हात्तीपाइले: एक संक्रमित रोग

हात्तीपाइले एक परजीवीजन्य संक्रामक रोग हो जुन धागो जस्तो किटाणुका कारण हुन्छ । यसलाई एउटा उपेक्षित उष्णकटिबन्धीय रोग मानिन्छ । यो रोग विश्वभरीका उष्णकटिबन्धीय तथा उपोष्णकटिबन्धीय देशमा एउटा गम्भीर समस्या मानिन्छ । जसमा नेपाल पनि सामेल पर्छ । विश्वमा लगभग १ दशमलव ३ अरब मनिसलाई यस रोगको संक्रमणको जोखिम छ र लगभग १२ करोड मनिस वर्तमानमा संक्रमित भइसकेका छन् जसमध्ये ४ करोड मानिस यस रोगका कारणबाट कुनै विकृतिको सिकार भइसकेका छन् या अक्षम भइसकेका छन् । यो रोग २ दशमलव ५ करोडभन्दा बढी पुरुषको जननांगको विकार तथा १ दशमलव ५ करोडभन्दा बढी मानिसलाई सुन्निएर प्रभावित गरिसकेको छ । हात्तीपाइले रोगको सबैभन्दा सामान्य लक्षण हो जसमा छाला तथा यसको तलको तन्तु मोटो हुने गर्दछ ।

फाइलेरिया फाइलेरियोडिडिया कुलको नेमाटोड (गोलो जुका)को संक्रमणले हुन्छ । तीन प्रकारका कमीले यस रोगलाई जन्म दिन्छ । यी हुन् ः बुचेरेरिया बैंक्राफटाई, दबल बुचेरेरिया, बी मलाइ र बुचेरेरिया टिमोरिइ बुचेरेरिया बैंक्राफटाई । यस रोगको सबैभन्दा सामान्य कारण मानिन्छ जुन पुरै विश्वमा पाइन्छ । बु्रजिया मलाइ दक्षिण पश्चिम भारत, चीन, इन्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, फिलिपिन्स र भियतनाममा पाइन्छ जबकी बु्रजिया टिमोराई इन्डोनेसियामा मात्र सीमित छ । बुचेरिया बैंक्रपटछाइको नर कृमि ४० मिलिलिटर लामो हुन्छ जबकी पोथीको लम्बाई लगभग ५०–१०० मिलिमिटर हुन्छ ।

नेपालमा ७७ जिल्लामध्ये ६१ जिल्लामा यो रोग नियमित देखिने गर्दछ र मुलुकको २८ लाख जनसंख्यामध्ये २५ लाख यस रोगको जोखिममा छन् नेपालले यस रोगलाई २०२० सम्ममा उन्मुलन गरिसक्ने उद्देश्य लिएको थियो । नियमित रोग देखिने जिल्लामा २०१८ सम्ममा प्रति १०० मा १ प्रतिशतभन्दा कम रोगको अवस्थिति राख्ने लक्ष्य राखेको थियो । नेपालमा बुचेरेरिया बोन्क्रोफाइले मात्र यो रोग गराउने गरेको अभिलेख छ । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सप्तरी, रौतहट, काभ्रे, काठमाडौं, ललितपुर, बाँके, कैलाली, कन्चनपुर, भक्तपुर, कपिलवस्तु, मकवानपुर, चितवन, रुपन्देही, दाङ, नवलपरासी, धादिङ, नुवाकोट, सुर्खेत, डोटी, डडेलधुरा, बर्दिया, पाल्पा, कास्की, स्याङजा, गोरखा, तनहुँ, पर्सा, धनकुटा यस रोगबाट प्रभावित छन् ।

शरीरलाई विकृति गराउने यस्तो रोगको रोकथाम एवं नियन्त्रणका लागि सबै सम्भव तरिका अपनाउनु अपरिहार्य हुनेछ

हात्तीपाइले रोग लामखुट्टेबाट फैलिन्छ जसले परजीवीहरूको लागि रोगबाहकको काम गर्दछ । यस परजीवीका लागि मुख्य पोषक मानिन्छ जबकी लामखुट्टे यसबाहेक तथा मध्यस्त पोषक मानिन्छ । कृमी प्रभावित क्षेत्रबाट मानिसहरू रोजगारी खोज्न बाहिर जानु, अव्यवस्थित औद्योगीकरण, अज्ञानता, आलासीय सुविधाको कमी र स्वच्छताको अपर्याप्त स्थितिले गर्दा यो संक्रमण फैलिन्छ । संक्रमणपछि कृमीको लार्भा संक्रमित व्यक्तिको रक्तधारामा बगिरहन्छ जबकी वयस्क कृमी मानव लसीका तन्त्रमा आफ्नो ठाउँ बनाउँछ एउटा वयस्क कृमीको आयु सात वर्षसम्म हुन सक्छ ।

यस तथ्यलाई अहिलेसम्म सटिक आँकलन गर्न सकिएको छैन कि संक्रमणपछि हात्तीपाइलेको लक्षण प्रकट हुन कति समय लाग्छ । यद्यपि लामखुट्टेले टोकेको १६–१८ महिनापश्चात् रोगको लक्षण प्रकट हुन्छ । हात्तीपाइलेको ज्यादा लक्षण तथा संकेत वयस्क कृमीको लसिका तन्त्रमा प्रवेश गर्नाका कारण उत्पन्न हुन्छ । कृमीद्वारा तन्तुहरूलाई नोक्सान पु¥याउनाले लसीका द्रवको बहाव सञ्चार बाधित हुन्छ जसले गर्दा सुन्निने घाउ तथा संक्रमण उत्पन्न हुन्छ । खुट्टा तथा पेट सबैभन्दा बढी प्रभावित हुने अंग मानिन्छ । हात्तीपाइलेको संक्रमणमा सामान्य शारीरिक कमजोरी, टाउको दुख्ने वाकवाक लाग्ने, हल्का ज्वरो र छिनछिनमा चिलाउने हुन्छ ।

हात्तीपाइले रोगले कहिलेकाहीं ज्यान लिने गर्दछ यद्यपि, यसबाट पटक पटक संक्रमण, ज्वरो लासीका तन्त्रमा गम्भीर सुजन र फोक्सो रोग ट्रापिकल पल्मोनरी इओसिनोफिलियाको लक्षणमा खोकी, सास फेर्नमा समस्या हुने, सास लिँदा घरघराहटको आवाज आउने गर्दछ । लगभग ५ प्रतिशत बिरामीमा खुट्टाहरू सुन्निने गर्दछ जसलाई फिलपांव अथवा हात्तीपाइले भनिन्छ । हात्तीपाइलेबाट गम्भीर विकृति हिंडडुल गर्न असहज र लामो अवधिको विकलांगता हुनसक्छ । फाइलेरियाका कारण हाइड्रोसिल पनि हुन सक्छ । बिरामीको अण्डकोष सुन्निने गर्दछ जसलाई फाइलेरियल स्क्रोटम भनिन्छ । केही बिरामीको रङ दुध जस्तो हुने गर्दछ महिलामा वक्षस्थल या बहिरी जनांग पनि प्रभावित हुने गर्दछ । केही रोगीमा पेरिकार्डियल स्पेस (मुटु र त्यसको झिल्लिदार आवरणबीचको भाग)मा पनि पानी जम्मा हुने गर्दछ ।

फाइलेरिया परजीवीको माइकोफाइलेरी रगतमा सूक्ष्मदर्शक यन्त्रद्वारा हेर्न सकिन्छ माइकोफाइलेरी मध्य रात्रीको समयमा लिइएको रगतको नमुनामा देख्न सकिन्छ किनकी संसारको अधिकांश भागमा यी परजीवीमा निशाचरी आवधिकता देखिन्छ जसले गर्दा रगतमा यिनको उपस्थिति मध्यरात्रिको आसपासको केही घण्टामा मात्र सीमित हुन्छ । यो पनि देखिएको छ कि रतगमा यस परजीवीको उपस्थिति रोगीको सुत्ने बानीमा पनि निर्भर गर्दछ । फाइलेरियाको पहिचानमा सिरमसम्बन्धी प्रविधि माइक्रोस्कोपिक पहिचानको विकल्प मानिन्छ । सक्रिय संक्रमण रोगीको रगतमा फाइलेरियारोधि आईजी जी–४ को स्तर बढेको हुन्छ जसलाई सामान्य तरिकाले पत्ता लगाउन सकिन्छ ।

फाइलेरियाको उपस्थिति तथा फैङु गम्भीर चिन्ताको विषय मानिन्छ जसमा ध्यान दिनुपर्ने आवश्यकता छ तर यो रोग ज्यान लिने खालको नहुँदा यसमा ज्यादा ध्यान दिइएको पाइँदैन । यदि, फइलेरियाको उपचार सुरुको बेला गरिएन भने यसबाट गम्भी विकलांगता उत्पन्न हुन सक्छ । पछिल्लो अवस्थामा प्रभावित अंगलाई काटेर अलग गर्नु एक मात्र उपचार रहेको छ । लामो समयसम्म प्रभावित हुने र पटक पटक संक्रमणले लसिका तन्त्र नराम्रोसँग क्षतिग्रस्त हुन सक्दछ । खुट्टामो गम्भीर जटिलता उत्पन्न हुन सक्छ । हात्तीपाइले रोग खासगरी नांगो खुट्टा हिंड्नेलाई हुन्छ । यसैले चप्पल या जुत्ता लगाउनाले संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ । फाइलेरिया संक्रमणलाई नियन्त्रित गर्नका लागि डाइएथाइल कार्बामैजिन साइटेट सबैभन्दा प्रचलित औषधी मानिन्छ । यस औषधीले फाइलेरियाका कृमीलाई अशक्त गरिदिन्छ । त्यसपछि शरीरका सेतो रक्त कोसिकाले यिनलाई नष्ट गरिदिन्छ ।

फाइलेरिया ग्रस्त इलाकामा डाइएथाइल कार्बामेजिन साइट्रेट युक्त नुनको दैनिक उपयोग गर्नाले नयाँ संक्रमणबाट बच्न सकिन्छ । यो औषधीबाहेक एलवेन्डाजोल र आइवरमेकटिन दुई अन्य फाइलेरिया विरोधी औषधीहरू उपयोग गर्नाले यस रोगबाट बच्न सकिन्छ । यो रोग लामखुट्टेको टोकाइबाट फैलिने हुुँदा लामखुट्टे नियन्त्रणले संक्रमणको सम्भावनालाई खत्तम गर्ने छ । फाइलेरिया प्रभावित क्षेत्रमा घरभित्र र बाहिर किटनाशकको प्रयोगले जनसमुदाय सुरक्षित रहन सक्छन् । जलीय झारपात पिस्टियालेन्सी योलाटाले लामखुट्टेको प्रजननलाई बढावा दिन्छ । यसैले वर्षातका बेला यस बनस्पतिको प्रजातिलाई भौतिक रसायनिक तथा जैविक तरिकाले नष्ट गरिनुपर्छ ।

फाइलेरियाग्रस्त इलाकामा डाइएथाइल कार्बामेजिन साइट्रेटयुक्त नुनको दैनिक उपयोग गरेमा यसले नयाँ संक्रमणबाट बचाउँछ

जैवित नियन्त्रक जस्तो कि माछा, कीरा फट्यांग्रा र ढुसीलाई प्रयोग गरी लामखुट्टेको संख्यालाई नियन्त्रण गर्न सकिन्छ । दुनियाभरीमा लामखुट्टे नियन्त्रणका लागि दुई लार्भाभक्षी माछा गैबुसिया एफिनिस एवं पोइसिलिया रेटिकुलाटरको प्रयोग गर्ने गरिन्छ । बैसिलस स्फेरिकस र बैसिलस थुरिनजियेन्सिस जस्ता जीवाणुका जैव लार्भानाशक रसायनिकको प्रयोगबाट पनि लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । सिलोमोमाइसिस लैजेडिएम तथा मैटाराइजियम जस्ता ढुसीहरू तथा रोमोनोमर्मिस कुलिसिवोरेकस तथा रोमानोमर्मिस आयंगराईको प्रयोगले लामुखट्टेको प्रजनन रोक्न सकिन्छ । पानीमा पौडने धेरै खाले कीरा फट्यांग्रा जस्तै जलबिच्छु, वाटरबोट, वाटर वग आदि लामखुट्टेको प्राकृतिक शत्रु मानिन्छन् ।

जसको प्रयोग लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । यस्तो पाइएको छ कि पानीमा उम्रिने फर्न एजोला पिन्नेटा धानको खेतमा लामखुट्टेमाथि नियन्त्रण पाउन सफल प्रभावकारी रहेको पाइएको छ । किनकी यसले पानीको सतह माथि एउटा मोटो तह बनाउँछ जसले गर्दा लामखुट्टेले पानीमा फुल पार्न सक्दैन । यसैले एजोला पिन्नेटाको प्रयोग पनि लामखुट्टे रोकथामका लागि गरिने उपाय हो । लामखुट्टेबाट बच्न मच्छरदानी तथा लामखुट्टे विरोधी क्रिमलाई दैनिक प्रयोग गर्नुपर्छ ।

अतः यो निष्कर्षमा पुग्न सकिन्छ कि फाइलेरिया, हात्तीपाइले उष्णकटिबन्धीय तथा उपोष्णबन्धीय देशमा लामखुट्टेबाट फैलिने एउटा रोग हो जुन ज्यान लिइहाल्ने खालको त हुँदैन तर यसको परिणाम शारीरिक विकृति, गतिशीलतामा कमी तथा लामो अवधिको विकलांगताका सिर्जना गरिदिन सक्छ । यसैले यो आवश्यक छ कि शरीरलाई विकृत गराउने यस्तो रोगको रोकथाम एवं नियन्त्रणका लागि सबै सम्भव तरिकाहरू अपनाउनु अपरिहार्य हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी