बेलका नगरपालिका पर्यटकिय क्षेत्रकोे विकासमा लागे

उदयपुर, ३० फागुन । उदयपुरको कान्छो बेलका नगपालिकाले नगर क्षेत्र भित्रको पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि तिब्रता दिएको छ । नगरपालिकाले नगर क्षेत्र भित्र रहको पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि बजेट नै विनियोजन गरेर तिब्रता दिएको हो ।

पर्यटन वर्ष सन् २०२० लाई थप टेवा पु¥याउने लक्ष्यका साथ ‘पर्यटन’ शिर्षकमा नगरले करिब ७० लाख बजेट विनियोजन गरेर पर्यटकिय क्षेत्रको विकासको काममा तिब्रता दिएको पालिकाले जनाएको छ । पर्यटनका लागि छुट्याएको बजेटले नगरको पर्यटकिय क्षेत्रको पहिचान तथा संरक्षणमा काम भई रहेको छ । प्राय धेरै पर्यटकिय स्थललाई छुने भएकाले कोशी करिडोरलाई पालिकाले विशेष प्राथमिकतामा राखेको छ ।

पालिकामा रहेको करिब १८–२० वटा सम्पदाहरुको पहिचान गरी विस्तृत परियोजना (डिपिआर) तयार गरी डिपिआर अनुसार काम गर्ने नगर पर्यटन बोर्ड बेलकाका उपाध्यक्ष रमण भट्टराईले बताए । मैनाराजा मैनारानी मन्दिर, टङ्केला गुफा, सिता भिर, कोहलुङ झर्ना, अहम्काली देवी, चतरा–सिम्ले जेट बोट, बेलाका राजा रानी दरबार क्षेत्र, प्याराग्लाईडिङ्, सुगाँचरी भिर, भुतिया दह, अर्ना पार्क, वन्य जन्तु संरक्षण केन्द्र लगायतका पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रबद्र्धनमा पालिकाले तिब्रता दिएको नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।

सप्तकोशी करिडोरले मैनाराजा मैनारानीको मन्दिरदेखि कोहलुङ झर्ना, बोप्ताङ्को प्याराग्लाईडिङ र कोशी टप्पुको वन्यजन्तु संरक्षण केन्द्र समेतलाई सिधा जोड्ने भएकाले सो मार्गलाई पालिकाले विशेष प्राथमिकतामा राखेको नगर प्रमुख थापाले बताए । चतरा–सिम्ले जेट बोटले मैनाराजा मैनारानी मन्दिरसम्म पुग्नको लागि सहज वातावरण सिर्जना गरेको उनले बताए ।

सुँगाचरी भिरलाई लोपउन्मुख पन्छि गिद्ध संरक्षण क्षेत्रको रुपमा विकास गरिएको नगर प्रमुख थापाले भने । नेपालमा मात्रै नभई विश्वमै लोपउन्मुख पन्छिको रुपमा रहेको गिद्धको संरक्षण क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य छ । त्यस्तै कोशी टप्पुमा बन्यजन्तु संरक्षण केन्द्रको निर्माण कार्य अघि बढि सकेको छ । जुन चिडियाखाना जस्तै हुन्छ, त्यसमा लोपउन्मुख वन्य जन्तुहरुको संरक्षण गर्ने योजना रहेको उनले बताए ।

बेलका राजारानी दरबार क्षेत्र ठूलो ऐरियामा रहेको भएपनि त्यसको विशेष खोज अनुसन्धान जारी रहेको बताए । कुन वंशका दरबार थिए ? कुन बंशले राज्य संचालन गरेको थियो ? कति पुस्ता राज्य संचालन गरेको थियो ? लगायतका तथ्य प्रमाण फेला नपरेकाले अनुसन्धानकै क्रममा रहेको उनले बताए । दरबार क्षेत्रबाट धेरै पहिलादेखि नै सुन, चाँदी, माला लगायतका धेरै धातु र वस्तुहरु फेला पर्दै आएको स्थानीबासीहरुले बताएका छन् ।

तर कुन वंशले राज्य गरेको कुनै यथेस्ट प्रमाण भने पाउन सकेको छैन । यथेष्ट प्रमाण प्राप्त भएपछि जुन वंशको हो र कस्तो प्रकारको थियो त्यहि अनुरुपको संरचना निर्माण हुने छ । कुन वंशको हो र कस्तो प्रकारको दरबार थियो भन्ने कुरा प्रमाण फेला परेपछि त्यस बेलाको झलक दिने संरचना निर्माण हुने उनले बताए । बोप्ताङ डाँडाबाट उडाईने प्याराग्लाईडिङ पछिल्लो समयमा आएर धेरैको चासोको विषय बन्दै गएको छ ।

नेपाली सेनाले बेलकामा प्याराग्लाईडिङ तालिमको प्रशिक्षण गराउँने गरेको छ । पालिकालाई पर्यटक भित्याउने एउटा गतिलो पर्यटकिय क्षेत्रको रुपमा प्याराग्लाईडिङ रहेको नगर प्रमुख थापाको भनाई रहेको छ । बोप्ताङ् डाँडाबाट उडेको प्यारासुट समथर कोशी टप्पुमा अवतरण गर्ने गरेको उनले बताए । प्याराग्लाईडिङ प्रशिक्षण केन्द्रको रुपमा नेपाली सेनाले संचालन भएको प्याराग्लाईडिङलाई पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गएको छ ।

प्याराग्लाईडिङ्को लागि हावाको चापदेखि भुगोल समेत अति उपयुक्त भएकाले यसलाई व्यावसायीक रुपमा विकास गर्दै लैजाने उनले बताए । अहिलेको अवस्थामा पालिका भित्र रहेका पर्यटकिय स्थलहरुसम्म पुग्नका लागि कुनै कठिनाई नहुने बेलका गणेश बस्नेतले बताए । प्रत्येक वडा र पर्यटकिय स्थलसम्म सडकको पहुच पु¥याएकाले हिजोका दिनमा ४–५ घण्टाको बाटो पैदल हिड्नु पर्ने अवस्था हटेको उनले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 1,255 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण