सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ९ चोरनियमा मोटरसाईकल दुर्घटनामा परी एक जना युवको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक चन्द्रनगर गाउँपालिका वडा नं. ४ हाल वडा नं. ६ बस्ने महेन्द्र साहको २३ वर्षीय छोरा सुनिल साह रहेका छन् ।
बिहिबार अपरान्ह २ बजे बरहथवा–९ चोरनियाबाट मुर्तियातर्फ जाँदै गरेको बिआर ३० एल ७६७३ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा सवार मृत्क साह तिब्र गतिमा मोटरसाइकल चलाएकोले चोरनिया पुलमा ठोक्किएर बागमती नदिबाट आउने नहरमा खसी गम्भीर घाइते भएका थिए । घाइते साहलाई उपचारको लागि एडभान्स संजिविनी हस्पिटल बरहथवामा लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
मृतक साह पोखरामा केहि वर्षदेखि कपडा बेच्ने काम गर्दै आएका थिए । मृतक साह होली पर्व मनाउन केही दिन पहिला सर्लाही आएका थिए । मृत्क साहको शव अहिले एडभान्स संजिविनी हस्पिटल बरहथवामा राखिएको र परिवारका आफन्त आईसकेपछि शव परिक्षणको लागि मलंगवा अस्पतालमा पठाइने ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।