मकवानपुरमा औद्योगिक आगलागी नियन्त्रणको व्यवहारिक अभ्यास प्रदर्शनी


हेटौंडा । जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको आयोजना र सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरको संयोजनमा जिल्लास्थित सुरक्षा निकायहरु तथा सरोकारवाला निकायहरुको सहभागितामा मंगलबार हेटौंडा उपमहानगरपालिका ८ स्थित हेटौडा औद्योगिक क्षेत्रभित्र हेटौडा कपडा उद्योगको जिर्ण अवस्थामा बन्द रहेको स्कुललाई एक काल्पनिक उद्योगको रुपमा चित्रण गरी अभ्यास सञ्चालन गरिएको छ । कुनै पनि औद्योगिक प्रतिष्ठानमा आगलागी हुँदा सोको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा व्यवहारिक अभ्यास सञ्चालन भएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा हेटौंडा उप–महानगरपालिकाका उप–प्रमुख मिनाकुमारी लामा र बिशिष्ट अतिथीको रुपमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष भरतमणि पाण्डेको उपस्थिति रहेको थियो । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुखहरु, औद्योगिक क्षेत्रका उद्योगी तथा मजदुरहरु, विभिन्न स्कुलका शिक्षक÷शिक्षिका तथा विद्यार्थीहरु, स्थानिय व्यक्तिहरु लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

नेपाली सेना गोरख बहादुर गण, सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर, नेपाल प्रहरी विपद् व्यवस्थापन गुल्म, जिल्ला रेडक्रस सोसाइटी मकवानपुर र हेटौडा उपमहानगरपालिकाको बारुण यन्त्र सम्मिलित रही आगलागी सम्बन्धी व्यवहारिक अभ्यास सञ्चालन भएको थियो ।

उक्त अभ्यासमा विशेषगरी उद्योेगहरुमा हुन सक्ने आगलागीका घटनामा अपनाउनुपर्ने सावधानी तथा सुरक्षा फौजले गर्ने आगो नियन्त्रण तथा उद्दारका कारवाही सम्बन्धी गतिबिधिहरु प्रस्तुत गरिएको थिया । औद्योगिक प्रतिष्ठानभित्र ठूला ठूला बहुतले भवनमा आगलागी हुँदा कसरी सुरक्षा फौजले समन्वयात्मक ढंगबाट उद्दार कार्य अगाडि बढाउँछ र फायर एक्सटीङ्गग्युसर को प्रयोग, भ¥याङ्गबाट माथिल्लो तल्लामा प्रवेश गर्ने, डोरीको माध्यमबाट ¥यापलिङ्ग विधि प्रयोग गरी कोठाभित्र प्रवेश गरी भित्र फसेका मजदुरहरुलाई खोजी गरी रोप तुईनको माध्यमबाट उद्दार गरी बाहिर निकाल्ने र घाइते व्यक्तिहरुलाई तत्काल घटनास्थलमा प्राथमिक उपचार दिनुका साथसाथै गम्भिर प्रकृतिका घाइतेलाई सुरक्षा निकायको एम्बुलेन्सद्वारा थप उपचारका लागि अस्पतालसम्म कसरी पठाउन सकिन्छ भन्ने विषयहरु अभ्यासको क्रममा प्रस्तुत गरिएको थियो । साथसाथै सुरक्षाकर्मी र बारुण यन्त्रको सहायताबाट छिटो भन्दा छिटो आगलागी नियन्त्रण तथा केमिकलमा लागेको आगोलाई फमको प्रयोग गरी नियन्त्रणमा लिने विधिहरु प्रस्तुत गरिएको थियो ।

कार्यकमकै शिलसिलामा आगलागीबाट उद्योगमा ठूलो धनमालको क्षती भएको, घाइते बिरामीलाई प्राथमिक उपचार पश्चात अस्पतालमा पठाइएको र मृतकलाई मुचुल्का पश्चात पोष्टमार्टमका लागि अस्पतालतर्फ लगिएको दृश्य प्रदर्शनी गरिएको थियो ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट हेटौंडा औद्योगिक क्षेत्र नेपालकै ठूलो औद्योगिक क्षेत्र रहेकोले उद्योगहरुमा हुन सक्ने सम्भावित आगलागीका घटनाहरुबाट हुने क्षतिलाई न्युनिकरण गर्न अभ्यास फलदायी हुने बताउदै सुरक्षा फौजले हरहमेसा यस्ता प्रकारका विपद्मा तयारी अवस्थामा रहनुपर्ने बताए ।

यस अभ्यासको महत्व’bout प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले प्राकृतिक विपद् रोक्न नसके पनि घटना भएको स्थानमा यथाशिघ्र ज्ञान र सिप प्राप्त निकायहरुले उचित प्रतिकार्य गर्न सके क्षति न्यूनिकरणमा सहयोग पुग्ने हुँदा यस्ता अभ्यासहरु संचालन गरिएको बताए । विपद्को समयमा जनधनको सुरक्षा गर्ने राष्ट्रिय उद्देश्यलाई पूरा गर्ने पहल स्वरुप सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरद्वारा यो अभ्यास हेटौडा उपमहानगरपालिका वडा नं. ८ मा रहेको हेटौडा औद्योगिक क्षेत्रभित्र प्रदर्शन गरिएको यस प्रकारका अभ्यासहरुले सुरक्षा फौजलाई परिचालनको लागि हर हमेसा तयारी अवस्थामा राख्ने हुँदा निरन्तरता दिने योजना रहेको गणपति कार्कीले बताए ।

कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले गरेका थिए ।

मकवानपुर जिल्ला विपद् प्रकोपमा उच्च स्थानमा रहेको छ जसमध्ये आगलागीका कारण ठूलो क्षती पुग्ने गरेको छ । फागुन, चैत र बैशाख महिनामा बन जंगलहरुमा दिनहुजसो आगलागिका घटनाहरुले ठुलो क्षती हुने गरेको छ । फागुन महिनामा मात्र आगलागीका ४ वटा घटना घटेका छन् जसमा ४ घर परिवार प्रभावित भएको¸ ३ जना घाइते र अन्दाजी २३ लाख बराबरको धनमाल क्षती भएको साथै चैत्र महिनामा आगलागीका १० वटा घटनाहरु घटेका छन् । जसमा १२ घर परिवार प्रभावित भएको, १ जना घाईते र अन्दाजी ५१ लाख बराबरको क्षती भएको तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

उक्त अभ्यासबाट स्थानिय जनताहरु, उद्योगमा काम गर्ने मजदुरहरु तथा बिभिन्न स्कुलका छात्र÷छात्राहरु गरी करिव ५०० जनाको उपस्थिति रहेको थियो । यस प्रकारका अभ्यासबाट आगलागी नियन्त्रणमा सुरक्षा फौजहरुबीच समन्वय, सहकार्य हुनाका साथै समुदायमा सचेतना अभिवृद्धी हुने र विपद् जोखिम न्यूनिकरण कार्यमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा