पल्पसा क्याफेमा स्वस्तिमाको ठाउँमा सृष्टी


काठमाडौं । नेपाली चलचित्रका कलाकारहरु बेला बेलामा नाटकमा पनि पस्तुत हुँदै आएका छन् । यसै क्रममा अभिनेत्री सृष्टी श्रेष्ठ नयाँ नाटक पल्पसा क्याफेमा प्रस्तुत हुन यतिबेला अभ्यासमा व्यस्त छिन् । उनी अहिले काठमाडौंको थापागाउँमा रहेको मन्डला थिएटरमा यो नाटकको अभ्यासमा व्यस्त छिन् ।

नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेमा आधारित नाटक हो । नाटकको शिर्ष भूमिका पल्पसामा अब सृष्टि श्रेष्ठ प्रस्तुत हुनेछिन् ।
यस अघि यो नाटकमा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने बताईएको थियो । तर उनी फिल्मको काममा व्यस्त भएपछि स्वस्तिमाको ठाउँमा सृष्टीलाई राखिएको यसका निर्माता तथा निर्देशक अभिनेता बिमल सुवेदीले बताएका छन् ।

गत वर्ष नै मञ्चन गर्ने भनेर अभ्यास पनि गरिएको यो नाटक गतवर्षको कोरोना महामारीकै कारण यसअघि रोकिएको थियो । अब यो नाटक आउँदो ९ बैशाखबाट मञ्चन हुने निर्देशक सुवेदीले बताएका छन् ।

यो नाटकमा सृष्टीसँगै दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह रानालगायतको पनि मुख्य भूमिका रहने छ ।

यो नाटकलाई उपन्यासबाट सुरज सुवेदीले नाट्य रुपान्तरण गरेका हुन् । घोषणा गरिएपछि पनि कोरोना महामारीका कारण नाटक पटक–पटक सरेकाले नयाँ–नयाँ कलाकारहरूलाई जुटाउन धेरै समस्या भएको कास्टिङ निर्देशक दीलिप रानाभाटले जानकारी दिए । अब भने तोकिएको समयमै यो नाटक मञ्चन हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने