भारतको आईसीपी यार्डबाट ६९ ट्यांकर छुटे

वीरगन्ज । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आएका ६९ वटा ट्यांकर नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) यार्डबाट छुटेका छन् । भारतीय आयल कर्पोरेसन ( आईओसी)ले भारततर्फको आईसीपीमा खटाएका मानिसले अनधिकृत ढंगले ढुवानीकर्तासँग रकम असुल्न थालेपछि ६९ वटा पेट्रोलिय पदार्थ बोकेका ट्यांकर दुई दिनदेखि भारतीय भूमिमा रोकिएका थिए ।

नेपाल आयल निगम वीरगन्ज शाखाका प्रमुख रामप्रसाद न्यौपानेको प्रयासपछि रोकिएका सबै ट्यांकर शनिबार छुटेका हुन् । तर, आगामी दिनका लागि भने नेपाल आयल निगम अमलेखगन्ज डिपोमा नेपालका पेट्रोलियम ढुवानी कर्ता र भारतको काउन्टर पार्ट आईओसी दुवैसँग कुरा गरी भारतीय भूमिमा हुने समस्या निरूपण गर्ने भन्दै शनिबारका लागि सबै ट्यांकर छुटेको नेपाल आयल निगम वीरगन्ज शाखाका प्रमुख न्यौपानेले बताए । इन्डियन आयल कर्पोरेसनका मानिसले भन्सार पास गराउँदा अनधिकृत रकम लिन थालेपछि त्यो रकम तिर्न नसक्ने भन्दै नेपाली ढुवानीकर्ता आक्रोशित भएर भन्सार क्लियरेन्स गर्न मानेका थिएनन् ।

उनीहरूलाई आइतबार बरौनीमा आईओसीसँग नै कुरा गरी समस्या निरूपण गर्ने आश्वासन दिएपछि शनिबारको लागि ट्यांकर छुट्याइएको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।

‘इन्डियन आयल कर्पोरेसनले तोकेको मानिसले बिना पैसा ट्यांकर पास गराउनुपर्ने जिम्मेवारी आईओसीले आफ्नो प्रतिनिधिलाई दिएको पत्रमा उल्लेख भएको व्यवसायीको तर्क छ ।

तर, अनधिकृत रूपमा प्रति ट्यांकर १ हजार रकम लिन थालेपछि नेपाली ढुवानीकर्ताले आईओसी र नेपाल आयल निगमका बीचमा व्यवसायीको समस्या समाधान गरिदिन आग्रह गरिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साका उपाध्यक्ष विनोद मानन्धरले राजधानीसँग बताए ।

‘भारततर्फको आईसीपीमा खटेका आईओसीका भुषनप्रसादले अति गरेपछि शुक्रबार र शनिबारका ट्यांकर उतै थिए,’ उपाध्यक्ष मानन्धरले भने । नेपाली पेट्रोलियम ढुवानी व्यवसायीहरूसँग के कारणले त्यो रकम लिएको हो भनी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दास, मध्यमाञ्चल पेट्रोलियम युवानी व्यवसायी संघ हेटौंडाका अध्यक्ष दीपक शिवाकोटी र नेपाल आयल निगमको शाखा कार्यालय वीरगन्जका प्रमुख रामप्रसाद न्यौपानेसहितको टोली आईसीपीमा पुगी कुरा गर्दा कर्पोरेसनका प्रतिनिधिले उल्टै अभद्र व्यवहार गरेको व्यवसायीको भनाइ छ ।

त्यसलगत्तै नेपाल आयल निगमलाई चलानीलगायतका काजगजपत्र बुझाएका ढुवानी व्यावसायीले चाँडो गाडी पास गराइदिए पछि खुसी व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा