फिल्म रिलिजका लागि जुर्मुराउँदै निर्माता

काठमाडौं । कोरोनाको महामारी मत्थर हुँदै गएपछि चलचित्र निर्माताहरु आफ्नो फिल्म रिलिजको चटारोमा जुटेका छन् । आगामी असार तथा साउनसम्म कुन चलचित्र कहिले रिलिज गर्ने भन्ने टुँगो लागिसकेको छ । यसै क्रममा आगामी भदौका लागि नयाँ नेपाली चलचित्रको प्रदर्शन मिति निर्माताहरुले धमाधम तोकेका छन् ।

यसै क्रममा आगामी भदौमा रिलिज गर्ने भनेर दुई चलचित्रले भदौको मिति मँगलबार सार्वजनिक गरेका छन् । सुवर्ण थापा निर्देशित सिनेमा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति २४ भदौलाई तय गरिएको मँगलबार घोषणा गरिएको छ । दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन भएको सिनेमामा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ ।

सिनेमामा दयाहाङ राई र निश्चल बस्नेतलाई पनि विशेष भूमिकामा देख्न पाइने सुवर्णले बताए । यो चलचित्र निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ ।

यस्तै सुरेन्द्र पौडेल निर्देशित चलचित्र बाबरी आगामी ३१ भदौबाट देशव्यापी रिलिज गरिने घोषणा मँगलबार गरिएको । धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको यो चलचित्रको महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । मँगलबार नै यो चलचित्रको फस्ट लुक्स पनि सार्वजनिक गरिएको छ ।

सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रलाई समेटिएको छ । यो सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । पुष्पा अधिकारी निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुष्मा गुरुङ छन् ।

क्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा सिनेमाको छायांकन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा