अमेरिकाले रसियालाई युद्धमा तान्योः पुटिन

मस्को । अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्न खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले अमेरिकाले रुसलाई युक्रेन युद्धमा तानिरहेको बताएका हुन् । कैयौं हप्तादेखिको जारी युक्रेन प्रकरण’bout पुटिनको पहिलो टिप्पणी आएको हो ।

मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानसँगको भेटपछि पुटिनले अमेरिकाको चासो युक्रेनको सुरक्षाप्रति नरहेको आरोप लगाए । अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउने बहानाको रूपमा अनावश्यक टकराव उत्पन्न गराउनु रहेको उनको दाबी छ ।

रुसमाथि थप प्रतिबन्ध लगाउनकै लागि अमेरिकाले युद्ध चाहेको उनको आरोप छ । अमेरिकाले रुसको विकासमा अवरोध गर्न चाहेको र यसका लागि युक्रेन एक माध्यम रहेको उनले जिकिर गरे ।

त्यस्तै अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाको ’boutमा रूसको चिन्तालाई बेवास्ता गरिरहेको समेत बताए । युक्रेनको सिमाना नजिक रुसी सेना तैनाथ भएसँगै रुस र अमेरिकासहित पश्चिमा देशबीच तनाव बढ्दै गइरहेको छ ।

क्राइमिया कब्जा गरेको र युक्रेनको पूर्वी क्षेत्रमा भएको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि रुसले त्यहाँ आक्रमणको योजना बनाएको अमेरिकालगायत पश्चिमी देशको आरोप छ । आफ्नो क्षेत्रमा सैनिक तैनाथ गर्न पाउने अधिकारको प्रयोग गरेको रुसले बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 659 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ