नेपालको विश्वविद्यालय विशेषतः त्रिभुवन विश्वविद्यालयमा २०३० सालदेखि २०३७ सालसम्म सेमेस्टर प्रणालीमा पठनपाठन चलेको थियो । यसअघि नेपालका विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणाली चलेको थियो । त्यसबेला नेपालको विश्वविद्यालय भनेको नै त्रिभुवन विश्वविद्यालय बुझिन्थ्यो । सात वर्षपछि अर्थात् २०३७ सालमा विभिन्न कारणले सेमेस्टर प्रणाली अन्त्य भई आशिंक रूपमा भए पनि साधारण शिक्षातर्फ त्यसपछि पुनः वार्षिक शिक्षा प्रणाली लागू गरियो । वार्षिक शिक्षाको परीक्षा प्रणाली भएकै अवस्थामा वैकल्पिक सोचसहित यसको बढी चर्चा चलेको थियो । सन् २०१३ मा त्रिवि कीर्तिपुरका केन्द्रीय विभागमा सेमस्टर शिक्षा प्रणाली सुरु गरी अरू त्रिविका आंगिक क्याम्पसमा पछि सुरु हुनेगरी पठनपाठन गर्नेगरी पर सारिएको थियो । नेपालमा साधारण शिक्षामा समेस्टर प्रणालीसँग वार्षिक शिक्षा प्रणाली तुलना गर्नु यहाँ सान्दर्भिक होला ।
वार्षिक शिक्षा प्रणाली नेपालमा उच्च शिक्षाकोे सुरुवातदेखि नै लागू भएको थियो । यस शिक्षा प्रणालीअनुसार उच्च शिक्षाको कुनै पनि तह पार गर्न दुई वर्ष नियमित रूपमा चलेको कक्षामा उपस्थित भएपछि एक वर्षकोे एकलौटी हरेक विषयका एक मात्र परीक्षा सञ्चालन गरी यसमा पास भएकालाई उतीर्ण घोषित गरिन्थ्यो । उच्च शिक्षाको कुनै तहमा एक वर्षको अवधिमा पढाइएका विषयहरू एक वर्षकोे एकचोटी जाँच लिएर करिब १५ दिनभित्र विद्यार्थीको ल्याकत, क्षमता जाँच गरिन्थ्यो । यस्तो प्रणालीमा एक वर्षको एक पटकमा एकचोटी जाँच लिँदा विद्यार्थीको क्षमताको मूल्यांकन हुँदैनथ्यो ।
फेरि वार्षिक शिक्षा प्रणालीमा आठदेखि १० प्रतिशत विद्यार्थीहरू पास हुने गर्दथे । त्यसैकारणले शिक्षा नियोजनको धेयले गरिएको थिएन । जति पनि विद्यार्थी पास हुन्थे ती सबै सरकारी अर्धसरकारी कार्यालयमा नै रोजगार हुन्थे । शैक्षिक बेरोजगारको थिति उत्पन्न भएको थिएन । यसरी हेर्दा साक्षरताको प्रतिशत बढाउने उद्देश्य वार्षिक प्रणालीमा थिएन । ’cause, आठ तथा १० प्रतिशतसम्मको विद्यार्थी मात्र पास भएमा साक्षरताको दर अगाडि बढाउन निकै समय लाग्ने भएको थियो । जति पनि विद्यार्थी पास हुन्थे ती सबैलाई कार्यालयमा नै रोजगार दिनैपर्छ भन्ने जस्तो धारणा विकास भएको थियो ।
शिक्षा हासिल गरेकाले अन्य क्षेत्रमा जस्तो उद्योग, कृषि, होटेल, व्यवसाय आदि उत्पादक कार्यमा व्यस्त रहने प्रणालीको थालनी भएको थिएन । पढेको कुरा दिमागमा सदाका लागि स्मरण गरेर राख्ने प्रवृति देखापरेन ’cause घोकेर वा कण्ठ गरी जाँच दिएर पास हुने प्रवृति देखापरेको थियो । जाँचमा पास हुने विद्यार्थी धेरै भए तापनि रोजगार दिन नसक्ने अवस्था आउँछ भनेर सीमित प्रतिशत मात्र पास गरिन्थ्यो ।
सेमेस्टर प्रणालीमा एक वर्षको एकपटक एकैचोटीमा जाँच लिएर विद्यार्थीको क्षमताको मूल्यांकन हुँदैन
यी सबै कुराको बाबजुद २०३० सालमा सेमेस्टर प्रणाली नेपालमा सुरु भयो । यस प्रणालीअनुसार पाठयक्रम क्रेडिट आवरमा विभाजन गरी निर्धारण गरियो । यस पंत्तिकारले पढेको सेमेस्टर प्रणालीमा क्रेडिट आवर भन्नाले एक सातामा एक घण्टाको कति पिरियड कति कक्षा सञ्चालन हुने भन्ने जनाउँछ । प्रमाणपत्र अर्थात् प्लस टु वा आईकममा सय क्रेडिड आवर, स्नातक वा बीबीए र स्नातकोतर वा एमबीएस तहमा ८०÷८० क्रेडिट आवर राखी पाठ्यक्रम निर्धारण गरियो । यस प्रणालीअनुरूप विभिन्न तहमा कक्षा सञ्चालन भए ।
जाँच पद्धतितिर हेर्ने हो भने आन्तरिक मूल्यांकन, सेमेस्टर परीक्षा र कम्प्रिहेनसिभ परीक्षाबाट विद्यार्थीका यथार्थ मूल्यांकन र क्षमता लगाई कुनै तह पास गरिन्थ्यो । यसका साथै हरेक विषयका ट्युटोरियल कक्षा सञ्चालन हुन्थ्यो । जसमा शिक्षक र विद्यार्थीले कुनै विषयमा आपसी छलफल गरी ज्ञान आर्जन गर्दथे । विद्यार्थीको ल्याकत, क्षमता, आन्तरिक मूल्यांकन, सेमेस्टर परीक्षा, कम्प्रिहेनसिभ परीक्षा र ट्युटोरियल कक्षाबाट पत्ता लगाइने परम्परा थियो । सेमेस्टर प्रणालीको ध्येय पास भएका सबैलाई रोजगार दिनैपर्छ भन्ने थिएन । सायद आजको समयमा पनि पास भएका सबैलाई रोजगार दिनैपर्छ भन्ने पक्कै छैन ।
योग्य र क्षमता भएका विद्यार्थीहरू सबै पास हुन्थे । यस प्रणालीमा शिक्षा नियोजनको दृष्टिकोण अपनाईएको थिएन । सेमेस्टर प्रणालीको प्रयोगकालमा नेपालको उच्च शिक्षा हासिल गर्र्ने प्रतिशत पनि बढी भएको पाइएको छ । यस प्रणालीको अनेकन राम्रा एवं फलदायी पक्ष भए तापनि यसको दौरान कालमा २०३२, २०३४ र २०३६ सालमा विद्यार्थी हडतालले यस प्रणालीको प्रयोगमा कुठारागत ग¥यो । २०३२, २०३४ र २०३६ सालका विद्यार्थीहरू आन्दोलनका कारण नियमित कक्षा सञ्चालन हुन सकेन ।
समयमा क्रेडिट आवरअनुसार कोर्स नसकिने एवं राम्रोसँग जाँच सञ्चालन नहुने र अन्य गडबढीका कारणले २०३७ सालमा यस प्रणालीको अन्त भई पुनः वार्षिक परीक्षा प्रणाली लागू भयो । त्रिभुवन विश्वविद्यालयमा साधारण शिक्षा पुनः ३३ वर्षपछि अर्थात् २०७० साल सन् २०१४ देखि सुरुमा कीर्तिपुर केन्द्रीय शिक्षण विभागमा सुरु भई त्यसपछि त्रिविका सबै आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली पुनः स्थापित भयो ।
पुनः वार्षिक शिक्षा प्रणाली २०३७ सालमा लागू भएको पाँच वर्षभित्र व्यवस्थापन पक्षलाई नियाल्दा वार्षिक शिक्षा प्रणाली चल्न नसक्ने स्थितिमा थियो भन्ने कुरा सम्बन्धित विद्वानको भनाइ थियो । २०४२÷४३ सालमा साधारण शिक्षातर्फका ६ अध्ययन संस्थान खारेज गरेर संकाय बनेपछि पर्न गएको प्रशासनिक एवं जाँच चल्ने चलाउने परम्परामा कठिनाइ उत्पन्न भएको महसुस गरियो । तसर्थ साधारण शिक्षाको संकायलाई पहिले जस्तै ६ अध्ययन संस्थान पुनः स्थापित गर्नुपर्ने देखिन्छ ।
सेमेस्टर प्रणालीमा पनि आन्तरिक मूल्यांकन, ग्रेडिङ सुधार, सेमेस्टर परीक्षा, कम्प्रिहेन्सिभ परीक्षालगायत विद्यार्थी विश्वासमा पनि कमजोरी नै देखिएको छ
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्न र समयमा नतिजा प्रकाशित गर्न नसक्ने खबर पत्रिकाबाट पनि त्यतिबेला बाहिर आएको थियो । जबकी साधारण अध्ययन संस्थानतर्फको पनि आन्तरिक मूल्यांकन, समेस्टर परीक्षा, कम्प्रिेन्हेनसिभ परीक्षा क्याम्पस अध्ययन संस्थानको मातहतमा चल्ने भएकाले जाँच र नतिजा प्रकाशनमा कुनै गडबडी र ढिला पर्न गएको थिएन । हुन त त्यसताका पनि क्याम्पस र अध्ययन संस्थानको मातहतमा भएका जाँच लिने पक्रियामा गडबडी थिएन भन्न सकिन्न ।
यी यस्ता कमजोरीलाई निराकरण गर्नेतर्फ लागेर पुनः समेस्टर प्रणाली अपनाउनुपर्ने सम्बन्धित विज्ञको राय पहिलेदेखि नै थियो । जतिजति समय बित्दै जान्छ उतिउति शैक्षिक प्रतिशत बढेर धेरैजसो मानिसमा चेतना जागरुक हुने गर्छ । कुनै पक्षबाट कमजोरी भएमा त्यस्तो कमजोरी दोहरिन नदिन अर्का पक्ष पनि सतर्क भएर हुनुपर्छ । समय बितेअनुसार साक्षरता र शिक्षित प्रतिशत बढ्दै गएकाले पाएको अख्तियार नगर्ने हो भने त्रिभुवन विद्यालयमा पुनः सेमेस्टर प्रणाली सन् २०१३ मा त्रिवि केन्द्रीय शिक्षण विभागमा र पछि आंगिकमा सुरुवात गरिएको कदम स्वागतयोग्य कदम रहिआएको छ । आजको समयमा पुनः सेमेस्टर प्रणालीको सुरुवात सान्दर्भिक हुुन आएको छ ।
तर, त्रिविमा पुनः सेमेस्टर प्रणाली लागू भएको एक वर्ष नपुग्दै अर्थात् सन् २०१४ मा नै त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागका विद्यार्थीबाट सेमेस्टर प्रणालीको विरोध गरिएको देखिनु लाजमर्दो थियो । यद्यपि, २०२२ सम्म आउँदा सर्वत्र त्रिविमा परीक्षाविहीन समेस्टर प्रणालीले जरा हालिसकेको छ । यद्यपि बीचमा सेमेस्टर प्रणाली ढलमलाउने प्रयास त भएन । २०३० सालमा सुरु भएको सेमेस्टर प्रणालीमा पनि आन्तरिक मूल्यांकन, ग्रेडिङ सुधार, सेमेस्टर परीक्षा, कम्प्रिहेन्सिभ परीक्षालगायत विद्यार्थी विश्वासमा पनि कमजोरी नै देखिएको थियो ।
त्रिविले सन् २०१३ (१४ देखि सेमेस्टर प्रणाली पुनः स्थापित गर्दा कसैले यसको समर्थन कसैले यसको विरोधसम्म गरे । सेमेस्टर प्रणाली सुरु भएपछि पहिले जस्तै राजनीति गर्ने मैदान कमजोर हुन्छ भन्ने कसैको भनाइ रहेको थियो । तर, सेमेस्टर प्रणालीमा पुनः परीक्षाको व्यवस्था भएकाले पहिलोपटक फेल हुुनेलाई ब्याकपेपरको व्यवस्था भइहाल्छ भन्ने थियो । तापनि, जाँचमा फेल हुनु भनेको विद्यार्थीले नै सेमेस्टरको आवश्यकतामा दैनिक पठनपाठन र गृहकार्य नगरेको पक्कै पाइन्छ ।






