दोहो-याएर पालिका प्रमुख बन्न चाहने यी ७ उम्मेदवारहरु


चुरेमकवानपुर । मकवानपुर जिल्लामा दोहो¥याएर पालिका प्रमुख बन्ने आकाक्षी ७ जना रहेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका ७ जनाले पुन अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । मकवानपुरका १० स्थानीय तह मध्ये कैलाश, मकवानपुरगढी, मनहरी, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ र बागमती गाउँपालिकाका निर्वाचित अध्यक्षले पुनः दोहो¥याउन उम्मेदवारी दर्ता गराएका छन् । भीमफेदी गाउँपालिकामा भने निर्वाचित उपाध्यक्षले समेत आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

२०७४ सालको निर्वाचनमा कैलाश गाउँपालिका अध्यक्षमा टंक मोक्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा निर्वाचित विदुर हुमागाईं, मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित एकराज उप्रेती, भीमफेदी गाउँपालिका अध्यक्षमा निर्वाचित हिदम लामा, ईन्द्रसरोवर गाउँपालिका अध्यक्षमा निर्वाचित जीवन लामा, राक्सिराङ गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार मल्ल, बागमती गाउँपालिका अध्यक्षमा निर्वाचित सर्केश घलानले अध्यक्ष पदमा दोहो-याउने गरी उम्मेदवारी दिएका हुन् मोक्तान, हुमागाईं, उप्रेती, लामाद्वयले यस अघिको निर्वाचनमा नेकपा एमालेबाट पालिका अध्यक्ष निर्वाचित भएका हुन् भने मल्ल नेपाली काग्रेसबाट र घलान नेकपा माओवादीकेन्द्रबाट अध्यक्ष निर्वाचित भएका हुन् । इन्द्रसरोवरमा अध्यक्ष जितेका लामाले र कैलाशमा अध्यक्ष मोक्तान यस पटक नेकपा एमाले विभाजन भई बनेको नेकपा एकिकृत समाजवादीबाट उही पदमा दोहो-याएका हुन् ।

कैलाशको अध्यक्ष मोक्तानले २८०२ मत ल्याउदै नेपाली काँग्रेसका लोक बहादुर मुक्तान (२३५९ मत) हराएका थिए । मनहरीमा अध्यक्ष उप्रेतीले ४६४९ मत ल्याउँदै नेपाली काँग्रृेसमा शंकर न्यौपाने (४३४० मत) हराएका थिए ।

मकवानपुरगढीका हुमगाईले ३८१४ मत ल्याउँदै नेपाली काँग्रेसका दोर्जे लामा (३६५३ मत) हराएका थिए । राक्रिाङका अध्यक्ष मल्लले ३५३९ मत ल्याउँदै एमालेका लालबहादुर थापा (२९४४ मत) हराएका थिए । बागमतीका अध्यक्ष सर्केश घलानले ३२२१ मत ल्याउँदै एमालेका राजकुमार तिमल्सिना (३०८६ मत) हराएका थिए ।

इन्द्रसरोवरका जीवन लामाले ३२०४ मत ल्याउँदै नेपाली काँग्रेसका विश्वलाल लामा (२२७३ मत) हराएका थिए । भिमफेदीमा लामाले ३८४२ मत ल्याउँदै माओवादीका रञ्जितकुमार लामा (३६९८ मत) हराएका थिए ।

यि ६ जना माध्ये अधिकाँशको चुनावि प्रतिष्पर्धि समेत उही पुराना व्यक्ति छन् । उही व्यक्तिसँग चुनावी प्रतिस्पर्धामा आउदा पुर्व अध्यक्षहरुले आफ्ना ५ वर्ष कार्यकालमा भएको कामको प्रशंसा गरेर अझै बाँकी काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । यता अघिल्लो निर्वाचनमा हार व्यहोरेका र यसपटक पुन त्यहि पदमा उठेका उम्मेदवारहरुले गठबन्धनको साथमा पालिका जित्ने र पालिकाको विकासलाई अग्रगति दिने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित