तरलता समस्या समाधान हुँदै

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ ।

फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो । बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको हो । गत साता निक्षेपमा राम्रै सुधार देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत फागुन १५ देखि २० गतेसम्ममा १२ अर्ब निक्षेप बढेको छ भने १२ अर्ब नै नेपाली मुद्रामा कर्जा लगानी भएको छ ।

१२ अर्ब निक्षेप संकलन १२ अर्ब नै कर्जा वितरण

यद्यपि, विदेशी मुद्राको निक्षेप र कर्जालाई आधार मान्ने हो भने जति कर्जा लगानी भएको छ त्योभन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन १३ गतेसम्म बैंकहरूमा कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप देखिएको छ । अर्थात् एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । सोभन्दा अघिल्लो सातामा जम्मा १ अर्ब मात्र निक्षेप थपेको थियो । फागुनको पहिलो सातामा पनि १ अर्ब मात्र निक्षेप थपेको थियो ।

गत साता कर्जा पनि ५ अर्बले बढेको छ । गत माघ महिनासम्म ४१ खर्ब ५९ अर्ब कर्जा रहेकोमा दोस्रो सातामा ६ अर्ब बढेर ४१ खर्ब ६५ अर्ब पुगेको थियो अहिले आएर बैंकहरूको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब पुगेको छ ।

गत साता नेपाली मुद्रामा मात्र १२ अर्ब निक्षेप संकलन भएको थियो । नेपाली मुद्रामा निक्षेप १२ अर्बले बढ्दा विदेशी मुद्रामा निक्षेप १ अर्बले घटेको छ । जसले गर्दा कुल निक्षेप ११ अर्बले बढेको हो । बैंकहरूसँग गत हप्ता नेपाली मुद्रामा ४२ खर्ब १९ अर्ब निक्षेपबाट ४२ खर्ब ३१ अर्ब पुगेको छ । विदेशी मुद्रामा भने ९४ अर्बबाट ९३ अर्बमा झरेको छ ।

जति निक्षेप थपियो त्यसको आधाभन्दा कम मात्रै कर्जा लगानी भएको छ । १३ फागुनसम्म बैंकहरूमा ४१ खर्ब ६५ अर्ब रुपैयाँ बैंकहरूको कर्जा लगानी भएको थियो । एक हप्ताको अवधिमा ५ अर्ब रुपैयाँ बढेर २० फागुनमा कर्जा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा विदेशी मुद्रामा कर्जा ७ अर्बले घटेको छ । गत हप्ता ६४ अर्ब विदेशी मुद्रामा कर्जा रहेकोमा यो हप्ता आएर ५७ अर्ब मात्र सीमित भएको छ ।

गत हप्ता नेपाली मुद्रामा १२ अर्ब कर्जा प्रवाह भएको छ । फागुन ५ सम्ममा नेपाली मुद्रामा ४० खर्ब ८६ अर्ब कर्जा रहेकोमा फागुन १३ सम्ममा ४१ खर्ब १ अर्ब नेपाली मुद्रामा कर्जा पुगेको थियो । फागुन २० सम्ममा आइपुग्दा ४१ खर्ब १३ अर्ब कर्जा नेपाली मुद्रामा पुगेको छ । विदेशी मुद्रामा कर्जा भने निरन्तर रूपमा घट्दो क्रममा रहेको छ । फागुन ५ सम्ममा ७३ अर्ब विदेशी मुद्रामा कर्जा रहेकोमा ६४ अर्ब फागुन १३ सम्ममा ६४ अर्बमा झरेको छ भने फागुन २० सम्म आइपुग्दा ५७ अर्बमा सीमित भएको छ ।

गत असारसम्ममा विदेशी मुद्रामा १ खर्ब २२ अर्ब निक्षेप र १ खर्ब ५४ अर्ब कर्जा रहेको थियो । हाल आएर विदेशी मुद्रामा निक्षेप ९३ अर्ब र कर्जा ५७ अर्बमा सीमित भएको छ । गत साता वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.७६ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 413 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी