सर्लाही। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले सर्लाहीको हरिवन नगरपालिका नै पहिलो (क्षयरोग )टिबी फ्रि पालिका बन्ने विश्वास व्यक्त गरेका छन् ।
१४०औं विश्व क्षयरोग(टिबी) दिवसको अवसरमा हरिवन नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य निर्देशक झाले सो कुरा बताएका हुन् ।
मधेश प्रदेशसहित समग्र देशभरी नै टिबी रोगको अवस्थाको ’boutमा जानकारी दिँदै स्वास्थ्य निर्देशक झाले टिबी फ्रि पालिकाको अवधारणा ल्याउने पहिलो पालिका पनि हरिवन नै भएको बताए । उनले मधेश प्रदेशका कतिपय उदाहरणीय कामबाट प्रभावित भएर अन्य प्रदेशले समेत त्यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउदै टिबी फ्रि पालिकाको अवधारणा ल्याउने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको उच्च प्रसंसा समेत गरे ।

[यहाँका मेयर गणेश प्रसाईजीले टिबी फ्रि पालिकाको अवधारणा अघि सार्नुभएको हो । उहाँकै भिजनका आधारमा स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम अघि बढाएको छ ।’ उनले भने ।
निर्देशक झाले सन् २०५० सम्ममा टिबी रोगलाई प्रति १० लाख जनसंख्या बराबर एक जनामा झार्ने र सन २०३५ सम्ममा क्षयरोगबाट हुने विरामी र मृत्यु दरलाई घटाई रोग सर्ने प्रक्रियालाई रोकी जनसंख्याको प्रमुख समस्याको रुपमा रहन नदिने गरी नेपालले टिबी रोग अन्त्यको लागि लिएको रणनीति अनुरुप नै मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले पनि विभिन्न अभियानहरु सञ्चालन गरेको जानकारी दिए ।
सन् २०२१ सम्मको तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन ४४ जनाको टिबी रोगका कारण ज्यान जाने गरेको छ भने प्रत्येक वर्ष १६ हजार जनाले यही रोगका कारण ज्यान गुमाउने गरेका छन् ।
टिबी एक माईक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुबाट लाग्ने गर्दछ । यो श्वास प्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो ।






