गहुँबालीमा पहेँलो सिन्दुरे रोग, किसान चिन्तित

बैतडी २९ फागुन ।  बैतडीका विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको छ । यस रोगका कारण गहुँबाली नष्ट हुँदा किसानहरु चिन्तित बनेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा पहेँलो सिन्दुरे रोग देखा परेको किसानहरुले बताएका छन् ।

दोगडाकेदार गाउँपालिकाको वडा नं २ को घमालीमा गहुँमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले बताए । करीब ६ हेक्टर जमीनमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको उनले बताए । गहुँबाली पहेँलो सिन्दुरे रोगले सखाप पारेको किसान बीरबहादुर कार्कीले जानकारी दिए । खेतमा लगाएको सबै गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको उनले बताए ।

यसपालि समयमै बर्षा र हिमपात भएका कारण गहुँबाली सप्रन्छ की भन्ने आश गरेका किसानहरुलाई यो रोगले हैरान बनाएको दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान मनोज भट्टले बताए ।

यस्तै पाटन नगरपालिका वडा नं ६ मा पनि गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको पाटन नगरपालिकाका कृषि शाखाका प्रमुख महेश अवस्थीले बताए । गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबाली नष्ट भईरहेको उनले बताए । ६ हेक्टर बढी जमीनमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको उनले बताए । रोग अवरोध जात नछरेका कारण गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको उनले बताए । ढुसीका कारण गहुँबालीमा यो रोग देखा पर्ने गरेको अवस्थीले बताए ।

गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेकाले यो बर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा