मापदण्ड विपरित सल्लाको खोटो संकलन हुँदा सल्लाको वन संकटमा

उदयपुर, ३० फागुन ।  उदयपुरको महाभारत क्षेत्रमा पाउने सल्लाको जंगल मासिदै गएको छ । सल्लाको मापदण्ड विपरित खोटो संकलन गरिदा जंगल मासिएको हो । जथाभाबी रुपमा खोटो निकाल्ने कम्पनीले गर्दा सल्लाको वन क्षेत्र संकटमा परेका हुन ।

वन विभागले मापदण्ड पुरा नगरिकन जथाभाबी खोटो संकलन गर्न अनुमति दिदा समस्या आएका हुन । खोटो संकलनका लागि वन बिभागले सो झै अनुमति दिने र कम्पनीले सिधै लिने गरेकाले पनि समस्या आएको हो ।
जिल्लाको सामुदायिक तथा राष्टिय वन क्षेत्रमा यसरी खोटो संकलन हुने भएको भएता पनि वन बिभाग र डिभिजन वन कार्यालय बिच समन्वय भने छैन । वन बिभागले संकलन अनुमति दिने र डिभिजन वन कार्यालयले अनुगमन गर्नु पर्ने हो । तर ती दुवै निकायको एक आपसमा तालमेल देखिदैन । खोटो संकलन दक्ष कामदारबाट मात्र गर्नु पर्नेमा यहाँ भने हचुवाको भरमा दक्षता बिनाका कामदारले खोटो झिक्ने गरेकाले सल्लाको रुख मर्ने गरेको छ । जथाभाबी खोटो झिक्दा सल्ला सुक्दै गएको साबिक ताप्ली गाँउपालिका– ३ का स्थानीयबासी रंगमान तामाडले बताए ।

मापदण्ड विपरित खोटो संकलन गरेको वन जंगल वर्षेनी सुक्दै जानाले पनि सल्लाको वन मासिदै गएको हो । उदयपुरको महाभारत क्षेत्रमा पर्ने राष्टिय तथा सामुदायिक वनबाट खोटो संकलन गर्ने अनुमति दिब्य रोजिन एण्ड टारपिनटायलले वन बिभागसंग सम्झौता गरेको छ । साबिकको लाफागाँउ, पोखरी, भुट्टार, नामेटार, इनामे, लेखगाँउ, ठानागाँउ लगायतको गाविसबाट खोटो संकलन गर्दै आएको छ । वन बिभागबाट अनुमति लिए आउने र जिल्लास्थित वन कार्यालयको वेवास्थाका कारण पनि सल्लाको वन मासिदै गएको स्थानीयबासीको भनाई रहेको छ ।

नियम अनुसार एउटा रुखमा एक ठाँउमा मात्रै खोटो निकाल्नु पर्छ, तर यहाँ त ३–४ ठाँउमा खोपिएको छ । खोटो निकाल्न कम्तीमा ३० सेन्टिमिटर ब्यास भएको रुखमा १ दशमलब ३० सेन्टिमिटर उचाईबाट मात्र झिक्न सकिने खोटो संकलन निर्देशीकामा उल्लेख गरिएको छ । यहाँ त निर्देशिका बिपरित एउटै बोटमा दुई तिन ठाँउबाट खोटो झिकिएको छ । खोटो झिक्न नाइटिक एसिड र पानी मिलाएर स्प्रे गरिन्छ । जथाभाबी स्प्रे गरिदा रुख मर्ने वनका अधिकारीको भनाई रहेको छ ।

खोटो संकलन गर्ने दक्ष जनशक्ति छैनन् लाफागाँऊका कैलास बस्नेतले भने । जथाभाबी खोटो संकलनको अनुमति दिदा सामुदायिक तथा राष्टिय वनका सल्लाको रुख सुकेको रौतामाई गाँउपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्काले बताए । ब्यवसायहरुले मापदण्ड मिचेर जथाभाबी खोटो संकलन गर्दा रुख सुकेको उनको भनाई रहेको छ ।

खोटो संकलन निर्देशिका बिपरित गएर काम गरेकाले पहाडमा रहेको सल्लाको वन मासिदै गएका हुन । यसमा सबैले बेलैमा ध्यान दिन नसके महाभारत क्षेत्रको सल्ला पाईने वन जंगल उजाड हुने खतरा रहेको स्थानीयबासीको भनाई रहेको छ । महाभारत क्षेत्रको सल्लाको वनबाट खोटो संकलन अनुमति पाएका दिब्य रोजिन, सेक्टर र सब डिभिजन वन कार्यालयलाई खोटो संकलनमा अनियमितता भएको ’bout पत्राचार गरिएको छ, डिभिजन वन कार्यालय उदयपुरले जानकारी दिए ।

दिब्यलाई अनियमितता रोक्न भनिएको छ, त्यसैगरी सब डिभिजन वन प्रमुखलाई स्थलगत अनुगमन भनिएको छ । खोटो संकलनबाट सामुदायिक वनलाई प्रति किलो १५ रुपैया आम्दानी हुने तर खोटो संकलनले वन नै मासिने खतरामा रहेको रौतामाई गाँउपालिका– ३ लाफागाँऊका खिलाराज राईको भनाई रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,883 times, 1 visits today)

epaper

ताजा समाचार

देश बनाउने कुरामा जिस्कदै प्रधानमन्त्री बालेन !