टिकट वितरणकाे विषयमा विवाद हुँदा १० जना कार्यकर्ता कुटिए

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

जनकपुरधाम । स्थानीय तह निर्वाचनको टिकटका लागि जनता समाजवादी पार्टी नेपालभित्र विवाद हुँदा कुटपिट भएको छ । जनता समाजवादी पार्टी नेपालले धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार छनोट गरेपछि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य गजाधर रोहिता यादवसहित करिव १० जना नेता÷कार्यकर्ता कुटिएका हुन् ।

जनकपुरधाममा धनुषाको हंसपुर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकाको उम्मेदवारलाई टिकट वितरण गर्न बैठक बसिरहेका बेला टिकट वितरणमा विवाद हुँदा यादवसहित १० जनामाथि हातपात गरिएको हो ।

गणेशमान चारनाथ नगरपालिकाको लागि पार्टीका मधेस प्रदेश अध्यक्ष शेषनारायण यादव र गजाधार रोहिता यादवले अर्का उम्मेदवार छनोट गरेपछि निवर्तमान मेयर रामबाबु यादव असन्तुष्ट बनेको स्रोतको भनाइ छ ।

रामबाबुले आफूले पुनः टिकट पाउनुपर्ने अडान राखेपछि बैठक हलमा असन्तुष्टिका स्वरहरू सुनिन थालेपछि अर्को उम्मेदवार चयन गर्ने निर्णय भएपछि रामबाबुका समर्थकहरूले रोहितालगायत अन्य नेता कार्यकर्तामाथि हातपात गरेका छन् । कुटपिटबाट रोहितालाई गम्भीर चोटपटक लागेको छ भने अन्य व्यक्तिहरू सामान्य घाइते भएका छन् ।

यता, भौतिक पूर्वाधार तथा यातायतमन्त्रीसमेत रहेकी पार्टीकी नेतृ रेणुकुमारी यादव, शेषनारायण यादव र गजाधर रोहितालगायतका नेताहरूले आफू अनुकूल मनपरी रूपले टिकट वितरण गरेपछि बाध्य भएर विरोध गरेको रामबाबु यादवको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी