अपहरणमा संलग्न ८ पुरुष ५ महिला पक्राउ

जनकपुरधाम, २९ फागुन । अपहरणमा परेकी धनुषाकी एक १४ वर्षिया युवतीलाई प्रहरीले आज उद्दार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ चिसापानीकी १४ वर्षिया करिना मोक्तानलाई बुधवार बेलुकी अपरहण गरिएको थियो । अपहरणमा परेको खवर पाउना साथ धनुषा, सिरहा र उदयपुरवाट खटेको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीको अपरेशनले युवतीलाइ आज विहान उद्दार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न ८ पुरुष ५ महिला गरि अहिले सम्म १३ जनालाई पक्राउ गरिसकिएको समेत सशस्त्र प्रहरी वल प्रादेशिक गण बर्दिवासले जनाएको छ । युवती सोहि वडाको गैरी टोलवाट अपरहणमा परेको र विप्लव समुहले अपहरण गरेको शंकाको आधारमा तत्कालै धनुषाको सवै टोली परिचालन गर्दा कटारी एरियामा उनीहरु रहेको आशंकामा आज विहान सिरहाको मिर्चैया र उदयपुरको थप टोली परिचालन गर्दा कटारी वडा नं. १ खसीवास इलाकावाट युुवतीलाई उद्दार गरिएको र अपहरणकारी १३ जनालाई नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी वल र्मिचैयावाट प्रहरी नायब उपरिक्षक नेतृत्वको टोली सहितको सुरक्षाकर्मीहरुको टिम अहिले समेत त्यस क्षेत्रमा सर्च अपरेशन जारी राखेको र अपहरणकारीहरु खसिवासमै सुरक्षाकर्मीको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ । अपहरणकारीको साथवाट तीनथान पेस्तोल, तिनराउड गोली, १ थान कुकर बम र ८ थान सकेट बम समेत बरामद गरिएको छ । विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण