नागरिकलाई अधिकार सिकाइयो तर, कर्तव्यबोध गराइएन : नगरप्रमुख


दोलखा । नागरिकलाई आफ्नाे अधिकार के हो भन्ने बिषयमा पोख्त बनाए पनि कर्तब्य सिकाउन बाँकी रहेकाले समाज सम्बृद्ध हुन नसकेको भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले बताएका छन ।

गैरसकारी संघ संस्थाले अगामी दिनमा नागरिकलाई आफ्नाे कर्तब्य के हो भन्ने बिषयमा प्रशिक्षण दिन जरुरी भईरहेकोे बताउदै मेयर केसीले अभियानमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

नेकपा एमाले दोलखाका ईन्चार्ज ईश्वरचन्द्र पोखरेलले २०४६ सालपछि देशमा रहेका मानवअधिकारवादी संस्थाले राजनैतिक अधिकारका बिषयमा अभियान चलाएको बताउदै दश बर्ष युद्धकालिन समयमा नरसंहार बिरुद्ध अभियान चलाएको दावी गरे । ‘अबका दिनमा बालबालिका अधिकार जेष्ठ नागरिक अधिकार,महिला अधिकार,वालिकमताधिकारको अधिकारलाई मुख्य एजेण्डा बनाएर अभियान संचालन गर्नु पर्ने आवश्यक छ ।’ उनले भने ।

मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक)को २९ औ साधारण सभालाई सम्बोधन गर्दै पोखरेलले जनताको मताधिकारको अधिकार सुरक्षित गर्न एमाले दोलखा सधैं प्रतिबद्ध रहेको बताए । ‘जनताको अधिकार लुट्न खोज्नेलाई नेकपा एमालेले प्रतिकार गर्ने छ ।’ उनले भने । मानवअकिार सचेतन तथा विकास केन्द्र (हुराडेक)का संस्थापक अध्यक्ष स्वार्गीय पशुपति चौलागाईको स्मृतीमा स्थापना गरेको पुरस्कारबाट होमपाठक पुरस्कृत भएका छन् ।

मानवअकिार सचेतन तथा विकास केन्द्र (हुराडेक)को अध्यक्ष उदवप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न २९ औ साधारण सभालाई बरिष्ठ मानबअधिकारकर्मी होम पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपालबार एशोशियसन दोलखाका अध्यक्ष एवम नागरिक अगुवा कृष्णबहादुर बस्नेत ,जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई,नेपाल पत्रकार महासंघका दोलखाका पूर्व अध्यक्ष जिबन लामा लगायतले सम्बोधन गरेका थिए । अधिवेशनले पून उदव प्रसाद पोखरेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम