खानेपानी प्रदूषण र स्वास्थ्य समस्या

सरसफाइ, शिक्षा र जनचेतनालाई स्वास्थ्य र वातावरण सुधारको आधारखम्बा मानिएकाले सरसफाइ व्यक्ति व्यक्तिबाट सुरु हुनुपर्छ

कचौरा आकारको काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने झन्डै ४० लाख बढी मानिस हरेक क्षण दूषित हावामा श्वास फेरिरहेका छन् । बढ्दो ध्वनि प्रदूषण र प्रदूषित वातावरणले गर्दा अनगिन्ती रोग तथा मानसिक समस्या भोगिरहेका छन् । प्रदूषित पानी पिउन बाध्य हुनुपर्दा जोखिमपूर्ण जीवन बिताइरहेका छन् । घुम्ती पसल झनै खुला रूपले तयार पारिने खाना स्वास्थ्यका लागि फाइदाजनक छँदै छैनन् । नेपालमा उपचारका लागि अस्पताल जाने बिरामीमध्ये करिब ८० प्रतिशत दूषित पानीकै कारण थला परेको पाइन्छ ।

तत्काल पहल नगर्ने हो भने एसियाकै प्रदूषित सहरमा चिनिएको काठमाडौं उपत्यकाको अवस्था प्रदूषित र दुर्गन्धित भई रोगले अझै ठूलो महामारीको रूप लिन सक्छ ।

एसियाकै प्रदूषित सहर मानिएको काठमाडौं उपत्यकाको अवस्था प्रदूषित र दुर्गन्धित भई रोगले अझै ठूलो महामारीका रूप लिन सक्छ

कस्तो पानीलाई दूषित भन्ने ?

धमिलो गन्हाउने र हिलाम्मे पानीलाई मात्र सबैले खान नहुने पानी भन्ने ठान्छन् । यो कुरा सयैकडा ठीक हो तर बिर्सन नहुने कुरा अर्को पनि छ, त्यो के हो भने संलो पानी पनि खान नहुने खालको हुन सक्छ यसकारण चाखेर, सुघेर र हेरेर मात्र पानीलाई शुद्ध वा खान हुने पानी भन्नु हुँदैन । हेर्दा सफा देखिने पानीमा पनि रोगका किटाणु हुन सक्छन् । रोगका किटाणु बसेको पानी नै दूषित पानी हो । यस्तो पानीले नै हैजा जस्तो महामारी फैलाउँछ । मूलबाट निस्केकोे पानी दूषित हुँदैन । तर, मान्छेको मल, मूत्र र गाईवस्तुको गोबर अनि अरू खालका फोहर वस्तु प¥यो भने पानी दूषित बन्छ ।

कुन कुन कारणले पानी दूषित बन्दछ ?

पानी कुवा, धारो, खोला र इनारबाट भरिन्छ वा झिकिन्छ । कहिलेकाहीं सरकारले वा कहींकहीं आफ्नै जनश्रमदानले गाडेको पाइपबाट पनि पानी ल्याइन्छ । यस्ता पानी पाइने पधेंरामा लुगा धुने, भाडाकुँडा माझ्ने, नुहाउनेजस्ता काम गर्दाखेरी पानी दूषित बन्दछ । त्यस्तै, गाईवस्तुलाई आहाल बसाउँदा गाईवस्तुको गोबर जस्ता फोहोरले पनि पानी दूषित हुन्छ । तर, पानीलाई सबभन्दा बढी दूषित तुल्याउने भने माथि भनिएका कुराभन्दा बढ्ता हाम्रो आफ्नै दिशा पिसाब हो ।

हाम्रो पेटभित्र अनगिन्ती रोगका किटाणुहरूले बास गरेका हुन्छन् । ती किटाणुले कहिले सिकिस्तै पार्ने रोगहरू लगाउँछन् भने कहिले ती चुपचाप बसिराख्छन् । तर, एउटाको पेटमा रहेको किटाणु अर्कोको शरीरमा पुग्यो भने ज्यानै लिने पाराले रोग उत्पन्न गराउन सक्छ । ती किटाणुहरू दिशाबाटै बाहिर निस्कन्छन् र पानीमार्फत अरूको शरीरमा प्रवेश गर्दछन् । त्यसकारण मुहानमा दिसा पिसाब ग¥यो भने पानी दूषित बन्छ ।

त्यस्तै, पानी थाप्ने भाँडावर्तन फोहोर हुँदा पनि पानी दूषित हुन्छ । पानीमा कहिले केटाकेटीले हात चोपल्छन् । कहिले बिराला कुकुरले मुख गाड्न सक्छन् । त्यस्तै, ठूलो मान्छेले पनि फोहोर हात चोपल्दा पानी दूषित बन्न सक्छ । पानी राख्ने भाडा र उघाउने भाडालाई राम्रोसँग माझेको छैन भने पनि पानी दूषित बन्दछ ।

दूषित पानी खाँदा के हुन्छ ?

प्रदूषित पानीको सेवनबाट जन्डिस, पोलियो, बच्चामा भाइरल संक्रमण, झाडापखाला, टाइफाइड, रगतमासी, भाइरल र इन्फेक्टिब हेपाटाइटिस, पखाला, झाडाबान्ता, आन्द्रासम्बन्धी रोग, हैजा, म्यादे ज्वरो, आउँ, जियार्डियासिस, डोलो, कोर्रे र फित्ते जुकाको संक्रमण गर्मी तथा वर्षा ऋतुमा महामारीका रूपमा बर्सेनि फैलिएर ठूलो धनजनको क्षति भइरहेको छ । यो प्रमुख स्वास्थ्य समस्याको रूपमै विद्यमान छ । फोेहोर पानी तथा भाडामा पानी जम्मा भई लामखुट्टे र अन्य किटाणु बढ्छन् र अन्य प्रमुख रोग औलो, कालाज्वर, फाइलेरिया, डेंगु (अचल सफा पानी) फोहर पानी जम्मा भई लामखुट्टेबाट सर्ने रोग हुन् र बर्सेनि चुनौती बनिरहेका छन् । जलचर प्राणीबाट सिधै वा पानीका माध्यमबाट सर्नेमा सिस्टोसोमियासिस, सि स्नेल, गिनीवर्म, फिस टेपवर्म, साइक्लोप्स आदि पर्दछन् ।

यसबाहेक पानीमा मिश्रित विभिन्न रसायनिक तŒवका कारण दाँतको फलोरोसिस, (फ्लोराइड खानेपानीमा बढी हुँदा), वालनिलिमा (नाइट्रेट बढी भएमा), बढी सिसा, आर्सेनिक, साइनाइड, मर्करीबाट उत्पन्न समस्या, छालाको समस्या (पानीमा आर्सेनिक बढी भएमा) तथा सरसफाइ प्रदूषित पानीले गर्दा लुतो, एलर्जी, दाद, आँखाको संक्रमण, नाक, कान, घाँटीको संक्रमण, पेटको संक्रमण, मुसा निस्कने, श्वासप्रश्वासको समस्या तथा नाम्ले जुका र आर्सेनिकका कारण मस्तिष्कमा संक्रमण र सुस्त मनस्थिति आदि गम्भीर समस्या देखिन्छ । तसर्थ, पानी बाँच्नका लागि नभई नहुने कुरा हो भने रोग फैलाउने किटाणुको भण्डार र रोग लगाउने तथा सार्ने माध्यम पनि हुनसक्छ । भाइरल, ब्याक्टेरियल, प्रोटोजोअल, परजीवी तथा रसायनिक सम्पूर्ण रोग, संक्रमण र समस्या उत्पन्न गराउँछ ।

हुलाकीले गाउँगाउँमा चिठी पु¥याउँछ, त्यस्तै दूषित पानीले ठाउँ ठाउँमा रोग ओसार्छ । दूषित पानीले हैजा, टाइफाइट, पोलियो, जन्डिस, आउँ, पखाला जस्ता अरू धेरै खाले रोग लाग्न सक्छ । शारीरिक, मानसिक तथा बौद्धिक विकासमा बाधा पुग्छ, अपांग बनाउँछ । मानिस बिरामी पर्ने र त्यसका कारण शारीरिक परिश्रम गर्न नसकी अन्ततः आयआर्जनको अभावमा झनै गरिबीतिर धकेलिन्छन् । अस्वस्थ नागरिकले उत्पादत्वमा समेत ह्रास ल्याउने र मुलुकले आर्थिक, बौद्धिक रूपमा घाटा बेहोर्दछ । सरसफाइमा १ डलर खर्च गर्दा राष्ट्रले ९ डलर बरावरको उत्पादनमा फाइदा पाउँछ ।

पानीलाई दूषित हुन कसरी नदिने

खानेपानी आफैं रोगका कारण नभई वाहक मात्र भएकाले यसलाई शुद्ध पारी प्रयोग गर्ने सम्बन्धमा जनचेतना अभिवृद्धि तथा शुद्धीकरणका लागि पर्याप्त वातावरण राज्य आफू र समाजबाटै बनाइनुपर्छ । मूलबाट निस्कने पानी, गहिरो इनार अनि हाते पम्पबाट निस्केको पानी दूषित हुँदैन । तर, हाम्रो बानीबेहोरा तथा लापरबाहीले गर्दा पानी दूषित बन्छ ।

१ पानीको मूल वा पधेंरो सफा सुग्घर राख्नुपर्छ :

आफूलाई ८५ प्रतिशत रोगबाट सुरक्षित राख्न पानी शुद्धीकरण गरिनुपर्छ । निर्मलीकृत बनाउन क्लोरिन, ब्लिचिङ पाउडर, आयोडिन, पोटासियम परम्याग्नेट आदि समय समयमा प्रयोग गर्नुपर्छ । फिल्टर गर्नुपर्छ । सोडिस प्रवृत्ति पनि अपनाउन सकिन्छ । पानीलाई भक्लक्क उमालेर पिउँदा मात्रै पनि ८० प्रतिशत सुरक्षित भइन्छ । तर, किटाणु मार्न २० मिनेट उमाल्नुपर्छ । क्लोरिन मिसाउँदा ८५ प्रतिशत रोगबाट बचिन्छ (वाटर गार्ड–२ थोपा प्रतिलिटर, पियूस–३ थोपा प्रतिलिटर) मिसाई आधा घण्टापछि पिउने गर्नुपर्छ ।

२. पानी भर्ने र ओसार्ने भाँडा सफा हुनुपर्छ :
खानेपानीलाई संकलन, वितरण र सेवन गर्ने तहमा निर्मलीकरण र प्रदूषणरहित बनाउन हामी सबैको दायित्व हो ।

३. पानी घरमा हिफाजतसँग राख्नुपर्छ :

बालबच्चाले हात चोपल्न वा घरपालुवा पशुपंक्षीले फोहोर पार्न नसक्ने ठाउँमा राख्नुपर्छ । पानी उभाएर प्रयोग गर्नुभन्दा सारेर प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

सरसफाइ शिक्षा र जनचेतनालाई स्वास्थ्य र वातावरण सुधारको आधार खम्बा मानिएकाले सरसफाइ व्यक्ति व्यक्तिबाट सुरु हुनुपर्छ, घरघरबाट सुरु हुनुपर्छ, जुनसुकै परिस्थिति र भौगोलिक क्षेत्रमा सफाइ हुनु आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,119 times, 1 visits today)

epaper

ताजा समाचार

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा