नेपाल नेटवर्क टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा डिसी नियुक्त

काठमाडौँ। बिगत तिन दशक देखि मिडियामा सक्रिय नाम हो दिनेश डिसी। टेलिभिजन,रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व दिनेश डिसी ‘नेपाल नेटवर्क टेलिभिजन’ को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन्।

वसन्त पंचमीको शुभ दिन पारेर डिसीलाई डिएआर ग्रुपले संचालन गर्ने टेलिभिजनको सिइओमा नियुक्त गरेको हो। पछिल्लो समय कान्तिपुर टेलिभिजन तथा रेडियोको स्टेसन हेडको जिम्मेवारी सम्हालेका डिसी अब नेपाल नेटवर्क टेलिभिजनमा आवद्ध भएका छन्। कम्पनीका संरक्षक गोविन्दराम दाहाल र डिसी बिच औपचारिक हस्ताक्षर सम्पन्न भएको छ।

नेपाल नेटवर्क टेलिभिजनमा नियुक्त भए पछि आफ्नो तिन दशक लामो अनुभवलाई अब नयाँ प्रबिधि मार्फत अझै दर्शकहरु माझ पुर्याउने ठुलो चुनौती तथा अथाह अवसरको रुपमा लिएको डिसीले बताए।

आगामी नयाँ बर्षको सुरुवात संगै टेलिभिजनको प्रशारण सुरु हुने संचालक समिति सदस्य श्याम धितालले जानकारी दिए। शुभारम्भ संगै टेलिभिजनले रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस संगै अन्य कार्यक्रमहरुको प्रशारण हुने धितालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 759 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज