सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ’bout सहमति जुटाउन पाँचदलीय बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई उपस्थित छन् ।

एमसीसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा एमसीसी पेस गर्ने कार्यसूची नभए पनि गठबन्धन बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ।

प्रधानमन्त्री देउवा आजै एमसीसी संसदमा टेबुल गर्ने मनस्थितिमा छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले मानिरहेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 426 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते