हावाहुरीको मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्न थालिसक्यो । मकवानपुरमा दैनिकजसो कतै न कतै आगलागी भइरहेर्क छ तर स्थानीय, प्रदेश वा संघीय सरकारलाई यसको पर्वाह भएजस्तो देखिएको छैन । स्थानीयलाई वनको चिन्ता छ, तर आगलागी नियन्त्रण उनीहरूको बसमा मात्रै छैन । दुई दिनअघि हेटौंडा मनकामना सामुदायिक वनमा आगलागी भयो । स्थानीयले तत्काल उपमहानगरको बारूणयन्त्र बोलाए, र आगो नियन्त्रणमा लिइयो । तर, यस्तो सहजता सधैं सम्भव नहुने बताउँछन्, स्थानीय बलराम न्यौपाने ।
सुख्खा मौसम सुरुवातमै हेटौंडाको एक भुस उद्योगमा आगलागी हु“दा ५० लाखभन्दा बढी क्षति भएको थियो । सोही साता हेटौंडाकै एक रेष्टुरेन्टमा भएको आगलागीबाट पनि आर्थिक क्षति हुन पुग्यो । लगत्तै, मकवानपुर राक्सिराङ गाउँपालिकाको एक घरमा आगलागी हु“दा परिवारले नै बास गुमाउनुप-यो ।
‘चैत सुरु भएसँगै सुक्खा बढ्ने हुनाले प्रकोप सम्भावना उच्च हुन्छ तर पूर्वतयारी कतै देखिन्न,’ मकवानपुरगढीका उमेश घिमिरे सुनाउ“छन् । सामान्यतः जेठसम्म प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने गरेका छन् । डढेलोकै कारण सामुदायिक वनभित्रका चिरान काठसहित खानेपानी पाइप, संरक्षित वन्यजन्तु, जडिबुटी नस्ट हुने गरेका छन् ।
गत आर्थिक वर्षमा मकवानपुर भीमफेदी गाउँपालिकामा मात्रै ११ वटा सामुदायिक वन क्षेत्रमा डढेलो लाग्यो । जसबाट ३ सय ६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको डिभिजन वन कार्यालय मकवानपुरका सूचना अधिकारी दीपक अधिकारी बताउ“छन् । उनका अनुसार मकवानपुरगढीका १९ सामुदायिक वन क्षेत्रमा लागेको डढेलोबाट ४ सय ७६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो ।
जिल्लाका विभिन्न पालिका वनमा लागेको डढेलोले त गत वर्ष हेर्न र सास फेर्नसमेत समस्या भयो । मकवानपुरमा मात्रै होइन, बाग्मती प्रदेशका १३ जिल्लासहित देशभर सुख्खायाममा लाग्ने डढेलोले रूख तथा बोटविरुवा, जंगली जनावर विनाश हुनुका साथै वातावरणसमेत प्रदूषित हुने गरेको छ । यो वर्ष पनि बाग्मती प्रदेशका तीन जिल्लाको ५० हेक्टर क्षेत्रफल वनमा डढेलो लागिसकेको छ ।
बाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत सञ्जीव सुवेदीका अनुसार चितवन, ललितपुर र सिन्धुपाल्चोक वनमा डढेलो लागेको हो । अन्य जिल्लाका वनमा पनि डढेलो लागेको हुनसक्ने भए पनि हालसम्म त्यसको विवरण नपाएको उनी बताउ“छन् । चैतमा मात्रै चितवनको २५ हेक्टर, ललितपुरको २३ हेक्टर र सिन्धुपाल्चोकको दुई हेक्टर वनमा डढेलो लागेको छ ।
सुवेदीले प्रदेशका १३ वटै जिल्लासँग वन डढेलोको विवरण पठाउन माग गरे पनि हालसम्म तीन जिल्लाले मात्रै विवरण पठाएको र डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने आ“कलन गरे । प्रदेशका १३ वटै जिल्लालाई वनमा लागेको डढेलोको रिपोर्ट माग गरिएको तर हालसम्म तनि जिल्लाले मात्रै पठाएकाले ५० हेक्टरमा डढेलो लागेको जानकारीमात्रै आधिकारिक भएको उनले प्रस्ट पारे ।
बाग्मती प्रदेशको कुल क्षेत्रफलको ५९.२७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८ सय ४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । निकुञ्जसमेत रहेको बाग्मती प्रदेशका यी वनमा लोपोन्मुख जनावर पनि रहने गर्दछन् । वनमा लाग्ने डढेलोले रूख तथा बोटबिरुवाको मात्रै क्षति हुँदैन, त्यस्ता लोपोन्मुख जंगलीको पनि क्षति हुने गरेको छ ।
सुख्खायाम लागेर वन डढेलो सुरु भइसक्दासमेत नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक पूर्वतयारी गरेको देखि“दैन । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जिल्लास्थित डिभिजन वन कार्यालयबाट सचेतनामूलक कार्यक्रम गरिए पनि डढेलो नियन्त्रणका लागि पूर्वतयारीका योजना भने बनाएको भेटिँदैन ।
मन्त्रालयका शाखा अधिकृत सुवेदीका अनुसार हालसम्म डढेलो नियन्त्रणका लागि प्रदेशका केही जिल्लालाई ‘ह्यान्डपम्प’लगायत उपकरण वितरण भने गरिएको छ । तर, अन्य तयारी छैन ।
डढेलो लगाउनेलाई कारबाही खै ?
मकवानपुरको डिभिजन वन कार्यालयले धेरै वर्षदेखि डढेलो लगाउनेमाथि कारबाही गर्न सकेको छैन । कार्यालयका सूचना अधिकारी दीपक अधिकारीका अनुसार डढेलो लगाउने पक्राउ नपर्दा र कारबाही हुन नसक्दा पनि नियन्त्रण र रोकथाम गर्न नसकिएको हो । डढेलो लगाउनेलाई ६० हजार जरिवाना, तीन वर्ष जेल सजाय वा दुवै हुनसक्ने कानुनी प्रावधान छ । तर, डढेलो लगाउनेलाई खोजी तथा नियन्त्रणमा लिने र कारबाही गरेको रेकर्ड भने छैन ।
डढेलो लगाउनेको पहिचान हुन नसकेको र पहिचान भएमा प्रमाण पुग्न नसक्ने भएकाले दोषी उम्किँदै आइरहेको अधिकारी बताउ“छन् । कारबाही गर्न डिभिजन वन ‘अक्षम’ रहेका कारण पनि डढेलो नियन्त्रण हुन नसकेको गुनासो आउने गरेको छ । स्थानीय लापरवाही र वन पैदावरको अनुचित लाभ लिने उद्देश्यले डढेलो लाग्ने गरेको अनुसन्धानबाट पत्ता लागेको अधिकारी सुनाउ“छन् । मकवानपुरमा लागेका अधिकांश डढेलो ‘नियोजित’ भएको उनको दाबी छ । चुरोटलगायत प्रज्वलनशील वस्तु जंगल क्षेत्रमा फाल्ने, आगो पूर्णरूपमा ननिभाउँदा डढेलो लाग्नेलगायत कारण रहेको उनले औंल्याए । वनमा आगलागी हुँदा नष्ट हुने वन पैदावर, जडिबुटी, नष्ट तथा लोप हुनसक्ने वन्यजन्तुको महत्व’bout स्थानीयलाई सचेत गराउन नसक्दा पनि आगलागी नियन्त्रण हुन नसकेको हो ।
सामुदायका व्यक्ति सुरक्षा तथा अथक मेहनत गरेर बचाएको वन नियन्त्रण गर्न उनीहरूविरूद्व नै वन ऐन ल्याइएपछि धेरैको मन दुखेको सामुदायिक वन उपभोक्ता महासंघ पदाधिकारी बताउँछन् । यद्यपि, वन सुरक्षाका लागि स्थानीय प्रदेश तथा संघीय सरकारले भन्दा बढी योगदान स्थानीयको रहेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं बताउँछन् । ‘वनलाई आगलागीबाट बचाउन हामीले समितिमार्फत सचेतना तथा अग्नि नियन्त्रण’bout सकेको ज्ञान सीप दिएका छौं,’ उनी भन्छन्, ‘सरकारलाई चासो कम र स्थानीयलाई चिन्तामात्रै भएर वन जोगिने छैन, वनमा आगो लागिहालेमा क्षति न्यून होस् र चाँडो नफैलियोस् भनेर अग्नी रेखा बनाउनेलगायतका पूर्वतयारी गरिरहेका छौं ।’
छैन, अग्नि नियन्त्रक
आगलागी हु“दा नियन्त्रणका लागि पर्याप्त यन्त्र पनि छैनन् । हेटौंडा उपमहानगरमा एउटा वारूणयन्त्र छ । जतासुकै र जुनसुकै बेला आगो लाग्दा त्यही यन्त्र पर्खनुपर्ने बाध्यता छ । हेटौंडामा भुस उद्योगमा आगो लाग्दा बाराको निजगढ, चितवन र पर्साबाट वारूणयन्त्र मगाउन परेको थियो । जसले गर्दा बढी क्षति हुने गरेको छ । वन क्षेत्रमा मात्रै हैन, वस्तीमा लाग्ने आगोले धनजनसमेत क्षति हुन सक्दछ । तर, स्थानीय सरकारले आगलागीबाट बच्न र बचाउन कुनै तयारी भने गरेको पाइँदैन ।






