भक्तपुरमा चुनावी चहल पहल बढ्यो


भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरमा चुनावी चहलपहत बढ्दै गएको छ । भक्तपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टील, नेपाल मजदुर किसान पार्टी लगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।

भक्तपुरमा सबै दलहरु वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काममा सक्रिय छन् । भक्तपुरका चार नगरपालिका र ३८ वडा रहेका छन् । एमालेले वडास्तरमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवार छनोट प्रक्रियामा लागेको छ भने,नेपाली काँग्रेसले मेयर उपमेयर तथा वडा अध्यक्ष सदस्यहरुको आकांक्षीहरुलाई आकांक्षा पत्र राख्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेसले वडास्तरमा आफ्ना गतिविधिलाई तिव्रता दिएको छ । गठबन्धन सम्बद्ध दलहरुसँग छलफल गर्नेदेखि आफ्नो पार्टी गतिविधिलाई वडा तहमा पुर्याउने काम भइरहेको कांग्रेस भक्तपुरका सचिव शुसिल बस्नेतले बताए ।

उनका अनुसार, वडास्तरबाट पार्टी संयन्त्र परिचालन भइरहेका छन् भने उम्मेदवारीका लागि छलफल अगाडि बढिसकेको छ । भक्तपुरका तीन नगरपालिकामा उम्मेदवार बन्न चाहनेले आशय पत्र दर्ता समेत गराएको बताउँदै उनले भक्तपुर नगरपालिकामा भने शनिवार आकांक्षीहरुले आसयपत्र दर्ता गर्ने उनले जानकारी दिए ।

उनका अनुसार चाँगुनारायणमा १६ जनाले मेयर उपमेयरका लागि आकांक्षा जनाएका छन् । जसमा ९ जना मेयर र ७ जना उपमेयर रहेका छन् । यस्तै सूर्यविनायक नगरपालिकामा १७ जना र मध्यपुर थिमी नगरपालिकामा १३ जनाले मेयर उपमेयरमा आकांक्षा जनाएका छन् ।
यस्तै अन्य दलहरुमा माओवादी केन्द्रले पार्टी सङ्गठनले छलफललाई तीव्रता दिएको जनाएको छ । उम्मेदवार छनोटदेखि गठबन्धनका लागि दलहरुसँग छलफल गर्नेसम्मका काम गरिरहेको माओवादीले सङ्गठन विस्तारलाई वडा तहमा पु¥याएको माओवादीका सुनिल गोठेले जानकरी दिए ।

उता चाँगुनरायण नगरपालिकामा एक बलियो शक्तिका रुपमा रहेको राप्रपाले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । अघिल्लो उप निर्वाचनमा नेपाली काँग्रेसलाई लिखित सहमती गर्दै आसन्न स्थानीय निकायको निर्वाचनमा काँग्रेसले सघाउने सर्तमा सघाएको राप्रपाले भने काँग्रेस सँगको हिजोको सहमती कार्यान्वयनका लागि पहलमा जुटेको जिल्ला नेताहरुले बताएका छन् । भक्तपुरमा अर्को बलियो शक्तिका रुपमा रहेको नेपाल मजदुर किसान पार्टीले पनि टोल कमिटि गठन देखि टोल टोलमा कार्यालय स्थापनाको कार्य गर्दै आएको छ ।

पार्टीको केन्द्र समेत भक्तपुरमा नै रहेको नेमकिपाको भने चुनावी रणनिती कस्तो हुने भन्ने निर्वाचनको अघिल्लो दिन मात्र थाह हुने गरेका कारण उनीहरुको विषयमा भने मिडिया तथा कार्यकर्ता समेत अन्योलमा पर्ने गरेका छन् ।

भक्तपुरमा भएका चार नगर मध्ये अघिल्लो निर्वाचनमा तीन नगरपालिकाका प्रमुखमा एमाले नै विजयी भएको थियो । यता भक्तपुर नगरपालिकामा भने शत प्रतिशत जनप्रतिनिधि नेपाल मजदुर किसान पार्टीले विजय हाँसिल गरेको थियो । भक्तपुरका ३८ वडामा १३ वटामा नेपाली काँग्रेले विजय हाँसिल गरेको छ भने १२ वटामा नेकपा एमाले यस्तै १२ वडामा नेपाल मजदुर किसान पार्टी र एक स्वतन्त्र उम्मेदवारले वडा अध्यक्ष विजय भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता जो आफूले आफैंलाई मतदान गर्न पाउँदैनन्