बालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

बुधबार बिहान ७ बजे ना ७ त ३८९९ नम्बरको ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो ।

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ