लमजुङ । लोक तथा दोहोरी गीत प्रतिष्ठानको १९औं स्थापना दिवसमा बेंसीसहरमा विविध कार्यक्रम गरी मनाइएको छ । लमजुङको मानवसेवा आश्रममा आयोजित कार्यक्रममा खाद्यान्न वितरण, धूपीरोपण तथा कोरोनाका विरुद्धमा गीतमार्फत सचेतना फैलाउँदै मनाइएको हो ।
सो कार्यक्रम संविधानसभाका सदस्य जमीन्द्रमान घलेको प्रमुख आतिथ्यता तथा वरिष्ठ लोकदोहरी गायकगायिका राजु परियार र वीमाकुमारी दुराको विशेष आतिथ्यतामा गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि घलेले दीप प्रज्वलन, धूपीको विरुवा रोपणका साथ उदघाटन गरेका थिए ।
उनका साथै लोकदोहरी गायक गायिका राजु परियार र वीमाकुमारी दुराले आश्रमका संयोजक अनिता अधिकारीलाई संकलित खाद्यान्न वितरण गरे । खाद्यान्न सामग्री १० हजार बराबरको भएको प्रतिष्ठानका अध्यक्ष अनुज अधिकारीले बताए ।
प्रतिष्ठानका पूर्वकेन्द्रीय सदस्य राजु परियारले मानवता हराएको बेलामा मानवसेवा आश्रममा सहभागी भएर गृह जिल्लामा लोकदोहारी प्रतिष्ठानको स्थापना दिवस बनाउन पाउँदा विशेष खुसी लागेको बताए ।
उनले ‘हट्छ, हट्छ कोरोना, आत्तिनुपर्दैन कोरोना’bout केही भन्नै पर्दैन…’ बोलको गीत गाएर कोरोना’bout सचेतना फैलाउँदै मनोरञ्जन दिएका थिए । त्यस्तै, लमजुङ जाने दाइ…को लयमा पनि कोरोना’bout सचेतना फैलाउने गीत राजु परियार, वीमाकुमारी दुरासहितले गाएका थिए । सो अवसरमा प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य मञ्जु विक र राजु परियारले दोहोरी गाएर कार्यक्रमलाई थप संगीतमय तुल्याए ।






