आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता

बुटवल । आचार संहित पूर्ण पालना भए निर्वाचन कम खर्चिलो र शान्तिपूर्ण रुपमा सम्पन्न हुने भन्दै सरोकारवालाहरुले आचार संहित पालनामा कडाई गर्नुपर्नेमा जोड दिएका छन् ।

संवाद समूह लुम्बिनीद्धारा बुधबार बुटवलमा आयोजित निर्वाचन आचार संहिता कार्यान्वयन बिषयक संवाद कार्यक्रममा बोल्दै उनीहरुले आचार संहित पालना गराउने निकाय निर्वाचन आयोगले कडाई गर्नुपर्नेमा जोड दिएका हुन् ।

पछिल्लो समय निर्वाचन महंगो भएकोले इमान्दार र लामो समय राजनीति गरेका ब्यक्तिहरु चुनाब लड्नसक्ने परिस्थिति नभएको भन्दै उनिहरुले निर्वाचन आचार संहिता पालनामा कडाई गर्न सके कम खर्चमै चुनाब लड्न सकिने बिचार ब्यक्त गरे ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले बिगतका दिनमा आचार संहिता उल्लंघन गर्नेमाथि कारबाही नहुँदा आचर संहिता उल्लंघनका घटना बढेको भन्दै आचार संहिता पालना गराउने कार्यमा निर्वाचन आयोगले खुट्टा कमाउन नहुनेमा जोड दिए ।

संघीय सांसद तथा नेकपा एकिकृत लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले सत्तामा हुने दलबाटै आचार संहिता उल्लंघन बढि हुने गरेको र निर्वाचन आयोगले सत्ताधारी दलका उम्मेदवारमाथि कारबाही गर्न डराउने गरेका कारण उल्लंघनका घटना बढेको दाबी गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सावीत्रा अर्यालले आचार संहिता पूर्ण रुपमा कार्यान्वयन भए निर्वाचन तन्त्र,निस्पक्ष,धादलीरहित रुपमा सम्पन्न हुनुका साथै खर्च समेत कम लाग्ने भन्दै आचार संहिता पालनामा कडाई गर्नुपर्नेमा जोड दिइन् ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलीले पनि आफ्नो पार्टी आचार संहिता पालना गर्न तयार रहेको बताउदै आचार संहिता बनाउदा ब्यवहारिक र कार्यान्वयनमुखि बनाउनुपर्ने धारणा राखे ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका सह इन्चार्ज कमल खनालले नेपालको निर्वाचन प्रणालीमै कमि कमजोरी रहेको भन्दै निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमले निर्वाचन आचार संहिता कार्यान्वयनको कुरा औपचारिकतामा मात्रै सिमित हुने गरेको भन्दै आचार संहिता पालनामा कडाई गर्नुपर्नेमा जोड दिए ।

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका नेता बिरेन्द्र बिकले आफ्नो पार्टी अहिलेको निर्वाचनमा सहभागि नहुने नीति लिएको भन्दै बर्तमान राज्य प्रणालीले गराउने निर्वाचनबाट जनताको आवश्यकता पूर्ती गर्ने जनप्रतिनिधि आउन नसक्ने दाबी गरे ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नेपालमा अभ्यास हुँदै आएको निर्वाचन प्रणाली भ्रष्टाचारको पृष्ठभुमी तयार गरेको भन्दै आचार संहिता कार्यान्वयनमा कडाई गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले निर्वाचन भड्किलो भयो भन्ने जनगुनासोलाई मध्यनजर गरी निर्वाचन आयोगले खर्च कम हुनेगरी आचार संहिता तयार पारेको भन्दै आचार संहिता पालना भए कम खर्चमै चुनाव लड्न सकिने वातावरण बन्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डबिक्रम न्यौपाने नेकपा एमालेका नेता बलबहादुर आचार्य नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का,राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका जिबनारायण अधिकारी,इन्सेक प्रतिनिधि रीमा बिसी,संचारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोल,मानव अधिकार आयोग लुम्बिनीका अधिकृत सन्तोष आचार्य, प्रहरी उपरीक्षक रामेश्वर श्रेष्ठ,राष्ट्रिय अपाङग महासंघका होमनाथ अधिकारी,एकल महिला रुपन्देही अध्यक्ष रीता सेन,यौनिक तथा अल्पसंख्यक संघका सन्तु पुन,पत्रकार मीना भट्टराई लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रम संवाद समूह लुम्बिनीका सहजकर्ता सुशिलचन्द्र बस्नेतको सहजिकरणमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति