पाटीले उपेक्षा गरेको भन्दै एमालेका राउत र खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता

उदयपुर । पाटीले आफुहरुलाई उपेक्षा गरेको भन्दै उदयपुरका दुई नगरपालिकामा एमालेबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । नगर प्रमुखको दाबी गर्दै आएकी कटारी नगरपालिकाका निर्बमान नगर उपप्रमुख भिमकुमारी राउत र एमाले नेता नारायण खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन ।


भिमकुमारी राउतले कटारी नगरपालिकाको नगर प्रमुख पदमा र नारायण खड्काले त्रियुगा नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएको हो । त्रियुगा नगरपालिका ९ का स्थानीय खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगर प्रमुख पदमा उम्मेद्वारी दिएका हुन । खड्काले नगर प्रमुख पदमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर २ मा नगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


नेकपा (एमाले) का स्थानीय नेता समेत रहेका खड्काले नगर प्रमुख पदमा उम्मेदवारी दिएपछि एमालेका आधिकारिक उम्मेद्वार भागवत राउतलाई तनाब थपिएको छ । २०५४ सालमा तत्कालिन त्रियुगा नगरपािलकाको वडा नम्बर १५ बाट वडा अध्यक्षमा बिजयी खड्काको उम्मेद्वारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।त्यसैगरी पार्टीले उपेक्षा गरेको भन्दै कटारीको नगर प्रमुख पदमा भिमकुमारी राउतको स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन । नेकपा एमालेका नेतृ निर्वतमान कटारीका नगर उपप्रमुख राउतले पार्टीले उपेक्षा गरेको भन्दै जनतासम्म जानका लागि स्वतन्त्र दिएकी बताइन ।

निर्वाचन अधिकृतको कार्यालय कटारीमा मनोनयन दर्ता गरिसके पछी राउतले २०७४ को निर्वाचनमा पनि आफु नगर प्रमुखको दाबेदार रहँदा रहँदै पनि आगामी निर्वाचनमा नगर प्रमुखमा टिकट दिने प्रतिबद्धता बिपरित पाटीले उम्मेदवारी नबनाएकाले जनता माझ जान स्वतन्त्र उम्मेदवारी दिएको बताईन ।


एमालेले कटारीमा निर्बतमान नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई दोहोर्याउने र उपप्रमुखमा एमाले नेतृ गिता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेपछि नगर प्रमुखको दाबेदार राउतले स्वतन्त्रमा उमेद्वारी दिएको हो । राउतले जनताको माझमा जाने बाटो खुलेको बताउँदै पार्टीले महिला भएकै कारण उपेक्षा गरेको बताईन । पार्टीले नगर प्रमुखको उम्मेदवार दिन्छ भन्ने विश्वासका साथमा काम गरेको थिएँ । तर महिलाले चुनाब लड्न सक्दैन भन्दै पार्टीले उपेक्षा गर्यो । पाटीले पुर्व प्रतिबद्धता अनुरुप निर्बतमान नगर प्रमुख श्रेष्ठलाई संघिय संसद र राउतलाई नगर प्रमुख बनाउने सहमति भएको उनले बताईन । पाटीले नगर प्रमुखको टिकटमा घोेका दिए पनि जनताको साझा उम्मेदवार भएकी छु जनताको चाहाना पुरा गर्ने प्रतिबद्धता दिईन । महिलाले राम्रा र जनसेवकको काम गर्दा पनि पार्टीले चिनेन त्यसकारण म विद्रोह गर्न बाध्य भएँ । पाटीले झुक्याएकाले नगर प्रमुख पदका लागि बिद्रोही उम्मेदवारको रुपमा मनोनयन पत्र दर्ता गरेकी बताईन । पुर्ब प्रतिबद्धता अनुसार निर्बतमान नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घीय ससदमा उमेदवार बन्ने र मलाई नगर प्रमुखमा टिकट दिनु पर्ने थियो ।

नगर प्रमुख र उपप्रमुखको कार्यकाल अत्यन्त तिक्त सम्बन्धमा रहेकोमा टिकटको लोभमा एक भएका थिए । अहिले धोका पाएपछि राउतले नगर प्रमुखका लागि स्वतन्त्र उमेदवारी हालेकी हुन । उपप्रमुख हुदा कुशलता पुर्बक प्रभावकारी काम गरेको र यो पटक आफनो स्वाभाविक पालो आएको भनी नगर प्रमुख बनाउने भनि धेरै पटक विश्वास दिलाएको नेतृत्वले एकाएक एक सक्षम महिलालाई किनारा लगाएर पाटीले पैसामा टिकट बिक्रि गरेको आरोप लगाए । नगर प्रमुखके टिकट नेतृत्वले पैसाले खरिद गरेको र आफु माथि गम्भीर अन्याय गरेको राउतको भनाइ छ । राउत नेकपा एमालेको प्रदेश नम्बर १ का सचिवालय सदस्य र अनेम संघको केन्द्रिय सदस्य समेत हुन ।

तपाइको प्रतिक्रिया
(Visited 443 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी