कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई


धनगढी । आसन्न स्थानीय तहको निर्वाचनको लागि कैलालीमा तीन दलीय तालमेल हुने भएको छ । पटकपटकको छलफल पछि शनिबार भएको सहमतिमा जिल्लाका १३ वटै स्थानीय तहमा तीन दलीय तालेमेल गर्ने सहमति भएको हो ।

कैलालीका १३ पालिका मध्ये धनगढी उपमहानगरपालिका सहित ७ पालिका कांग्रेसले, ४ पालिका नेकपा (माओवादी केन्द्र) र २ पालिका नेकपा (एकीकृत समाजवादी) ले पाउने सहमति भएको छ ।

गठबन्धनबाट अलग भएको जसपाद्वारा छुट्टै उम्मेदवार घोषणा


यसअघिको स्थानीय तहमा एमालेले जितेका ७ पालिका भागबन्डा गरिएको छ । २०७४ को निर्वाचनमा जितेको पालिका बाहेक कांग्रेस अब थप ३ पालिका र माओवादीले थप २ पालिका पाउने भएको छ । यसअघि जुन दलले जितेको थियो त्यसलाई यथावत राख्दै भागभण्डा गरिएको हो ।

जिल्लाको धनगढी उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने भएको छ । त्यस्तै टीकापुर, लम्कीचुहा, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको छ ।

गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै प्रमुखमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४ पालिका जितेको थियो । माओवादीले २ पालिका जितेको थियो । कैलालीमा एकीकृत समाजवादीका कोही पनि प्रमुख थिएनन् । एकीकृत समाजवादीले भने २ पालिका पाउने भएको छ ।

त्यस्तै केन्द्रमा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने कैलालीमा गठबन्धनबाट बाहिरिएको छ । जसपाले शनिबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा छ ।

जसपाले धनगढी उपमहानगरपालिकाको प्रमुखमा कविन्द्र ऐर र उपप्रमुखमा नन्दकली रानालाई उठाउने निर्णय भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते