर्ने अवस्था होला । हामीसँग बाटोमा हिँड्ने भन्ने अधिकार त छ । तर, बाटोमा कसरी हिँड्ने भन्ने कुरा त हुन्छ नि, एउटा सभ्यता त हामीसँग चाहियो नि !


एउटा विकसित देश र अर्को विकसित देशलाई हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै गर्व गर्छ । देशको नाम नलिऊँ तर एउटामा शालीनता र विनम्रता छ । कुरा गर्दाखेरि यसो झुकेर कुरा गर्छ, अर्कोमा त्यो खालको केही पनि हुँदैन । एउटामा सामाजिक मूल्यहरू माथि हुुन्छन्, अर्काेमा सामाजिक मूल्यहरू कम हुन्छन् । हामीले एउटा सभ्य समाज सिर्जना गर्न खोजेका हौं ।
हामीले नेपाललाई समृद्ध मात्र बनाउन खोजेका होइनौं । हामीले सभ्य, मानवीय, मानवतायुक्त, मानवीय भावनायुक्त र पारस्परिक सहयोगात्मक सम्बन्ध भएको त्यस्तो समाज निर्माण गर्न खोजेका हौं । त्यतातर्फ हामी सबैका प्रयासहरू केन्द्रित हुनुपर्छ । यसमा प्रेस स्वतन्त्रताजस्तो कुरालाई कुण्ठित गरिएको या गर्न खोजेको भन्ने कुरा होइन । यसलाई प्रेस स्वतन्त्रताको संकुचनसँग जोड्ने अथवा यसलाई अझ लगेर स्वतन्त्रताका हकहरूको संकुचन अथवा लोकतन्त्रको प्रश्नसँग लगेर जोड्नुहुँदैन ।


हिंसालाई बढावा दिनु हानिकारक


विप्लव नामकोे एउटा समूह पैसा लुट्नका लागि पोलिटिक्सका नाममा आंतक मच्चाएर हिँड्छ । म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु– लेख्न तपाईंहरू स्वतन्त्र हुनुहुन्छ तर मान्छेको ज्यान मारेर, विध्वंश र आंतक मच्चाएर, आंतककारी क्रियाकलाप गरेर पैसा असुल्नेजस्ता क्रियाकलापलाई बढावा दिने काम कृपया नगरौं । ’cause, यो हामी सबैका लागि हानिकारक कुरा हो ।
नेपालमा अब कुन व्यवस्थाका लागि रिभोल्युसन भनेको ? कस्तो व्यवस्थाका लागि रिभोल्युसन ? त्यसकारण यो रिभोल्युसनको कुरा होइन, अर्थ संकलनको कुरा हो । अर्थ संकलनको यस्तो विधि सभ्य समाजलाई स्वीकार्य र मान्य हुँदैन । स्वीकार्न सकिँदैन । त्यसकारण सरकारको तर्फबाट हामीले यो कुरा प्रस्ट भनेका छौं । हामीले त्यसलाई नियन्त्रणा गरेका छौं । यद्यपि, बम बन्दुकसमेत समातेर ल्यायो, छुट्छन् । यस्तोमा हामी अझ गम्भीर हुनुपर्छ । सिंगो सामाजिक बनावट, सामाजिक मानसिकता, राज्यका सबै अंग, समाजका सबै अंग । राज्यका मात्रै अंगको कुरा होइन, यसमा राज्यका मात्रै अंगले यी चिज गर्ने होइन । यस्ता कुरामा समाजका सबै अवयवले कस्तो तरिका अपनाउने भन्ने कुरामा देश र समाजका सबै अवयवको एउटा साझा दृष्टिकोण र साझा प्रयास हुन जरुरी छ । अनि मात्रै हामी कस्तो समाज निर्माण गर्ने भन्ने कुरा गर्न सक्छौं ।


सरकार असहिष्णु छैन


जहाँसम्म सरकार असहिष्णु भयो भन्ने छ, सरकार असहिष्णु होेइन र छैन । त्यस्तो हुनै सक्दैन । कहिलेकहिले म पनि भन्छु– तपाईंहरू कति साह्रो असहिष्णु ? मैले तपाईंहरूलाई केही पनि भन्नै नपाउने ? तपाईंहरू अरूलाई सहिष्णु हुनपर्छ, सुन्नुपर्छ भन्ने आफूचाँहि सुन्नै नसक्ने ? मैलेचाहिँ तपाईंहरूसँग राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन भन्दाखेरि उत्पात मच्चाउँने † फेरि किन तपाईंहरूमा त्यस्तो असहिष्णुता छ ? अलिअलि त तपाईंहरू पनि कहिलेकहिले सहिष्णु हुनुहोस् न † आपूmचाहिँ एउटा त्यो गीत गाउँछ नि– ‘केही भन्न हुन्न गाँठे घरै पार्छन् आगो’ जस्तो † तपाईंहरूलाई चाहिँ केही भन्नै नहुँने ? अनि तपाईंहरूले जे पनि लेख्न हुने, छाप्न हुने, व्यंग्य चित्र बनाउन हुने, कविता कोर्न हुने, लेख लेख्न हुने, जे पनि छाप्न हुने ? हामीले ‘होइन अति नै पो गरे हो साथीहरूले’ भन्यो भने लौ यो त असहिष्णु भयो भनेर फेरि आलोचना गर्ने ? अलिअलि त हामीले पनि यसो भन्न पाउनु पर्छ नि † हाम्रो पनि थोरै वाक्स्वतन्त्रता त होला † त्यसको पनि त संरक्षण गरिदनुहोस् । त्यसोचाहिँ गर्नै नमिल्ने हो र ? हामीले यसो भनिरहँदा सरकार असहिष्णु छैन, हुनै सक्दैन ।


हामी आफ्नो जीवनको सानोतिनो मूल्य तिरेर यहाँसम्म आइपुगेका छैनौं । हामी सबैलाई थाहा छ, स्वतन्त्रताका हकहरू भएको यो प्रणाली खेर जान सक्दैन । पे्रस स्वतन्त्रता पनि खेर जान सक्दैन । कुनै पनि अधिकारहरू खेर जान सक्दैनन् । सबैलाई थाहा छ– सरकारले चाह्यो भने पनि जान सक्दैनन् । यो त सिंगो समाजको मनोदशाको कुरा हो । यसलाई समाजले वरण गरेको छ । अर्को, अहिलेको सरकार आन्दोलनको उपज हो । नेपाली समाज बलिदानीपूर्ण संघर्षको एउटा निष्कर्षबाट यहाँ आइपुगेको हो लोकतन्त्रको अभ्यासबाट यो सरकार उत्पन्न भएको हो । सबैभन्दा पछिल्लोपटक जनताले गरेको विश्वासको अभिव्यक्ति यो सरकार हो ।


जनताले विभिन्न समयमा विभिन्न विश्वास गरेका होलान् तर पछिल्लो विश्वास अहिलेको सरकार हो । त्यसकारण यो सरकार जनताप्रति उत्तरदायी छ । इतिहासलाई यसले सम्मान गर्छ । हामी हाम्रो काँधका अभिभाराहरू बुझ्छौं । हामी दिन गुजारौं भन्नका निम्ति सरकारमा रहेको होइन । यसको काँधमा परिवर्तनपछिको एउटा ठूलो संक्रमणलाई टुंग्याएर अगाडि बढ्ने जिम्मेवारी छ । त्यसको एउटा खास जंचर (चरण)मा हामी छौं । यसले देशमा सिस्टम बसाउनुछ, यसले देशलाई अगाडि बढाउनुछ, यसले जनतामा विश्वास बढाउनुछ र जनताको मनोबल जगाउनुछ । हामी देश बनाउन सक्छौं, हामी यो देश बनाउने काम गर्न सक्छौं भन्ने कुरा स्थापित गर्नुछ ।


जनतालाई निराश हुन नदिऔँ


सम्पादकज्यूहरूसँग मेरो आग्रह छ, जनता निराश भयो भने देश बर्बाद हुन्छ । सबैभन्दा खतरनाक कुरा जनतामा निराशा आउनु हो । त्यसकारण जनता निराश हुनेगरी हामी कोही प्रस्तुत नहोऔं र जनतालाई निराश हुन नदिऔं । जनतामा आशावादिता जगाऔं । जनतामा आत्मविश्वास जगाऔं, जसबाट देश बन्न सक्छ । हामी देश बनाउन सक्छौं । आत्मविश्वासका साथ जनता जब निर्माणमा जुट्छ, तब कुनै पनि देश बन्ने हो । आत्मविश्वास कम भयो भने, मनोबल टुट्यो भने देश विकास हुन सक्दैन र देश अघि बढ्दैन । यस्तो अवस्थामा कहिलेकहिले देशको अस्तित्व पनि रहँदैन । हाम्रो प्रकृतिले, हाम्रो इतिहासले, हाम्रो डेमोग्राफिक डिभिडियन्टले यो संकेत पनि गरेको छ । अहिले जनताले एउटा विश्वास गरेर हामीलाई झन्डै दुई तिहाइको सरकार दिएको स्थिति छ । यसले स्थिरता आएको छ । यसले मौका दिएको छ । हामी अरूअरू तीन वर्ष काम गर्न पाउँछौं । अहिले स्थायित्वको स्थिति छ र हामीसँग अवसर छ ।

यस्तो अवस्थामा चुनौतीहरूलाई पनि मैले बुझेको छु । चुनौती थुप्रै प्रकारका छन् । सरकारको सम्बन्धमा तपाईंहरूले संकेत गर्नुभएको छ, खासगरी सरकारको बनावट, सरकारको काम, पार्टीको काम र विभिन्न नियुक्तिहरू आदि इत्यादिको सम्बन्धमा औंल्याउनुभएको छ । म यहाँहरूलाई भन्न चाहन्छु– मैले कुनै काम गर्नुभन्दा अगाडि तपार्इंहरूलाई एकपटक सम्झिनुपर्छ, कुनै निर्णय गर्नुभन्दा अगाडि मैले तपाईंहरूलाई मात्रै सम्झिएर पुग्दैन, प्रतिपक्ष पनि छ भन्ने सम्झिनुपर्छ । संविधानसँग अझै असहमत पक्षहरू पनि छन्, तिनलाई पनि सम्झिनुपर्छ । विभिन्न प्रकारका नारा र उद्देश्य बोकेका शक्तिहरू पनि छन्, तिनलाई पनि सम्झिनुपर्छ । तपाईंहरूलाई थाहा छ नि, छत ढलान गर्दा सिमेन्टको गिटी बालुवा सबै गरेर ढलान गरिन्छ । अनि त्यो पक्की हुन्छ । ढलान गरिसकेपछि तल काठका टेकाहरू जोडिराखिएको हुन्छ । तर, ढलानको २१ दिनसम्म पनि ती टेको लगाइएका खुट्टा निकालिँदैन । ’cause त्यो राम्रो जमेको हुँदैन !


कम्प्रोमाइजमा चल्नुपर्ने बाध्यता


हामीले ल्याएको प्रजातन्त्र, संघीयता र गणतन्त्रको खुट्टा निकाल्ने वा टेको निकाल्ने बेला भइसकेको छ कि छैन ? अनेक पक्षहरू छन्, अझै कलिलापनहरू छन् । भर्खरै पार्टी एकीकरण भएको छ । त्यसको पनि टेको निकाल्ने बेला भएको छैन । यी सबै पक्षहरू छन् । यो तपाईंहरूले इन्डिकेट गरेको कुरा ठीक हो । मैले यी थुप्रै कुराहरूसँग कम्प्रोमाइज गर्नुपर्छ ।


अर्को पक्ष भनेको कर्मचारीतन्त्रमा पुरानै छन् । दुई वर्षअगाडिको अवस्थाबाट पार्टी सरकारमा आयो । बाँकी सबै कुरा त यथावत नै छँदै थियो । यो हाम्रो परिवर्तनको ढाँचा भनेको अलिकति संघर्ष ग¥यो, जनताले दबाब दियो, परिवर्तन ग¥यो, कम्प्रोमाइज ग¥यो र कम्प्रोमाइजको बाटोबाट अगाडि बढ्यो । सधैँ यही ढाँचा छ । राणा शासनका विरुद्ध २००७ सालमा आन्दोलन भयो । राणा शासन ढालियोे तर राणा प्र्रधानमन्त्रीको नेतृत्वमा नै सरकार बनाइयो । राणा शासन फालेर गरियो के भन्दा राणा प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनाइयो, आन्दोलनकारी कांग्रेस सरकारमा सहभागी भयो, भागेका राजालाई फर्काएर ल्याई फेरि स्थापित गरियो । त्यो कम्प्रोमाइजिङ टर्ममा राजनीति गयो । पछि २०४६ सालमा के भयो ? राजाले आइन्दा संवैधानिक भएर बस्छु भने ।

फेरि कम्प्रोमाइज भयो र दलीय व्यवस्था कायम भयो । २०६२÷६३ को आन्दोलनमा के भयो ? राजाले वैशाख ११ गते जनताको नासो फिर्ता गरें भन्ने वक्तव्य दिए, हामीले सम्झौता ग¥यौं । र, पुनःस्थापित संसद्ले राजाका अधिकारहरू खोसेर अब राजाका काम, कर्तव्य र अधिकार प्रधानमन्त्रीले नै प्रयोग गर्ने भन्ने भयो । त्यसपछि वस्तुतः राजतन्त्र समाप्त भयो । पुनःस्थापित संसद्ले नै राजतन्त्र समाप्त पारिदियो । अझ त्यसभन्दा अगाडि वस्तुतः दरबार हत्याकाण्डबाटै राजतन्त्र सिद्धिएकोे थियो तर त्यतिबेला जनताको शक्ति पुगेन, जनताको गणतन्त्र घोषणा गर्ने काम हुन सकेन । शक्ति नपुगेपछि फेरि खोजखाज गरेर राजतन्त्र ल्याई राखियोे । पछि त्यसलाई पुनःस्थापित संसद्ले अन्त्य ग¥यो र त्यसको विधिवत् अन्त्यचाहिँ संविधानसभाले ग¥यो । यो क्रम कम्प्रोमाइजिङ बाटोबाटै गयो । यसरी हाम्रो समाज कम्प्रोमाइजिङ एटिट्युडका साथ जाने गरेको छ । हाम्रो सामाजिक एटिच्युड नै यस्तै छ ।


अहिलेको सरकारले धेरै कुराहरूमा कम्प्रोमाइज पनि गरेको छ । अन्तर्राष्ट्रिय स्थितिलाई हेरेर, भूराजनीतिको विषयमा हामीले अत्यन्त सफलतापूर्वक, अत्यन्त ब्यालेन्स्ड गरेर आफ्नो पोलिसीलाई अगाडि बढाएका छौं र सफलतापूर्वक अगाडि बढेका छौं । प्रजातन्त्रलाई हामीले अत्यन्तै सन्तुलन कायम गरेर अगाडि बढाएका छौं । यो नयाँ प्रणाली जो स्थापना भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र, यो प्रणाली आफंैमा नयाँ छ । यस प्रणालीमा पनि खिचातानी हुन्छ । यसमाथि यसको पृष्ठभूमिमा केके भएर आएको थियो ? हामी इतिहासलाई सम्झिऔं । हामीले जातका कुरा गरेनौं कि ? भूगोलका कुरा गरेनौं कि ? केका कुरा गरेनौं ? यी सबै पृष्ठभूमिबाट आएर अहिले सानोतिनो प्र्रयासले यसलाई शान्तिपूर्ण र सन्तुलित ढंगले अगाडि बढाउन सजिलो कुरा छैन । हामीले सफलताका साथ यसको म्यानेज गरेका छौं ।


संविधान कार्यान्वयन र कानुन निर्माणमा चुस्तता


संविधान कार्यान्वयनको कुरा अवगत नै छ । चुनावपछि म आउँदा कुनै पनि कानुन बनेको थिएन । सन् २०१५ मा संविधान जारी भयो तर २०१८ को फेबु्रअरीसम्म कुनै पनि कानुन बनेका थिएनन् । कानुन बनाउन र कार्यान्वयन गर्न त फेरि एकैचोटि सन् २०१५ बाटै थाल्नुप¥यो । जब कि त्यसै वर्षको सेप्टेम्बर २० भित्र यति कानुन बनाइसक्नुपर्ने, मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन बनाइसक्नुपर्नेजस्ता कुराहरू थिए । त्यसो भएको हुनाले यो अत्यन्तै चुनौतीपूर्ण स्थिति थियो । मैले सकेसम्म हेरेर र सकेसम्म त्रुटिरहित गर्न खोजेको हँु । तर, यति धेरै कानुन संविधान कार्यान्वयनका लागि बनाउनुपर्दथ्यो, जसमा फिनिसिङ टचको कुरा होइन कि त्यसभन्दा अगाडिको मस्यौदा पनि हेर्न नभ्याइने अवस्था थियो । ’cause त्यसो गर्नै पर्दथ्यो । त्यसैले यसमा तपाईंहरूले भनेजस्तै एकदमै परिपक्वताका साथ, व्यापक छलफल र अन्तक्र्रिया गरेर हेर्न र गर्न भ्याइएकोे स्थिति होइन । अहिले पनि हामीले कतिवटा नमुना कानुन बनाएर पठाउनुपरेको छ ।

संघीयताको नयाँ प्रयोग चलिरहेको बेला थियो, बसिसकेको सिस्टमको अवस्थामा रन गर्ने कुरा थिएन । हरेक कुरा नयाँ आयो । हरेक कुरा नयाँ गर्नुप¥यो । त्यसले गर्दा धेरै कामको चापको बीचमा कानुनहरू बनाउनुप¥यो । अर्काेतिर हामीले कानुन बनाउँछौं भनेर मात्र हुँदैनथ्यो, विकास निर्माणको काम पनि गर्नुपर्दथ्यो । अहिलेका लागि मात्रै होइन, ६ महिनाका लागि मात्रै होइन, एकछिनका लागि केही वाहवाही पाउनभन्दा दीर्घकालीन योजनाहरू अघि सारेर र योजना गरेर गर्नुपर्दथ्यो । विकास निर्माणका काम पनि तत्काल पपुलर हुनुभन्दा अलिक दीर्घकालका लागि कसरी जाने भन्ने कुरा नै मुख्य हुनै नै भए । यसरी हामी दीर्घकालीन काममा छौं, जस्तै कनेक्टिभिटीको कुरा रहेको छ । र, हामी त्यतापट्टि क्रियाशील रहेका छौं ।


नयाँ युगमा प्रवेश गरेका छौं


हामी वास्तवमा थुप्रै कुरामा नयाँ युगमा प्रवेश गरेका छौं । हामी ‘टनेल एरा’मा प्रवेश गरेका छौं । एउटा टनेल शिलान्यास ग¥यौं, अरू ६ वटा टनेलहरू हामी तुरुन्तै सुरु गर्दै छौं । कोही सर्भे हुँदै छन् र छिट्टै नै हामी तिनलाई अगाडि लान्छौं । बाटोलाई छोटो बनाउने र दिगो बनाउने, हामी मुलुकलाई त्यस ढंगले एउटा नयाँ युगमा लैजादै छौं ।
हाम्रो व्यापार विविधिकरण, राष्ट्रको विविधिकरण, आइटमको विविधिकरण र थुप्रै चिजहरूको विविधिकरण भएको छ । अर्थतन्त्रको हिसाबले हामी त्यसमा जानुपर्ने जरुरी छ । त्यसमा हामीले ध्यान दिएका छौं । रेलको पनि काम गर्नुपर्नेछ, पानीजहाजको पनि काम गर्नुपर्नेछ । नदीको बाटोबाट हामीले लिएर आउँँदा थुप्रै सस्तो पर्नजाने र छिटो हुन जाने हुन्छ । अर्को हामीले कोलकातामा खोल्न नपर्ने, सोझै आउने जुन सुविधा गरेका छौं, यसले व्यापारलाई जुन अनुकूलता सिर्जना भएको छ, जो हामीले नयाँनयाँ क्षेत्रमा गरेका छांै । विमानस्थलहरूको छिटो निर्माणमा हामीले जोड दिएका छौं । कतिपय रात्रि उडानहरूमा जोड दिएका छौं । दिउँसो मात्रै भयो भने त एउटा मात्रै विमानस्थल छ, त्यसले अप्ठ्यारो हुने नै भयो । दिउँसो मात्रै गर्दा पुगेन । हामीले २४ घन्टा उडाउनेगरी कतिवटा आन्तरिक विमानस्थललाई राति पनि उडाउन सक्नेगरी लगेका छौं ।


हामीले जगदेखि नै विद्यालय भर्नाको अभियान चलायौं । अढाई ३ लाखभन्दा बढी स्कुल नजाने नयाँ बालबालिकालाई हामीले स्कुल पु¥याएका छौं । दुई वर्षमा यो लगभग टुंगिन लागेको छ र हामी टुंग्याउँछौं भन्दै छौं । ८० प्र्रतिशत नागरिकमा विद्युत् पु¥यायौं । विद्युत् प्र्रयोगकर्ताहरू र प्रयोग गर्ने क्षमता किन वृद्धि भएन भन्नुभयो । अहिले यो दुई वर्षमा क्षमता १४५ बाट २४५ पुगेको छ । ८० प्रतिशत घरहरूमा बिजुली पु¥याएका छौं । अब दुई वर्षभित्रै बिजुली सबै ठाउँमा पु¥याउँछौं । त्यसका निम्ति काम हुँदै छ । अन्तरदेशीय लाइनका लागि जोे एमसीसीको कुरा भइरहेको छ, त्यसमा अन्तरदेशीय लाइनमा विद्युत् उत्पादनसँगै हाम्रो व्यापार दीर्घकालीन सोचका साथ अघि बढ्छ । हामीले यो काम गरेका छौं ।


म यति मात्र अनुरोध गर्छु, अहिले काठमाडौंका सहर, यद्यपि एकदम विकसित सहरको तुलना या दाँजोमा उठाइसकेँ, म त्यसो भन्दिनँ । तर, काठमाडौंका सहर पहिलेजस्तो अहिले पक्कै पनि छैनन् । यहाँहरूले महसुस गर्नुभएको छ, खाल्डाखुल्डी पुर्ने, बाटो बन्ने कुरामा अहिले सडकबत्तीको स्थितिमा पक्कै पनि सुधार देख्नुभएको होला, यसमा भिन्नता आएकैै छ । पहिले म सरकारमा हुँदा २५ प्रतिशत तनखा बढाएको थिएँ, अहिले फेरि २० प्रतिशत तनखा बढाएको छु । कर्मचारीलाई पनि फरक परेको छ । काम लगाइएको छ । एउटा मेकानिज्म एकैचोटि कन्र्भट भएर त परिवर्तन हुँदैन । व्रतबन्ध गरेर चौकामुननि बसेको छोरालाई बाहुनले माथि चढाउँछ नि †, व्रतबन्ध गरेको भोलिपल्ट ठ्याक्कै छोरो चौकामाथि हुन्छ ।

देशलाई व्रतबन्ध गरेर ठ्वाक्क चौका चढाएजस्तो त हँुदैन, विकास त्यसरी त हुँदैन । प्रजातन्त्रले त जीवनमा प्रतिफल आउनका निम्ति खासमा व्यक्तिको आर्थिक र सामाजिक जीवनमा प्रतिफल पाउनको निम्ति त्यसको अलिकति प्रक्रिया त हुन्छ । रोजगारीका अवसर सिर्जना गरिएको छ, जीवन बिमा गरिएको छ र बैंक खाताका कुराहरू गरिएको छ । अहिले इनोभेसनका लागि हिजो मात्रै हामीले ऐन पास गरेका छौं । हामी ५० लाख युवाहरूलाई इनोभेसनका लागि वातावरण दिने भनेर लागेका छौं । यसरी हाम्रो यात्रा कतापट्टि छ भन्नेमा प्रस्ट देख्न सक्नुहुन्छ । राष्ट्रियताको सवाल होस्, डेमोक्रेसीको सवाल होस् अथवा विकासको सवाल होेस् वा सुशासनको सवाल होस्, प्रगतिको स्थिति राम्रो छ ।


सञ्चारमाध्यमले इन्साफ गर्नुपर्छ


अब म तपाईंहरूले एउटा इन्साफ गर्नुपर्छ भन्छु । ललिता निवास के यो सरकार बनेपछि बेचेर व्यक्तिलाई दिएको हो र ? उहिले हिनामिना गरिएको जग्गा अहिले मैले छानबिन गराउँदै छु । यसमा एकातिर सीआइबीलाई छानबिन गर्न लगाएको छु, अर्कोतिर अख्तियारलाई छानबिन गर्न लगाएको छु । दुईतिरबाट छानबिन हुँदैछ । मुद्दा त मैले गर्ने होइन, अदालतले किनारा गर्ने हो । यो सबै छानबिन गरेर अदालतमा मुद्दा पेश हुन्छ । मैले त छानबिन गराउने हो । योभन्दा अगाडि पनि सरकार थिए, तर कसैले छानबिन त गराएनन् । मैले छानबिन गराउँदै छु । अनि जसले यो छानबिन गराउँदै छ, त्यसैलाई आरोप ? तपाईंहरू इन्साफ गरिदिनुस्, न्याय गरिदिनुस् † एकपटक खोई ३८ क्विन्टल सुन खुब चल्यो ? ३८ क्विन्टल सुन त भागिसकेछ † तर, उहिल्यै भएको त्यो तस्करीलाई मैले आएर छानबिन र खोजतलासी गराए । सुनको चोरी निकासी हुँदो रहेछ । आयात हुने र निर्यात पनि हुने रहेछ । त्यसलाई म आएपछि नै रोकियो । त्यसको छानबिन गर्दा पत्ता लगाइयो र कारबाही गरिएको छ । ७५÷७६ जना मानिस जेलमा छन् । कतिलाई त मुद्दा नै चलाइएको छ । अनि त्योभन्दा गर्ने के ? छानबिन गर्दा जे पत्ता लाग्यो, प्रहरीले जे छानबिन गर्छ, अदालतले जे छानबिन गर्छ, त्यसैगरी गर्ने होइन र ? त्यसका लागि एउटा छुट्टै समिति बनाएर छानबिन गराइयो र अदालतमा मुद्दा पनि चलाइयो, जे फेला प¥यो, त्यही कारबाही गरियो । अख्तियारकै आयुक्तमाथि कारबाही भएको छ । १२ वर्ष अघिदेखिका मुद्दाहरूमा कारबाही भएका छन् ।


विभिन्न ओहदामा रहेका र ठूलो ओहदामा रहेका व्यक्तिहरूमाथि कारबाही भएको छ । स्टिङ अपरेशन गरेर पैसा समाउँदा समाउँदै र खाँदाखाँदैको अवस्थामा कारबाही गरिएको छ र ठूलाठूला ओहदाका मान्छेहरू पनि कारबाहीमा परेका छन् । जो इन्भल्भ (संलग्न) रहेको पाइन्छ, छोडिएको छैन । जुनसुकै अपराधमा होस्, जुनसुकै तहका मान्छे हुन्, इतिहासमा पहिले कहिल्यै नभएको तहका मान्छेहरू कारबाहीमा परेका छन् । कानुनी राजको सिद्धान्तमा मोलाहिजा गरिएको छ र ? छैन । त्यसकारण भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार नियन्त्रण गर्दा गिरफ्तार हुने र कारबाही हुने प्रक्रिया भएको छ । हिजो थाहै नभई हुने भ्रष्टाचारका घटनामा कारबाही हुँदा बढी थाहा भएको छ । त्यो थाहा भएको हुँनाले हो रहेछ भन्ने कुरा देखिएको हो । भ्रष्टाचार« बढेको होइन, नियन्त्रण गर्ने सिलसिला अगाडि बढेको छ ।


वाइडबडी र यति होल्डिङ्स’bout


वाइडबडी खरिद मेरो समयमा भएको हो र ? यती होल्डिङ्सको दरबार अगाडिको जग्गा लिजमा दिनु हुन्थ्यो कि हँुदैनथ्यो ? त्यो बेग्लै कुरा हो । ६ अर्ब कति त त्यस ठाउँको मूल्य पनि पर्दैन । त्यो लिजको त्यस्तो कुरा होइन । त्यो मभन्दा अघिल्लो सरकारले गरेको काम होे, तर विधि प्रक्रिया पु¥याएरै गरेको रहेछ । सोल्टीनजिक ताहाचलको जमिन लिजमा दिएको रहेछ । यतीको के भएको रहेछ त भनेर मैले त्यो पनि हेरेँ । त्यसमा पनि विधि प्रक्रिया पु¥याएर नै गरेको रहेछ । गोकर्ण रिसोर्ट एउटा विदेशीलाई दिएको थियो, विदेशीबाट नेपाली कम्पनीले किन्यो र थोरै समय बाँकी रह्यो । त्यो थोरै समय बाँकी रहेपछि उसले किन्यो र उसलाई लिज अवधि बढाइदिन्छु भनेरै त्यतिबेलाको सरकारले भनेको हुनाले नै उसले किन्यो । नत्रभने त्यत्रो पैसा हालेर उसले किन किन्थ्यो ? विभिन्न स्वतन्त्र किसिमका निकायबाट मूल्यांकन गराएर त्यसमार्फत कति पर्छ ? त्यसको प्रतिस्पर्धात्मक मूल्य कति हुन सक्छ ? चार्टर एकाउन्टेन्ट संस्थाका मान्छेबाट मूल्यांकन गराएर त्यसको लिज अवधि थप भएको छ । त्यसमा कुनै घोटाला भएको मलाई विश्वास छैन ।


मैले घोटाला गर्छु भन्ने नठान्नुहोला


एउटा कुरा मैले घोटला गर्छु वा मैलेचाहिँ भ्रष्टाचार गर्छु भन्ने कमसेकम साथीहरूले ठान्नुहुन्न होला भन्ने मलाई विश्वास छ । ’cause मेरो जुन कमिटमेन्ट छ, त्यसमा चाहिँ शंका गर्नुुहुन्न भन्ने म ठान्दछु । जुनसुकै सरकारको सम्बन्धमा जेसुकै होस्, मेरो सम्बन्धमा त्यसरी प्रश्न उठ्दैन भन्ने मेरो विश्वास छ । ’cause मलाई त्यस्तो गर्नु केही छँदा पनि छैन । बदमासी गर्नु, भ्रष्टाचार गर्नु र कमिशन खानु केही पनि छैन ।


राज्यको कोष लुट्न दिइन्न


तपाईंहरूले भनेको एउटा कुरा के ध्यान दिनयोग्य छ भने अस्तिको दिन सकिएको हाम्रो केन्द्रीय कमिटीको बैठकमा पनि यो कुरा चल्यो । वास्तवमा यो निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भयो । यो भन्ने नभन्ने बेग्लै कुरा हो, तर निर्वाचन यति खर्चिलो भयो कि यदि कुनै हिसाबले हामी यसमा खर्च नहुने बाटो खोज्दैनौं भने यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचार गराउने अनिवार्यजस्तो खतरा हुन्छ । यो बहुत खर्चालु भयो । चुनाव जोसुकैले लड्न नसक्ने खालको स्थितिमा जाँदै छ । अलिक सोच्नुपर्छ भन्ने कुरा आएको छ । तर, निर्वाचन खर्चिलो भए पनि वा जेसुकै भए पनि त्यसको नाममा राज्यकोषबाट कमिसनगिरी हुन्छ भने त्यो म प्रधानमन्त्री हुँदासम्म चल्दैन । म तपाईंहरूलाई भनौं, राज्यको कोष मारेर पार्टीको वा व्यक्तिको र संस्थाको कोष बढाउने काम हुँदैहुँदैन । यो राज्यकै विकासको बजेट हो र यसको खर्च विकासमा नै हुन्छ ।


ललितानिवासमा जग्गा नकिनेकाले भाग्यमानी


म भाग्यमानी रहेछु, म पनि घडेरी खोज्दैखोज्दै हिँडेको थिएँ । धन्न बालुवाटारमा परिनँछु । त्यसबेला यो किनबेच भइराखेको रहेछ र म पनि खोज्दै हिँडेको थिएँ । जग्गा किन्नेले हेर्ने धनीपुर्जा हो । पास गर्ने गएर मालपोत कार्यालयमा नै हो । धन्न तपाईंहरू पनि कोही पर्नु भएनछ । किन्न त अन्तै किन्नु भएको होला, यहाँ पर्नु भएनछ । यहाँ परेको भए † बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो । हेर्ने त तपाईंहरूले पनि धनीपुर्जा हो । धनीपुर्जा हेर्ने हो, मालपोत कार्यालयमा गएर नै किन्ने हो । म धन्न बँचेछु, बालकोट गएर किनेँ । यहाँको जग्गाको प्रकरण आएपछि मैले साथीहरूलाई सोधेँ– होइन कतै बालकोटको पनि यस्तै त अवस्था छैन ? सार्वजनिक जग्गा त परेको छैन भनेर सोधेँ । तर, त्यस्तो रहेनछ र ढुक्क भयो । आफ्नो हिसाबले भन्दा पनि भवितव्यले गर्दा त्यस्तो नपरेको हो । नत्र भने नेपाल त यस्तो भएको छ, व्यक्तिको धनीपुर्जाबाट किन्दा पनि उहिल्यै कसले सरकारीबाट व्यक्तिको जग्गा बनाएको पर्नसक्ने डरसमेत हुन्छ ।


अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउँदै छौं


यस्तो अवस्थामा मैले अहिले सार्वजनिक जमिनहरू फिर्ता ल्याउँदै छु । मान्छेले निजी गराएका जमिनहरू फिर्ता ल्याउँदै छु । एउटा कोरियन कम्पनीलाई अपर त्रिशूली थ्री एमा बनले कन्स्ट्रक्सन वर्क र ट्रान्समिसनको लागि वनक्षेत्र पनि प्र्रयोग गर्नुपर्ने हुदा जमिन दिएको रहेछ । एक्सेस रोडका लागि बनले जमिन दिएको रहेछ । त्यसरी दिएपछि गुठी खडा गरेर त्यसका नाममा मोही खडा गरेर अहिले त धनीपुर्जा नै बनिसकेछ । अघिल्लो सरकारले नक्कली गुठीलाई जमिन दिइसकेको रहेछ । त्यस निर्णयमा टेकेर रसुवा मालपोत कार्यालयले मोही सदर गरी जमिन उनीहरूलाई दिन ठिक्क परेर बसेको रहेछ । अहिले कन्स्ट्रक्सन कार्य गर्ने भनेपछि तिनीहरू मुअब्जा चाहियो भन्न आए ।


हामीले नभएको जंगलको जमिन लिएको कसरी मुअब्जाको कुरा आयो भन्दा २०७४ पुस ९ गते चुनाव सकिएपछि ११० रोपनी जमिन एउटा गुठी खडा गरी दिएर, मोही खडा गरेर तमासा पो गरिएको रहेछ । त्यो जमिन फिर्ता लिइयो । सर्लाहीमा त्यसैगरी कब्जा गरेको जमिन रहेछ । तिनीहरू सबै फिर्ता लिइयो । यसरी विभिन्न ठाउँमा फिर्ता लिने क्रम चलेको छ । म साथीहरूलाई भन्न चाहन्छु, सार्वजनिक, सरकारी सम्पत्तिको सुरक्षा गर्ने काम भइरहेको छ । त्यसको हिनामिना गर्न र भ्रष्टाचार गर्न नपाऊन् भन्ने कुरामा अहिलेको सरकार सजग छ ।
त्यसैकारण यो ललिता निवासको जमिन हामीले रोक्का ग¥यौं । हामीले गर्ने भनेको रोक्का नै हो । रोक्का गरेर छानबिन हुँदै छ र अब छिट्टै नै अदालतमा जान्छ । त्यसकारण साथीहरू यसमा ढुक्क हुनुभए हुन्छ कि जसको जे दोष छ, जसको त्रुिट छ, यसमा बिनादबाब नै कारबाही हुन्छ । सरकारले यसो गर वा उसो गर, फलानोलाई यसो गर वा उसो गर भन्ने कुरा हुँदैन । हामीले कुनै संस्था बनाएका छौं भने तिनीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौं । काम गर्न दिनुपर्छ । मैले प्रहरी र सरकारी निकायमा दबाब वा हस्तक्षेपको काम नगर्न निर्देशन गरेको छु । दबाब र हस्तक्षेपमा काम नगर्ने, भ्रष्टाचार र कमिसन हुन नदिने गरेको छु ।


एमसीसी चालू संसद् अधिवेशनबाटै छिट्टै पास हुन्छ


अब जहाँसम्म एमसीसीको कुरा छ, हाम्रो नेपालको चलन कस्तो छ भने सम्झौता गर्नभन्दा अगाडि पर्याप्त अध्ययन गर्ने, अनि सम्झौता गर्नुपर्ने हो । हामी सम्झौता आदि सबै सिध्याउँछौं र अन्तिममा अनुमोदन गर्ने बेलामा बहस सुरु गर्छाैं र अध्ययन थाल्छौं ! सबै सम्झौताहरू आमनागरिकले अध्ययन गरेर, पढेर कण्ठ पारेर बस्छन् भन्ने कुनैै दुनियाँमा कहीँकतै हुँदैन । आमनागरिकले सबै सम्झौता वा सन्धि पढ्छन्, कण्ठ पार्छन्, राम्रो नराम्र्रो छुट्याउँछन् ? त्यस्तो हुँदैन । त्यसको लागि वार्ता गर्न विशेषज्ञहरू पठाइएको हुन्छ र मूल्यांकन गरिएको हुन्छ । यसका आफ्नै प्रक्रिया हुन्छन् र त्यसैअनुरूप सबै कार्य भएका हुन्छन् ।


त्यही प्रक्रिया अघिल्लो सरकारले पूरा गरेको थियो । हामी सबैलाई हिस्ट्री थाहा छ, यो कहिलेदेखि आयो ? कसरी आयो भन्ने कुरा मैले बताइरहनु पर्दैन । अब अहिले केही समय यता आएर यो एमसीसीचाहिँ इन्डोप्यासिफिक पोलिसीअन्तर्गत भयो भनेर साथीहरूले भनिरहनु भएको छ । अमेरिका हामी सबैलाई थाहा छ । हामी बुझ्छौं नि अमेरिकाको ग्लोबल स्ट्राटेजी र ग्लोबल पोल्टिक्स छ । किन इन्डोप्यासिफिक मात्रै ? ग्लोबल नै छ । अमेरिका सुपर पावर हो । उसलाई संसारको सबैभन्दा धनी र सबैभन्दा बलियो देश भनेर जानिएको छ । संसारका कुनाकुनामा उसका फौजी अखडा छन् । साधारणतया अब तर्कले काम गर्दैन, कानुनले काम गर्दैन । त्यस हिसाबले अमेरिका चल्छ र चलिराखेको छ । सुपर पावर हो भन्ने थाहा छ नि † अब त्यस्तो सुपर पावरका ग्लोबल स्ट्राटेजी हुन्छन्, रिजनल स्ट्राटेजी हुन्छन् र होलान् नै । हामीले गरेको एग्रिमेन्ट के हो ? हाम्रो एग्रिमेन्टले के भन्छ ? त्यस सम्झौताले के भन्छ ? एमसीसीसम्बन्धी कम्प्याक्टले के भन्छ ? हामीले हेर्ने त्यसलाई नै हो ।


यो पाँच वर्षको सम्झौता हो, पाँच वर्षभित्र हामीले कार्यान्वयन गरिसक्नुपर्छ । यदि गरिसकिएन भने जहाँ पुगेको छ, त्यहीँ रोकिएर पैसा फिर्ता जान्छ । त्यसकारण हामीले हतारहतार यो काम गर्नुपर्छ । हामी विद्युत् उत्पादन गर्दै छौं । हामी जलस्रोतको धनी देश, हामीलाई ट्रान्स्मिसन लाइन चाहिन्छन् । त्यसका निम्ति पर्याप्त पैसा चाहिन्छ । त्यसको लागि अमेरिकाले ट्रान्समिसन लाइन बनाइदिन्छु भनेको छ । जुन यहाँदेखि गोरखपुरसम्म जान्छ । यसमा भारत सम्बन्धित कुरा किन भयो भन्ने प्रश्न पनि आउँछ । भारतसँगको कुरा, अझ भारतयासम्म बिजुली निर्यात गर्नका लागि यो ट्रान्समिसन लाइन बन्ने हो । गोरखपुरसम्म लाइन विस्तार गर्नुपर्छ अनि न भारत चाहियो । यसमा हामीले सुनौली–गोरखपुर लाइनको सम्झौता गरिसकेका छौं । यो सम्झौता भइसकेको हुनाले अब खाली एलाइन्मेन्ट पूरा गर्ने र त्यहाँको बन र बाटो क्लियरेन्स दिने कुरा जुन हो, त्यसमा काम भइराखेको छ । यो काम अन द प्रोसेसमा छ । यो हुँदै जान्छ । अरू सबै सर्त पूरा भएका छन् । हामीले लिँदाखेरी सर्त के हुन्छ ? सम्भव कसरी हुन्छ ? अमेरिकाका आफ्ना सर्तछन् ।

उसले आफ्नो कानुन बनाउँदा भनेको छ, लोकतन्त्र हुनुपर्छ, जनताआधारित विकास हुनुपर्छ । सुशासन हुनुपर्छ । जनताका विरुद्ध तानाशाही चलाउनको लागि सहयोग गरिँदैन । तानाशाही हुनुहुँदैन । मानवअधिकारको स्थिति राम्रो हुनुपर्छ । सुशासन हुनुपर्छ र सुशासनतर्फ देश अग्रसर हुनुपर्छ । देश सुशासनतर्फ अग्रसर भएको हुनुपर्छ । भ्रष्ट्राचार नियन्त्रणको बाटोमा अघि बढेको हुनुपर्छ । यी सबै उसका सर्तहरू रहेका छन् । यी सर्तहरू पूरा गरेर हामीले अनुदान प्राप्त गर्नु भनेको त नराम्रो होइन । ती सर्त पूरा गरेर हामीलाई सन् २०१२ मा अमेरिकाले उपयुक्त भन्यो । हामी सन् २०१२ मा इलिजिबल छौं भनेपछि २०१५ बाट हाम्रा संवादहरू सघन ढंगले सुरु भए र २०१७ मा तत्कालीन अर्थमन्त्री वासिङ्टन गएर सम्झौता भयो ।


त्यसो गर्दा उचित नै सम्झौता भएको छ । त्यसबेला म सरकारमा नभएको बेला मात्र होइन, मलाई हटाइएर बनाइएको सरकार रहेको बेला थियो । तर, त्यसो भए पनि ठीक कुरालाई त ठीक भन्नुपर्छ । त्यसकारण मैले त्यसबेला पनि ठीक भनेको हुँ । अब यसलाई अनुमोदन गर्नुपर्छ, यो अनुमोदन हुन्छ । यसमा सैनिक प्रयोजनमा खर्च गर्न नपाइनेसमेत सर्त छ । यो कुनै हिसाबमा सैनिक प्रयोजनमा प्रयोग हुने अथवा विकास कार्यबाहेक अरूतिर खर्च गर्न पाइने अनुदान होइन । हामीले अझ स्पष्ट गरेर कि बाटो र ट्रान्समिसन लाइनमा, कहाँदेखि कहाँसम्मको बाटो र कहाँदेखि कहाँसम्मको ट्रान्स्मिसन लाइनमा भन्ने पनि निश्चित भइसकेको छ । यसकारण यो नकारात्मक छैन । यो सकारात्मक कुरा हो । र, यसै अधिवेशनबाट र छिट्टै पारित हुन्छ, पारित गरिन्छ ।


हाम्रा केही साथीहरूमा केही दोधार देखियो । दोधार देखियो भने ठीकै छ, अध्ययन गरेर व्यवस्थित गरेर बुझ्दा भयो । त्यसकारण हामीले व्यवस्थित गरेर तथ्य प्रमाणहरू, त्यसको इतिहास, त्यसको सहमति, त्यसको व्यवस्था सबै कुरा ल्याउनका निम्ति एउटा कार्यदल बनाएका छौं । त्यसले आफ्नो रिपोर्ट यस्तो यस्तो भएको रहेछ भनेर दिन्छ, । त्यसपछि सबैलाई स्पष्ट हुनका लागि सजिलो हुन्छ । यो ठूलो समस्याको विषय होइन ।


बैठकहरू पार्टी कमजोर गर्न होइन, दह्रो बनाउन


एउटा कुरा म तपाईंहरूलाई भन्न चाहन्छु । तपार्इंहरूलाई लागेको त्यस्तो हो कि ? तपाईंहरूले सुनेको त्यस्तो हो कि ? विश्लेषकहरू कसैले तपाईंलाई सुनाएका हुन् कि ? तपाईंहरूको कुरा कस्तो छ भन्दा यहाँ मेरो टेबल अगाडि रेकर्ड गर्न तपाईंहरूले १२ वटा टेलिफोन राख्नुभएको छ । १२ वटामा सातवटा यता दायाँ राख्यो, पाँचवटा उता बायाँ राख्यो भने ५ वटा अल्पमतमा पर्छ । हिसाब सजिलो छ । तपाईंहरू यसरी हिसाब निकाल्नुहुन्छ । तर यसरी राखेको हो कि
होइन ? साथीहरू चार÷पाँच जना भैंसेपाटीमा एकफेर जम्मा हुनुभएछ, अनि नेपालको पोलिटिक्स नै त्यही हो जस्तो गरेर अब भैंसेपाटी बैठक, भैंसेपाटी बैठक भन्न थाल्ने ? भैंसेपाटी बैठक हुन्छ, खुमलटार बैठक हुन्छ, कोटेश्वर बैठक हुन्छ, डल्लु बैठक हुन्छ, बालुवाटार बैठक हुन्छ, अन्त बैठक हुन्छ र सिंहदरबारमा पनि बैठक हुन्छ । यस्ता बैठकहरू त हुन्छन् नि † यो एकता हामीले यताउती गोटी सारेर, त्यहाँ खेल खेलेर, स्टे«न्थ लुज गर्नका लागि गरेको होइन । र, त्यस्तो कमजोर छैन । तपार्इंहरूलाई भ्रम नरहोस् है † त्यस्तो कुनै प्रकारको दोधारेपन नरहोस्, त्यस्तो केही पनि छैन ।


भर्खरैको लभ जस्तो होइन


मैले डाभोसबाट फर्किदाखेरि आपत्ति गरिनँ, (डावोसबाट फर्कंदा प्रचण्डको भेनेजुयलासम्बन्धी वक्तव्यमा सम्पादकहरूको जिज्ञासा) आपत्ति के मात्र गरें भने, एउटा अभिव्यक्ति आयो अध्यक्षजीको, भोलि नै म आउँदै छु भनेपछि अघिल्लो दिन त्यस्तो अभिव्यक्ति नआउनु पर्दथ्यो । मैले उहाँलाई त्यस्तो नआउनु पर्दथ्यो भनेर भनेको हो । त्यो पब्लिकलाई भनेको होइन, उहाँलाई भनेको कुरा अलिकति पब्लिक भएको होला । मैले एयरपोर्टमै भनेको छु सरकारको भनाइ के हो र पार्टीको भनाइ के हो ? के सान्दर्भिक छ, के सान्दर्भिक छैन भन्ने कुरा त्यसबेला भनेको हुँ । तर, त्यसको अर्थ दुई जना तीन जना भेट हुने बित्तिकै सशंकित भइहाल्ने ? भर्खरै लभ गर्न लागेका केटाकेटीले गर्छन्
नि † अर्कासँग यस्सो बोल्या देख्यो भने हँ गर्ने ? हामीहरू त्यस्तो खालको हा ेइन । हामी धेरै वर्ष राजनीति गरेर र चुनावसँगै लडेर, सिट बाँडेर, तालमेल गरेर, त्यसैबेला पार्टी एकीकरण गर्छौं भनेर र एकीकरण गरेर यहाँसम्म आएका हौं । यो एकीकरण कसो गर्दा मजबुत हुन्छ भन्ने हामीलाई थाहा छ । कसो गर्दा कमजोर हुन्छ भन्ने त्यो पनि थाहा छ । यसलाई मजबुत बनाइन्छ, कमजोर हुन दिइँदैन ।


तीन वर्ष म नै प्रधानमन्त्री


म साथीहरूलाई के भन्छु भने, चुनावपछिका कुरा नगरौं । तीन वर्षपछि चुनाव हुन्छ । तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो । तपाईंहरूलाई बताइदिऊँं, म अब छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु । अहिले किड्नीमा अलिक समस्या छ । आजको जमानामा अलिअलि समस्या किन राख्ने ? एउटा किड्नी ल्याएर फेरि थप राख्छु । यो ठूलो कुरै होइन । मैले किड्नी छिट्टै किन राख्ने भने बेस्सरी काम गर्न सजिलो होस् भनेर हो । अहिलेभन्दा बढी सजिलोसँग काम गर्नका लागि हो । यसमा हाम्रो पार्टीमा कुनै विमति छैन । पहिले त मैले प्रचण्डजीलाई आलोपालो गरौंला नि भनेर भनेको थिएंँ । तपाईं आएर चलाउनुहोला आधा भनेको थिएँ । अस्ति भर्खरै उहाँले भन्नुभयो– यो त (इनस्टेबिलिटी) अस्थिरता हुन्छ, त्यस्तो नगरौं । उहाँकै प्रस्तावमा यो आलोपालो भन्ने कुरालाई हामीले हटाइदियौं । र, अब (कन्टिन्यु) निरन्तर बाँकी अवधि मैले नै सरकारको नेतृत्व अगाडि लैजाने भन्ने पनि हामीले विधिवत् निर्णय ग‍¥यौं । प्रचण्डजीले नै आलोपालो छाडेर अब स्थिर ढंगले लाने भन्नुभयो र अस्थिरता नदेखाउने भन्ने कुरा उहाँकै प्रस्तावमा निर्णय गरेर हामी अगाडि गइराखेका छौं । अनि तपाईंहरूले पनि देख्नुभयो– १५ गते केन्द्रीय कमिटीको बैठक यतिबेला सुरु गर्छौं, १९ गते यतिबजे अन्त्य गर्छाैं भन्यौं । अनि त्यतिबजे नै अन्त्य ग¥यौं । एकताबद्ध भएर सुरु गर्छौं । एकताबद्ध भएर अन्त्य गर्छाैं, अझ सुदृढ एकताका साथ अन्त्य ग¥यौं । त्यो त साथीहरूले देख्नुभएको नै छ ।


पार्टीमा सबै जना एकसे एक हुनुहुन्छ


अलिकति के छ भने ५०औं वर्ष राजनीति गरेका, खली खाएका नेताहरू छन् । एउटाले भनेको आदेश अर्काेले मान्ने तहका छैनन् । यहाँ सम्पादक र सहसम्पादकजस्तो पनि होइन, हामी सबै सम्पादकभन्दा माथिका छौं । त्यसो भएर एक खालको पर्सनालिटीको फिलिङ हुन्छ नि † मभन्दा अगाडि प्रधानमन्त्री भइसकेकाहरू छन् । मभन्दा अगाडि पार्टी प्रमुख भइसकेकाहरू छन्, अनि त मैले एकदम खुरुक्क यसो गर भनेर आदेश दिन त मिल्दैन । त्यसो भएर मैले विचार गरेर, मानभाउ पु‍¥याएर काम गर्नुपर्ने हुन्छ ।


पार्टी एकता बाइचान्स मौकाको भेट होइन


पार्टीमा यस्ता अलिअलि कम्प्लिकेसन त हुन्छन् । पार्टी भनेकै यस्तै हो । समस्या कहाँ छैन र ? तपार्इंहरू कल्पना गर्न सक्नुहुन्छ । एमाले कहाँ थियो, माओवादी कहाँ थियो ? वल्लो डाँडो र पल्लो डाँडोबाट तोप हानाहान गर्थे धुमधामसँग † अझ मैले त झन् साह्रो तोपका गोलाका गोला ठोक्ने गरेको नै हो † त्यस ठाउँबाट हामी यहाँसम्म एकतामा आइपुगेका छौं । यो बाइचान्स मौकाले भेट भएको जस्तो त होइन नि † यो त सचेत प्रयासबाट गरिएको एकता हो । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, ढुक्कले चलौं । अब म साथीहरूसँग कोअपरेशन र अलिक बढी कोअपरेट गर्न आग्रह गर्न चाहन्छु । र, भन्न चाहन्छु, तपाईंहरूको सहयोगको अपेक्षा गर्न चाहन्छु ।


बलिङ दिँदा अलिकति ब्याटिङ त हुन्छ नै


मेरो कतिपय कुरा मन पर्दैन भने गाली गरे हुन्छ । तर, यस्तो नहोस् कि देशको अहित हुने खालका र देश अन्योलमा पर्ने खालका कुराहरूचाहिँ नजाओस् र जनताको मनोवल टुट्ने खालको स्थिति नजाओस् । हामीलाई राष्ट्रिय एकता चाहिएको छ । शान्ति चाहिएको छ । शान्ति र एकताको बलमा हामी विकास गर्न सक्छौं । हामीलाई विकास चाहिएको छ, त्यसका निम्ति हामीलाई सुशासन चाहिएको छ । तपाईंहरूको आलोचनाप्र्रति हामी असहिष्णु भएको होइन, कहिले कहिले तपाईंहरूले गोदिरहँदा हो हो ठीकै गोदिराखेका छन् है साथीहरूले भन्नु पनि त हुँदैन नि † अलिअलि जवाफ त हामीले पनि दिनुपर्छ नि † तपाईंहरूले भनेजति सबै कुरा ठीक हुन्छ भन्ने हुँदैन । तपाईंहरूका सूचना गलत हुन सक्छन्, सीमित हुन सक्छन् । त्यसमा हामीले कहिले कहिले कमेन्ट गर्नुपर्ने पनि हुनसक्छ । यो त के भने तपाईंहरूले बलिङ गरेपछि ब्याटिङ त अलिकति गर्नु प¥यो नि † तपाईंहरूले बलिङ दिएको दियै गर्ने, अनि एक ब्याट ब्याटिङ दियो भने तपाईंहरू फेरि प्रेसचाहिँ शत्रु हो ? हामी शत्रु हौं भनेर रिसाउने ? त्यसो पनि गर्न भएन ।


हामी सबैको उद्देश्य एउटै हो, सुशासन होस् र विकास होस् । तपाईंहरूका सुझावहरू मैले गम्भीरताका साथ सुनेको छु । समस्याहरू नभएका होइनन् । समस्याहरूमा तपाईंहरूले भनेका कुरामा अहिले अलिक विस्तृतमा जान भ्याइँदैन । तपाईंहरूले भनेका कुरामा सत्यता नभएको होइन, सत्यता छ । समस्या छन् । तर, समस्यारहित ढंगले दुनियाँको कुन देश अगाडि बढेको छ ? बेलायत आज शान्त देखिन्छ । अनि त्यहाँको म्याडमटुसाध म्युजियम गएर हेर्नुभयो भने त्यहाँ मान्छे कसरी काटेको थियो ? के गरेको थियो भन्ने त्यो उनीहरूले आफ्नो हिस्ट्री देखाएका छन् । कसरी आएको थियो ? पढ्दाखेरि थाहा हुन्छ, त्यहाँको राजतन्त्र आज सम्मानित छ । टाउको काटेर बार्दलीबाट यसो कपालमा समाएर झुन्ड्याउँदै देखाएको देश पनि त्यही हो नि † राजतन्त्रको राज…† त्यसकारण हिस्ट्रीहरूमा उतारचढाव हुँदै आएका हुन्छन् । हाम्रोमा ट्रान्जिसनल फेज छ । सबै काम एकैचोटी गर्नुपर्ने भएको हुँनाले त्यसले गर्दा अलिकति समस्याहरू देखिएका पनि हुन् । मलाई लाग्छ यो देखिनु स्वाभाविक हो ।


तपाईंहरू पनि अलिअलि बढ्ता भएकै हो । बढ्ता हुनु स्वाभाविक हो, ’cause लडेर डेमोक्रेसी ल्याइएको छ, लडेर स्वतन्त्रता ल्याइएको छ † अघि राती नै निस्किएको भनेको होइन, खुसी भएर ? त्यसरी ल्याएको डेमोक्रेसी, त्यसरी ल्याएको फ्रिडम भएपछि त मान्छेले अलिकति इन्जोय त गरिहाल्छ । जेलबाट छुट्नेबित्तिकै म १४ वर्ष जेल बसेको मान्छे इन्जोय गर्न गोसाँइकुण्ड गएँ । फ्रिडमको इन्जोय गर्न त्यहाँ गएको, अरूथोक केही होइन । भर्खर जेलबाट छुटेको गोसाँइकुण्ड जाँदा झन्डै नमरेको † १४ वर्ष जेल बसेर कँुजिएको मान्छे गोसाँइकुण्डतिर लागेपछि झन्डै अमरसिंह थापाकोजस्तै हालत नभएको ? यो नयाँ डेमोक्रेसीमा पनि यस्ता केहीकेही कुराहरू हुन्छन् । यसलाई हामीले अन्डरस्ट्यान्ड गर्नुपर्छ र मचाहिँ त्यो कुरा अन्डरस्ट्यान्ड गर्छु ।
तपाईंहरूलाई मैले बोलेका कुराहरूले अलि बिझाएको भए त्यसमा क्षमाप्र्रार्थी छु, नबिझाओस् । कहिलेकहिले घरमा पनि यसो ठाकठुक, भनाभन चल्छ नि † अब हामी उतापट्टि जान्छौं भोजन पनि गर्छौं, एकछिन् सारङ्गीका धुनहरू पनि सुन्छौं । छोटो प्रस्तुति हुन्छ, सारङ्गीको धुन । धेरै लामो हँुदैन । यससँग अरू धेरै केही मिसिएको छैन । साथीहरूलाई धन्यवाद ।


(२१ माघमा प्रधानमन्त्री ओली र सम्पादकबीच भएको अन्तक्र्रियामा प्रधानमन्त्रीले व्यक्त गरेका विचार जस्ताको तस्तै)

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी