साताको पहिलो दिनकाे कारोबार सेयर बजार १०१ अंकले वृद्धि

काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो ।

आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो ।

आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन् । आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन् ।

तपाइको प्रतिक्रिया
(Visited 585 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?