प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

 

सर्लाही ।  सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिबन्धित लागु औषध सहित एक जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा लालवन्दी नगरपालिका वडा नं ९ बस्तीपुर बस्ने १९ वर्षिय रन्जित खपांगी रहेका छन ।

खपांगी शंकास्पद रुपमा हिडडुल गरीरहेका समयमा शरीर खानतलासी गर्दा ४ पतामा १२० ट्याव्लेट लागु औषध नाईट्राभेट वरामद गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

फेला पारिएको लागु औषध र पक्राउ गरिएको खापांगी लाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई जिल्ला अदालत मलंगवाबाट ५ दिनको म्याद थपि अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 797 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण