टोले गुण्डालाई प्रक्राउ नगरेको भन्दै औषधी व्यवसायीद्धारा आन्दोलनको चेतावनी

जनकपुरधाम । टोले गुण्डाका रुपमा परिचित एकजना होटेल व्यवसायीले ओषधी व्यवसायीलाई कुटपिट गरेपछि आन्दोलनमा उत्रेका नेपाल औषधी व्यवसायी संघ धनुषाले चैत ९ गतेदेखि औषधी पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

नेपाल औषधी व्यवसायी संघ धनुषाका पूर्व महासचिव प्रमोद अग्रवाल ‘पप्पु’ लाई टोले गुण्डाका रुपमा रहेका रुफटप रेष्टुरेन्टका सञ्चालक धर्मेन्द्र कुमार साहले कुटपिट गरेका थिए । घटनामा हालसम्म शाहलाई कानूनी कार्वाहीको दायरमा नल्याइएको भन्दै औषधी व्यवसायीले पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

नेपाल औषधी व्यवसायी संघ धनुषाका महासचिव तेज नारायण चौधरीले फागुन २६ गते दिउँसोको समयमा आफ्ना संगठनका पदाधिकारी अग्रवाललाई कुटपिट गरेकोले सो घटनामा संलग्न साहलाई चैत ९ गतेसम्म कानूनी दायरामा नल्याए जिल्लाका सम्पूर्ण औषधी पसलहरु बन्द गरी आन्दोलन गर्न बाध्य हुने उल्लेख गरेका छन् ।

स्थानीय जनकपुर टेलिभिजनका संचालक समेत रहेका अग्रवालले शाह बिरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी समेत दर्ता गराइसकेका छन् । प्रहरीले साहको खोजी कार्य जारी रहेको जनाएको छ ।

शाहले यसअघि पनि जनकपुरधाम स्थित अक्षर विद्या मन्दिरका संचालक पंकज जालानलाई समेत कुटपिट गरेका थिए । साह जनकपुरधामका मेयर लालकिशोर साहको खास मान्छेका रुपमा चिनिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण