घडेरीमा पूजा गर्ने क्रममा पहिरोले पुरिंदा एकको मृत्यु


पाँचथर । सदरमुकाम फिदिमस्थित बुद्धमार्गमा घरको वाल र सेफ्टी ट्याङ्की भत्किएर पुरिँदा सोमबार बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम–१, का ६९ वर्षीय गोपाल प्रसाद ढुंगाना रहेको प्रहरीले जनाएको छ । छिमेकी मदन पन्धाकको घर निर्माणका लागि खनिएको घडेरीमा चर पूजा गर्ने क्रममा ढुंगाना माथिबाट झरेको पहिरोमा पुरिन पुगेका थिए ।

स्थानीय लेखनाथ खतिवडाको घरको वाल र सेफ्टी ट्याङ्की भत्किएर झरेको पहिरोमा पुरिएका ढुंगानालाई करीब १ घन्टापछि उद्धार गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले २ वटा स्काभेटरको सहयोगमा ढुंगानाको उद्धार गरेका थिए ।
उद्धारपछि जिल्ला अस्पताल पु¥याइएका ढुंगानालाई अस्पतालले मृत घोषणा गरिएको थियो । उनी फिदिम–४, स्थित सुखबोध माविका पूर्वप्रधानाध्यापक हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस