दार्चुला एमालेको उम्मेदवारी दर्ताको जुलुसमा सहभागी महिलाको मृत्यु

सांकेतिक तस्वीर


दार्चुला । दार्चुलामा उम्मेदवारी दर्ताको जुलुसमा सहभागी एक महिलाको मृत्यु भएको छ । नेकपा एमालेले उम्मेदवारी दर्ताका लागि निकालेको जुलुसमा सहभागी नौगाड गाउँपालिका वडा नम्बर ३ स्थित गोगनेमा एक महिलाको मृत्यु भएको हो ।

जुलुसमा सहभागी नौगाड गाउँपालिका–२ सुण्डमुण्डकी करिब ५२ वर्षीया पाना टमटाको मृत्यु भएको छ । मनोनयन दर्ता गर्न सुण्डमुण्डबाट बाजागाजासहित नाँच्दै (छलो) खेल्दै जाने बेला जामिरको सरद्वारीको सडकमै लडेर बेहोस भएकी थिइन् ।
बेहोस भएकी टमटालाई अस्पताल लैजान गाडी नपाएपछि पिठ्युँमै बोकेर एक घण्टाको उकालो खार स्वास्थ्य चौकीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

आइतबार (आज) नौगाड गाउपालिकामा नेकपा एमालेले आफ्नो दलको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 629 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पलेँटी गजल मुशायरामा सन्तोष र लालकाजी सुनिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता