विद्यालयमै हवन गरेर विद्यार्थीको जन्मोत्सव

जनकपुरधाम । धनुषा जिल्लाका एक निजि विद्यालयले विद्यार्थीहरुको जन्म दिन मनाउने नयाँ परम्परा शुरु गरेको छ । जनकपुरधाम ४ स्थित न्यू भिजन आवासीय माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत छात्र छात्राको जन्मदिन हवन यज्ञ गरी मनाउन सुरु गरेको हो । महिना दिनमा जति छात्र छात्राको जन्म दिन पर्छ ती सबैलाई एक ठाउँमा बसाएर हवन यज्ञ गरिन्छ ।

हवन यज्ञ परम्परा हिन्दू धर्ममा शुद्धीकरणको एक कर्मकांड पद्धति मानिन्छ । कुण्डमा अग्निको माध्यमदेखी देवताको समीप हवि पुर्याउने प्रक्रियालाई यज्ञ भनिन्छ । हवि, हव्य अथवा हविष्य यो पदार्थ हो जसलाई अग्निमा आहुति दिने चलन छ । हवन कुण्डमा अग्नि प्रज्वलित गरे पश्चात यस पवित्र अग्निमा फल, मह, घ्यू, काष्ठ चामल, तिल, जौ इत्यादि पदार्थहरूको आहुति प्रमुख हुन्छ ।
यी सबै प्रकृया अपनाउने गरिएको विद्यालयका प्रिन्सिपल विश्वलाल सिंहले बताए ।

हवन यज्ञ शुरु गरिएपछि विद्यार्थीहरु उत्साहित देखिएका छन । केक काट्ने भन्दा हवन यज्ञमा विद्यार्थी बढी खुसी भएको विद्यालय सञ्चालकको भनाई छ ।

छात्रा अनुशा महतोलाई ‘यस्तो पनि जन्मदिन हुन्छ भनेर सुरुमा आश्चर्य लागेको थियो । तर, पहिलो पटक कार्यक्रममा सहभागि भएपछि राम्रो लागेको बताइन् । ‘पहिला पनि जन्मदिनमा हामी पूजा गथ्र्यो तर ती सबै घरमै हुन्थ्यो अहिले विद्यालयमा उत्सव जस्तै जन्मदिन बनेको छ ’ उनले भनिन् । घरमा हामी केक काटेर मनाउने गरेको सुनाउदै आरती सिंहले विद्यालयमा हवन यज्ञ गर्ने गरिएकोमा रमाइलो लागेको बताइन् । ‘हामी केकको विरोधी होइनौं तर सनातन संस्कारलाई छोड्नु हुँदैन हामीले विद्यार्थीलाई सिकाइरहेका छौं ।’ विद्यालयका प्रिन्सिपल सिंहले बताए ।

टाइबेल्ट लगाएर पश्चिमी संस्कृतिलाई बढावा दिइरहेको आरोप नीजि विद्यालय माथि लाग्दै आएको छ । यहि वेला सनातन परम्परा अपनाउने कार्यको जनकपुरधाममा प्रशंसा भइरहेको छ ।

भर्खरै मात्र वैज्ञानिकहरुले हवन गर्दा वातावरण स्वच्छ हुने पत्ता लगाएका छन् । साथै हवनबाट निस्किएको धुवाँ स्वास्थ्यका लागि फाइदाजनक भएको तथ्य पनि पत्ता लागको छ । हवनको माध्यामबाट बिरामीहरुलाई स्वस्थ बनाउन सजिलो हुने ऋग्वेदमा उल्लेख रहेको छ ।

हवनका लागि आँपको दाउरा, बेलको दाउरा,नीमको दाउरा,पलाँशको दाउरा,चन्दनको दाउरा,तिल, जौ र चामल, पीपलको प्रयोग गर्ने गरिन्छ । हामीले गरिने हवनले वातावरणमा रहेका अदृष्य ९४ प्रतिशत जीवाणुहरु नष्ट हुने गरेको तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

हवनका साथै हवन गर्दा पढिने वेदका मन्त्रहरुको कारणले शरिरमा सकारात्मक ध्वनीको प्रवाह हुने र त्यसबाट शरिरका लागि आवश्यक उर्जा आउने कुरा पनि वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा भागबण्डा मिलेन, गठबन्धन टुट्याे