बैतडीमा नेपाल–भारत आवतजावतमा ४ घाट बन्द

बैतडी ३० फागुन। नेपाल–भारत आवतजावत गरिने बैतडीका ४ वटा घाटहरु बन्द गरिएका छन् । महाकाली नदीमा डुंगा र टयूब बाट तरेर पारि जानुपर्ने तत्लोस्वराड क्षेत्रका घाटहरु बन्द गरिएका हुन् । शिवनाथ गाँउपालिकाको सुल्लेखानमा बिहीबार बसेको शिवनाथ गाँउपालिका, पंञ्चेश्वर गाउपालिका, जिल्ला समन्वय समिती, स्वास्थ्य कार्यालयका पदाधिकारीहरुको बैठकले पंञ्चेश्वर र शिवनाथ गाँउपालिकाका घाटहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यसै निर्णय अनुसार घाटहरु बन्द गरिएको हो ।

पंञ्चेश्वर–१ मा रहेको धरमघाट, २ मा रहेको ढोयाघाट, ५ मा रहेको बलाराघाट र शिवनाथ–१ मा रहेको कुस्मौतघाट बन्द गरिएको शिवनाथ गाँउपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । जनशक्तीको अभावले सबै घाटमा हेल्थडेस्क राख्न सम्भव नदेखिएपछि उक्त घाटहरु बन्द गर्ने निर्णय गरिएको उनले बताए । सीमा जोडीएको भारतमा पनि कोरोनाको संक्रमण फैलीसकेकोले नेपालमा नफैलिओस् भनेर केहि घाटहरु बन्द गरिएको र बाँकी रहेका घाटहरुमा डेस्क राख्ने तयारी गरिएको छ ।

पंञ्चेश्वरका घाटहरु बन्द गरिएको गाँउपालिकाकी उपाध्यक्ष विना भट्टले बताइन् । दैनीक सयौं मान्छेहरु खुलेआम वारपार गर्ने भएकोले कोरोनाबाट बच्चको लागि पहल थालिएको उनले बताइन् । बाकि खुल्ला रहेका शिवनाथ–२ को नागार्जुनघाट, पंञ्चेश्वर–१ को रोलघाट, २ को डिम्बरघाट र ४ को विनायकघाटमा सहायता कक्ष राख्ने तयारी भइरहेको उनले बताइन् ।

स्वास्थ्य कार्यालयले चेकजाचको लागि सामाग्रीको व्यवस्था गर्ने पालिकाले स्वास्थ्यकर्मी खटाउने काम गर्ने जिम्मा लिएको उनले बताइन् । १÷२ दिनमै सामाग्रीहरु पुग्ने र पुग्नासाथ डेस्कबाट चेकजाच सुरु गर्ने तयारी भएको उनले बताइन् । वारीपारी गर्ने सबैको चेकजाच हुने बताइएको छ ।

घाट बन्दको लागि त्यहा डुंगा संञ्चालकहरु संग सहमती भएको छ । भारतमा कोरोनाको संक्रमण फैलिसकेकाले सम्भावित जोखिमबाट बच्नका लागि सीमा क्षेत्रमा सतर्कता अपनाउन केहिमा हेल्थ डेस्क स्थापना गरि केहि घाटहरु बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

बैतडीको मुख्य सीमानाका जुलाघाटमा भने नियमित रुपमा हेल्थ डेस्कमार्फत नेपाल फर्किन नागरिकको स्वास्थ्य परीक्षण भइरहेको छ । घाट बन्द र हेल्थ डेक्स कोरोनाको जोखीम नघटे सम्मको लागि गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता