आमा बनिन् काजल अग्रवाल

मुम्बई । दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन् । भारतीय सञ्चार माध्यम आजतकले उनले मंगलबार छोरालाई जन्म दिएकाे उल्लेख गरेकाे छ ।

केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन्। उनले गर्भावस्थाको फोटो सुट समेत गरेकी थिइन्।

सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन्।दक्षिण भारतकी चर्चित अभिनेत्री काजलले ‘सिङ्घम’ मार्फत् बलिउडमा पनि डेब्यू गरेकी थिइन्।

तपाइको प्रतिक्रिया
(Visited 768 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा