Saturday, September 25, 2021
Your Ads Here
HomeNot-to-be-missedचीनबाट नेपालीलाई फर्काउन अझै २ दिन लाग्ने

चीनबाट नेपालीलाई फर्काउन अझै २ दिन लाग्ने

,
sharethis

काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको वुहान सहरमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही समय लाग्ने भएको छ । बुहानबाट फर्काउने नेपाली नागरिकलाई राख्ने ठाँउ टुंगो लागे पनि प्राविधिक तयारी गर्न बाँकी रहेकाले थप समय लाग्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इचङ्गुनारायणमा रहेको सुकुम्बासी आवास भवन, शिवपुरीको सैनिक ब्यारेक, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा त्यसका लागि तयारी भइरहेको छ ।

नेपाल फर्कनेलाई विश्व स्वास्थ्य सङ्गठनले तय गरेको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी सरकारको छ । चीनबाट फर्कन आवेदन दिएका १ सय ८० जनालाई कहाँ, कति जनाका दरले राख्ने भन्ने तय गरी त्यसै अनुसारको कक्ष बनाउनुपर्ने भएकाले त्यसका लागि कम्तिमा दुई दिन समय लाग्ने मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

राख्ने स्थानमा आजैबाट प्राविधिक तयारी अघि बढने मन्त्रालयले जनाएको छ । सम्भावित बिरामीलाई लक्षित गरी ४३ शैय्याको कक्ष पनि स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

आजको समाचार

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

साताका लोकप्रिय समाचार

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने

काठमाडौँ । सरकारले काठमाडौँमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने भएको छ । असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य...

असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

  सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

ट्रेन्डिङ

इटहरीमा रेशम चौधरीलाई रिहा गर्न माग गर्दै प्रदर्शन

इटहरी । जनता समाजबादी पार्टीका नेता कार्यकर्ताले रेशम चौधरीलाई रिहाई गर्न माग गरेका छन् । इटहरी २ त्रिभुवन चोकस्थित दर्जनौ युवाहरुले सोमबार चौधरीको रिहाईको...

क्रिकेट टोलीको स्पेन भ्रमण स्थगित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)