प्रधानमन्त्री देउवासँग दाहाल र नेपालको भेटवार्ता

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुनिश्चित रहेकोले ढुक्क हुन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकमा प्रधानमन्त्रीले निर्वाचन’bout ढुक्क रहन आग्रह गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवासँग माओवादी अध्यक्ष प्रचण्डले आगामी निर्वाचनका विषयमा भइरहेको हल्ला’bout जिज्ञासा राखेपछि प्रधानमन्न्रीले आश्वस्त पारेको प्रचण्डले बताए । जवाफमा प्रधानमन्त्री देउवाले यस्ता खालका हल्ला चलिरहे पनि निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 524 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण