विद्यालयमा अध्ययनरत सवै बालबालिकालाई पोशाक

सप्तरी, राजविराज । बालबालिकालाई विद्यालय सम्म पहुच पुर्याउन, नियमित विद्यालय आउन प्रोत्साहन गर्न तथा शिक्षा तर्फ आर्कषित गराउने उद्देश्यले जिल्लाकै पुरानो मध्येका एक सप्तरी सदरमुकाम राजविराज स्थित रमेश नारायण दास आर्दश प्राथमिक विद्या मन्दिरका छात्र छात्राहरुलाई पोशाक वितरण गरिएको छ ।

नेपाल सरकारबाट प्राप्त दलित तथा छात्रा छात्रवृति वापत प्राप्त भएको रकममा विद्यालयले रकम थपेर विद्यालयमा अध्यनरत सवै ८५ जना बालबालिकालाई पोशाक वितरण गरेका हुन ।

‘सरकारबाट छात्रवृति वापत प्रति विद्यार्थीका लागि प्राप्त भएको चारसय रुपैयामा पाँच सय रुपैया थप गरी अध्ययनरत सवै ८५ जना विद्यार्थीलाई स्कुल पोशाक खरिद गरेका हौ,’ प्रधानाध्यापक विभा झाले भनिन्, ‘यसले बालबालिकामा पढने बानी र नियमित रुपमा विद्यालय आउन प्रोत्साहन गर्ने विश्वास लिएका छौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजु जोशीले विद्यार्थीहरुका लागि नेपाल सरकारबाट प्राप्त भएको रकममा विद्यालय परिवारले थप सहयोग जुटाई सवैलाई पोशाक उपलब्ध गराउने निर्णय बमोजिम यस्तो कार्यक्रम गरिएको सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालय सम्म पहुच पुर्याउन र शिक्षा तर्फ आर्कषित गराउन ठुलो मद्दत पुर्याउने बताए ।

शिक्षा बिना विकासको परिकल्पना गर्न नसकिने बताएका उनले आगामी महिना देखि प्रदेश २ का सवै सामुदायिक विद्यालयमा अध्यनरत अति विपन्न गरिब विद्यार्थीको पढाईमा सहयोग पुर्याउने उद्देश्यले मासिक ५÷५ सयका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गराएको जानकारी पनि दिए ।

प्रदेश सभा सदस्य मनिष सुमनले विद्यालयको शिक्षामा सुधार भएमात्र देशमा समृद्घि हासिल हुने भन्दै मधेशको शिक्षालाई आधुनिक प्रविधि मैत्री बनाई अगाडी बढनुपर्नेमा जोड दिए । उनले सदरमुकाम राजविराजको मुटुमा रहेको यस पुरानो विद्यालयमा बढी भन्दा बढी विद्यार्थीको आकर्षण पैदा गर्नु जरुरी रहेको बताए ।

उनले स्तरिय पठन पाठन तथा विपन्न बालकालिकालाई विशेष सुविधा दिएर पनि विद्यालय भर्ना गर्नु जरुरी रहेको औल्याए । कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, उद्योग बाणिज्य संघका कोषाध्यक्ष प्रमोद कावरा, वडाध्यक्ष मांगीलाल नाई लगायतले पनि बालबालिकालाई पोशाक हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी